दम्पती

दुःखमा अविचलित जोडी

प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो । ‘त्यो अवस्थामा हामी दुईले जे भौग्यौं त्यो सहने हामी दुई मात्रै थियौं । शारीरिक, मानसिक, आर्थिकलगायतका चौतर्फी तनाव एकैपटक थपिए । त्यस्तो अवस्थामा पनि उनले कत्ति विचलित नभई मलाई साथ दिइरहिन्’ आइटी प्रोफेसनल सञ्जीव भन्छन्, ‘नर्मल डेलिभरी मिल्दैन भन्दै डाक्टरले प्रि–म्यच्योर बच्चा निकालिदिए र पनि बच्चा राम्रो थियो । पहिलो सन्तान स्वस्थ र हृष्टपुष्ट जन्मिएको देख्दा हामी दुवै असाध्यै खुसी थियौं तर हाम्रो खुसी क्षणभर टिक्न पाएन । श्वासप्रश्वासमा समस्या देखिएको भन्दै बच्चालाई एनआइसियुमा भर्ना गरिदिए । ९० दिन अस्पताल बस्दा के–के देखियो, भोगियो कुरा गरी साध्यै छैन । एकैपटक ६६ एमएल सिटामोल दिएर बच्चा यस्तो अवस्थामा पुग्यो कुरै नगरौं । त्यसपछि आन्तरिक डाक्टरहरूबीच एकले अर्कालाई दोष लगाउँदै त्यहीँ द्वन्द्व भयो । अनि बच्चामा समस्याहरू थपिँदै जान थाले । ढाड र टाउकोमा पिप जम्न थालेको पनि निकै पछि मात्रै थाहा भयो ।’ अहिले साढे चार वर्षका रिहान चार महिनाका जस्ता देखिन्छन् । उनी बेहोसतुल्य छन् । न बोल्न सक्छन् न सुन्न नै । छोराकै लागि पूर्वबैंकर्स तथा फाइनान्सियल एनालिस्ट एकताले आफ्नो करियरलाई तिलाञ्जलि दिइन् । भारतबाट एमबीए गरेकी उनी पछिल्लो समय पूर्णरूपमा आमाको भूमिकामा छिन् । उनी भन्छिन्, ‘करियर भन्दा सन्तानलाई माथि राखेर सोचें । सानो छोरा सिद्धान्त जन्मिसकेपछि त अझ यी दुईको स्याहारमै मेरो समय बित्छ । मेरो उमेर नै के भएको छ र ? घुम्ने, हिँड्ने, खाने, रमाइलो गर्ने, करियरमा रेस लगाउने उमेरमा म यसरी सन्तानप्रति दृढ छु ।’ एकताको यही साधारण र कुनै कुराको डिमान्ड नगर्ने स्वभावले सञ्जीवलाई तानेको छ । जीवनको सबैभन्दा कठिन क्षण भनेकै अस्पतालको लामो बसाइ भएको सञ्जीवको ठहर छ । ‘त्यति गर्दा पनि छोरा रिहान ठीक भएनन्, उनको अहिले यो अवस्था छ,’ एकताले भन्छिन्, ‘त्यस्तो दुःखको अवस्थामा पनि उहाँले कसैको अगाडि हात फैलाउनु भएन । आफ्नै बलबुताले सबै जिम्मेवारी पूरा गर्नुभयो । त्यसप्रति मलाई गर्व छ ।’गैरीधाराकी एकतालाई आफ्नै ‘बेस्ट फ्रेन्ड’ को जोडीले सञ्जीवसँग भेट गराइदिएका हुन् । एकताको सरलता र सञ्जीवको मेहनती स्वभावले एक–अर्कालाई विवाहको बिन्दुसम्म पु¥यायो । बुहारी भएर भित्रिसकेपछि सञ्जीवको फराकिलो सोच बोकेको परिवारभित्र एकतालाई कुनै अप्ठ्यारो र फरकपन महसुस भएन । गोरखापत्रका पूर्वसम्पादक रामचन्द्र न्यौपानेले बुहारी पढाउनुपर्छ भन्दै भारत पठाए । पढाइ सकेर फर्किसकेपछि दुवै दम्पतीको राम्रो जागिर, गतिलो आम्दानीका कारण खुलेर रमाइलो गरे । एकता भन्छिन्, ‘रिहान पेटमा आठ महिनाको हुँदासम्म ‘नाइट शो’ फिल्म हेर्न जाने, बाहिरै ‘डिनर’ खाएर राति १२ बजे घर फर्किने गथ्र्यौं । ती क्षणहरू सम्झिँदा आज भावविह्वल हुन्छु । बाबुको जन्मपछि मात्रै हो जीवनमा हुन्डरी आएको त्यो पनि डाक्टरको लापरबाही र गलत मेडिकल सिस्टमका कारण ।’ बच्चा नै हरेक रूपमा अशक्त भइसकेपछि उनीहरूलाई सबैतिर आशा मरिसकेको थियो । एकदिन सञ्जीवले फेसबुकमा लामो स्टाटस लेखे । त्यो चौतर्फी सेयर हुन थाल्यो । त्यसपछि एउटा अनलाइन मिडियाले रिहान यो अवस्थामा कसरी पुग्यो भनेर लेखेपछि उक्त लेख एक लाखभन्दा बढी सेयर भयो । त्यसपछि आफूहरूले ठूलो धनराशि खर्च गरेर पनि सन्तान यो हालतमा पुगेको र अस्पताल र स्वास्थ्यकर्मीको लापरबाहीले अरु कसैका सन्तान यस्तो नहोऊन् भन्नका लागि सञ्जीवले आवाज उठाउने निर्णय गरे, त्यसमा एकताले पूर्णरूपमा साथ दिइन् । अदालतमा मुद्दा दायर भयो । त्यसबीचमा पनि यो दम्पतीलाई मनाउन आउने थुप्रै थिए तर उनीहरू आफ्नो निर्णयमा डेग चलेनन् । पाटन जिल्ला अदालतले ग्रान्डी अस्पतालले ३५ लाख क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनायो । ‘हामी जतिबेला बूढाका लागि म र मेरा लागि बूढा मात्रै थियौं त्यसबेला २० पटक फोन गर्दा फोन नउठाउने आफन्त ३५ लाख क्षतिपूर्तिको समाचार मिडियामा आएपछि तिमीहरूले ३५ लाख पैसा पायौ भन्दै फोन गरे,’एकता भन्छिन्, ‘अब मलाई के लाग्छ भने दुःखमा साथ दिने भनेको श्रीमान्का लागि श्रीमती र श्रीमतीका लागि श्रीमान् मात्रै रहेछ, खुसीमा सबै हुन्छन्, दुःखमा हुने भनेको दुईजना मात्रै रैछ ।’ मिडियामा ३५ लाखको क्षतिपूर्तिको कुरा आए पनि हालसम्म आफूहरूले ३५ रुपैंयाँ पनि नपाएको र ग्रान्डी अस्पताल पाटन जिल्ला अदालतको निर्णयलाई अस्वीकार गर्दै सर्वोच्च अदालत गएको उनीहरूले बताए ।सानै उमेरमा गहिरो पीडा झेलेकी एकता अहिले पनि आत्तिन्छिन् तर सञ्जीवले ‘त्यस्तो कठिन अवस्था त पार गरेर आइयो अब हामीलाई केही कुराले पनि बिथोल्दैन’ भन्दै उनलाई ढाडस दिन्छन् । अरुका कुरा बिर्सिएर एक–आपसमा विश्वास र प्रेम भयो भने सम्बन्ध प्रगाढ बन्छ भन्ने सञ्जीव त्यस्तो अवस्थामा पनि एकताले नआत्तिनुस् ठीक हुन्छ भनेका शब्दहरू आफ्नो जीवनको बा“च्ने सार भएको बताउँछन् । उनी भन्छन्–‘उस्तै मान्छे भइदिएको भए शतप्रतिशत डिप्रेसनमा जान्थें किनभने उनी आमा हुन् । पहिलो सन्तान आगमनको खुसी आमालाई जति हुन्छ बाबुलाई कमै होला तर त्यस्तो नैराश्यपूर्ण स्थितिमा पनि उनी सम्हालिइन् । तसर्थ म उनलाई बहादुर नारी भन्न रुचाउ“छु ।’ ‘तँ ठूलो कि म ठूलो’ भन्ने घमण्डले अहिलेको सम्बन्ध छिट्टै टुंगिने एकताको अड्कल छ । उनका अनुसार सम्बन्ध बलियो बनाउन एक–अर्कामा सम्मान र विश्वास आवश्यक हुन्छ । उनी भन्छिन्, ‘हामी एकले नजानेका कुरा अर्कोसँग सिक्न कहिल्यै हिच्किचाउँदैनौं । उहाँ म श्रीमान् हो मैले नजानेको देखायो भने तल पर्छु वा म पुरुष हुँ कहिल्यै भन्नुहुन्न । अंग्रेजीका कतिपय कुराहरू मलाई सिकाइदेउ भन्नुहुन्छ । म पनि लोग्नेलाई सिकाएँ भन्दैमा ठूलो हुँ भन्ने व्यवहार र महसुस गर्दिन । अन्य धेरै कुरा उहाँसँग सिकिरहेकी हुन्छु ।’ अरुका काम–कुरामा कुनै चासो नराख्ने सञ्जीवको बानी आफूलाई निकै मन परेको बताउँदै आफूले उक्त कुरा सिक्ने चाहना व्यक्त गरिन् । दाम्पत्य जीवन सुमधुर बनाउने सवालमा यी दुवैले एकै स्वरमा भने, ‘स–साना कुरामा झगडा गरेर त्यसलाई नसुल्झाई अर्को समस्या निकाल्ने गरिन्छ । त्यस्तै साना कुराले ठूलो जिम्मेवारी बिर्साइदिन्छन् । तसर्थ एक–आपसका राम्रा पक्षलाई स्वीकार गर्दै र सम्मान गर्दै एक–आपसमा विश्वास बढाउँदै अगाडि बढ्नुपर्छ ।’सञ्जीवको नजरमा एकताबलियोपक्ष ः व्यवस्थित र सशक्त ।कमजोरी ः नचाहिने कुरामा आत्तिहाल्ने ।सुधार्नुपर्ने ः स–साना कुरामा चिन्ता नलिए राम्रो हुन्थ्यो ।आकर्षक पक्ष ः सरलता ।के भएको हेर्ने इच्छा छ  ः व्यवसायमा सफल भएको ।कस्ती श्रीमती  ः सहयोगी र दृढ ।एकताको नजरमा सञ्जीवबलियो पक्ष ः कडा मेहनती र दृढ ।कमजोरी ः झनक्क रिसाउने ।सुधार्नुपर्ने ः मोबाइल हेर्न कम गरे राम्रो ।आकर्षक पक्ष ः असाध्यै सहयोगी, अरुको चासो नराख्ने ।के भएको हेर्ने इच्छा छ  ः आफ्नो क्षेत्रमा अब्बल भएको ।कस्ता श्रीमान्  ः साथीजस्तै श्रीमान् । 

लक्ष्मी भण्डारी, पुस ३, २०७९

-- पुरै पढ्नुहोस् --

कर्मयोगी जोडी

सुदूरपश्चिम बैतडीका माइकल (हरीश) चन्द र काठमाडौंकी भुवन थापाले सँगै साथ बिताएको ४७ वर्ष भयो । उनीहरूले आफूहरूलाई ‘कर्म’ ले जोडेको बताउँछन् ।

 लक्ष्मी भण्डारी, कार्तिक ७, २०७९

-- पुरै पढ्नुहोस् --

परिपक्व सम्बन्ध 

खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।

लक्ष्मी भण्डारी, आश्विन १६, २०७९

-- पुरै पढ्नुहोस् --

गजबका जोडी

४८ वर्षअघि प्रज्ञा प्रतिष्ठान, कमलादीमा वसन्त श्रेष्ठ सहायक नृत्यनिर्देशकका रूपमा जागिरे थिए । त्यसताका दोलखाकी १७ वर्षीया लक्ष्मी श्रेष्ठ नृत्य प्रशिक्षार्थीका रूपमा त्यहीँ पुगेकी थिइन् । सुरुमा उनीहरूबीच गुरु र शिष्यको नाता बन्यो ।

लक्ष्मी भण्डारी, असार १२, २०७९

-- पुरै पढ्नुहोस् --

लकडाउनले जुराएको जोडी

विवाह वा प्रेम सम्बन्धले बनेको पारिवारिक संरचनाले स्वस्थ बच्चालाई स्वस्थ नागरिकका रूपमा रूपान्तरित हुन सहयोग गर्छ ।

नारी संवाददाता , जेष्ठ १३, २०७९

-- पुरै पढ्नुहोस् --

झांगिएको प्रेम 

रंगकर्मी तथा निर्देशक आकांक्षा कार्की र कलाकार सुदाम सिकेलाई विवाहप्रति उत्ति रुचि थिएन । विवाह र प्रेमलाई फरक–फरक तरिकाले बुझेको यो जोडीलाई प्रेममय जीवन सँगै बिताउन विवाह नै गर्नुपर्छ जस्तो लाग्दैन ।

नारी संवाददाता , चैत्र १०, २०७८

-- पुरै पढ्नुहोस् --

जीवनमा सन्तुलन अनिवार्य

‘मेरो पहिलो पाठक उनै हुन् । मलाई सम्पादन गर्ने पनि उनै हुन् र प्रतिक्रिया दिने पनि उनै हुन् । उनकै कारण आज म यहाँ छु ।’ 

 लक्ष्मी भण्डारी, माघ १३, २०७८

-- पुरै पढ्नुहोस् --

धर्मले नछेकेको प्रेम

‘सही मान्छे छान्नु भनेको जीवनलाई नै सार्थक बनाउनु हो ।

नारी संवाददाता , माघ ५, २०७८

-- पुरै पढ्नुहोस् --

भिन्न परिवेशका जोडी

विवाहबारे एउटा भनाइ छ–भगवान्ले जोडी बनाएरै पठाउँछन् । कहाँको मान्छे, कोसँग, कसरी जोडिन पुग्छन् थाहै हुँदैन ।

नारी संवाददाता , श्रावण २१, २०७८

-- पुरै पढ्नुहोस् --

हामी एक–अर्काका बल हौं

‘म कमजोर भएका बेला रिचा मेरो शक्ति हो’नेपाल आइडलबाट चर्चामा आएका गायक निशान आफ्नी मोडल पत्नी रिचाबारे भन्छन्, ‘उनलाई परेको कठिन घडीमा म उनको बल बन्ने गर्छु ।’

नारी संवाददाता , जेष्ठ ७, २०७८

-- पुरै पढ्नुहोस् --

सन्न्यासीको भ्यालेन्टाइन

जब प्रेम उत्कर्षमा पुग्छ तब प्रेमी या प्रेमिकाले एक–अर्कामा सन्तान र जन्मदाताको रूप देख्न थाल्छन् । तर, त्यो प्रेम आत्मिक हुनुपर्छ जुन शरीरबाट पार गरेको हुनुपर्छ । जोकोहीले भने यो महसुस गर्न सक्दैनन् ।’

नारी संवाददाता , फाल्गुन २, २०७७

-- पुरै पढ्नुहोस् --