काठमाडौंमा धर्मश्री ‘मेन एण्ड वुमन फिजिक’ सम्पन्न भएको छ । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा ओभरअल च्याम्पियनसीप उमेश राईले प्रथम स्थान हासिल गरे ।
काठमाडौं उपत्यकामा रातो मच्छिन्द्रनाथको रथयात्रामा उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति छ । यस क्रममा रथारोहण गरेको चार दिनपछि रथ तान्न सुरु हुन्छ ।
काइँयोलाई समस्या समाधानको प्रतीक मान्छिन्, चित्रकार सविता डंगोल । यसो मान्नुको उनको आफ्नै तर्क छ । उनी भन्छिन्, ‘काइँयोले जसरी लट्टा फुकाउँछ, त्यसरी नै जीवनमा समस्याको समाधान गर्न सकिन्छ ।’
राजनीति भनेको राज्य व्यवस्थापन गर्ने नीति र प्रणाली हो । यो फोहोरी खेल र व्यापार होइन, विशुद्ध समाजसेवा हो । मुलुकमा आमूल परिवर्तन र जनहितका काम गर्ने यो एउटा संयन्त्र पनि हो ।