खेलकुद

रिङमा मुना

परम्परागत सोचलाई तोड्न सक्नु महिलाका लागि ठूलो चुनौती हो । चुनौतीसँग जुधेर जुन महिलाले आत्मसमीक्षा गर्न सक्छिन्, तिनका लागि संसारमा असम्भव केही हुँदैन ।’ यो भनाइ महिला रेस्लर मुना श्रेष्ठको हो । उनले जीवनको भोगाइ र संघर्षबाट यही कुरा सिकेकी छन् । महिलाका लागि समाजले बनाएको परिभाषाभन्दा आफ्नै इच्छाको परिधिमा उनी दौडिरहेकी हुन्छिन् । उनी समाजमा महिलालाई शारीरिक रूपमा कमजोर तथा कोमल भावनाका रूपमा गरिने व्यवहार र सोच परिवर्तन गर्न चाहन्छिन् । ‘महिला भएकै कारण कम उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, परिवारको स्याहारसुसार गर्ने मात्र काम गर्नुपर्छ भन्ने सोच नै गलत छ’ उनी भन्छिन्, ‘महिलाले चाहे पुरुषसरह घर मात्र होइन बाहिरी सबै काम सम्हाल्न सक्छिन्, शारीरिक रूपमा पनि लड्न सक्छिन् ।’ यसको साक्षात् प्रमाण उनी आफै हुन् । चैत १९ मा कीर्तिपुरमा सम्पन्न ‘यु डब्लु ई मेघा इभेन्ट २०२२’ मा भारतका पुरुष रेस्लरसँग रिङमा भिडेर उनले इतिहास रचिन् । महिलाले पुरुषलाई जित्न सक्छिन् भनेर प्रमाणित गरिदिइन् । ‘जब म रिङभित्र भिडन्तमा हुन्छु तब ममा छुट्टै ऊर्जा र शक्ति आउँछ । म आमा हुँ भन्ने भावना त्यसै जागेर आउँछ । यो संसारमा आमामा जस्तो सहने शक्ति अरु कसैसँग हुन्न’ उनले भनिन्, ‘महिलालाई पुरुषजत्तिकै सहज त पक्कै छैन तर सफल हुन असम्भव पनि छैन । घरका लागि उनी कसैकी छोरी, श्रीमती, बुहारी र आमा हुन् भने खेल मैदानमा एउटी रेस्लर हुन् । खेलकुदमा बाल्यकालदेखिकै रुचिले गर्दा उनी नेपालकै प्रथम हार्टकोर महिला रेस्लर बनेसकेकी छन् । पछिल्लो आधा दशकमा उनी पूर्णरूपमा रेस्लिङमै अभ्यस्त छिन् । केही महिनाअघि जनकपुरमा भएको ‘इन्डो–नेपाल रेस्लिङ च्याम्पियनसीप’ मा उनले ‘हेबी वैट बेल्ट च्याम्पियन’ हात पारिन् । एक वर्षको अवधिमा उनले दर्जनन्दा बढी अन्तर्राष्ट्रिय स्तरका रेस्लिङमा सहभागिता जनाइसकेकी छन् । नेपालमा महिला रेस्लर खेलाडीहरू संख्यात्मक रूपमा कम छन् । महिला ‘हार्डकोर रेस्लर’ मा मुनाकै नाम अग्रपंक्तिमा आउँछ । ‘ब्लड म्याच’ त्यसैपनि खतरनाक मानिन्छ । ज्यानै जोखिममा पारेर पुरुष रेस्लरहरूसरह नै उनी रिङमा भिड्छिन् । रिङमा भिड्नुअघि तपार्इंलाई परिवार र बच्चाहरू सम्झेर चिन्ता लाग्छ कि लाग्दैन भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मर्नलाई केको डर ? आखिर एकपटक मर्ने हो । रिङमा खेल्दाखेल्दै मृत्युवरण गरेछु भने मेरा बच्चाहरूले मेरो नाममा गर्व गर्नेछन् ।’ मुनालाई बाल्यकालदेखि नै बाबु नारायणप्रसाद श्रेष्ठले छोरा जस्तै वातावरणमा हुर्काए । उनका बाबु भलिबल खेलाडी थिए । बाबुसँगै उफ्रिने, दौडनेजस्ता शारीरिक कसरत गर्दागर्दै उनको झुकाव खेलकुदतिर बढ्यो । दुई दाइ र एउटी दिदीभन्दा उनी फरक स्वभावकी थिइन् । भन्छिन्, ‘मलाई बच्चैदेखि केटाजस्तै लड्न, उफ्रन र कुद्नमा असाध्यै रुचि थियो । बुवा पनि खेलाडी हुनुभएकाले उहाँले मेरो रहरलाई कहिल्यै रोक्नुभएन । १३/१४ वर्षको उमेरदेखि नै म निरन्तर खेलकुदमा छु ।’ विवाह, बच्चा जन्माउँदा समेत उनले आफ्नो खेल जीवनलाई रोकिनन् । आधा दशकभन्दा बढी देशबाहिर रहेर पनि उनले खेलकुदलाई निरन्तरता दिइन् । महिलाका लागि विवाह, सन्तान एक प्राकृतिक प्रक्रियाका रूपमा लिने उनी यसैमा सम्पूर्ण जीवन र चाहनाहरूलाई बलि दिनुपर्छ भन्ने मान्यताप्रति असहमत छिन् । ‘महिलाका लागि स्वयं महिला नै बलियो हुनुपर्छ । हाम्रा लागि अरु कोही उभिदिन्छन् र समाजले केही भन्ला भन्ने कुरालाई लिएर हामीले डर पटक्कै बोक्नुहुँदैन’ उनी थप्छिन् । मानिसको व्यक्तित्व विकासका लागि स्वतन्त्र वातावरणले असाध्यै ठूलो भूमिका खेल्ने उनको अनुभव छ । सफलताको सिँढी उक्लिँदा उनले धेरै आरोह–अवरोहबाट गुज्रिनुपर्‍यो । पितृसत्तात्मक सोच हाबी भएको समाजमा उनले अनेकौं लान्छना सहिन् । कपालको रङ, बाहिरी पहिरन हेरेर उनलाई देख्नेबित्तिकै नाक खुम्चाउने समाज अझै पनि छ । ट्यापे, खैरे डन, ठूलो बाइकवाली यी यस्तै नामहरू उनले पाएकी छन् । उनी थप्छिन्, ‘म आफूले चाहेजस्तो बनेकी छु । मलाई यसैमा गर्व छ । म यसैमा खुसी र सन्तुष्ट छु ।’ कुनै पनि व्यक्तिको बाहिरी आवरणलाई हेरेर उसको व्यक्तित्वलाई मूल्यांकन गर्न नहुने उनको धारणा छ । उनी भन्छिन्, ‘म दिनभरि बडी ट्रेनिङ, गेमका लागि प्राक्टिस र अरु कामका लागि खटिरहेकी हुन्छु । बेलुका फेरि अरु सामान्य श्रीमती र आमाहरूको जस्तै भूमिकामा रहन्छु । व्यक्ति जहाँ, जसरी र जुन अवस्थामा रहे पनि ‘म को हुँ’, ‘म कहाँ छु’, ‘मेरो अगाडि को–को छन’् र ‘मेरो जिम्मेवारी के हो’ भन्ने कुरालाई बिर्सनुहुन्न भन्ने हेक्का उनलाई छ । ‘यु डब्लु ई (इटिमेट रेस्लिङ इन्टटेन्टमेन्ट प्राइभेट लिमिटेड)’ संस्थामार्फत उनी नयाँ पुस्ताका लागि लड्ने महिला खेलाडीहरू पनि उत्पादन गरिरहेकी छन् । पछिल्लो समय यो संस्थामा प्रशिक्षार्थीहरू रेस्लर बन्ने दौडका लागि प्रशिक्षण लिइरहेका छन् । पिछडिएका र आर्थिक रूपमा कमजोर महिलाहरूलाई संस्थासँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य उनको छ । नेपालमा राज्यस्तरबाट रेस्लिङ क्षेत्रलाई प्राथमिकता नदिए पनि यसलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट रूपमा प्रस्तुत गर्ने उनको योजना छ । रेस्लिङलाई अनुशासित र व्यवस्थित बनाउन भने अहिले टड्कारो देखिएको उनको भनाइ छ । भन्छिन्, ‘रेस्लिङमा खेलभन्दा पनि खेलाडीहरूबीच झगडा र हानथापले यस क्षेत्रमा विकृति देखिएको छ । यसलाई खेलाडीहरू स्वयंले मनन गरी अनुशासनमा रहनुपर्छ ।’  

सुशीला तामाङ, वैशाख १२, २०७९

-- पुरै पढ्नुहोस् --

पल्सर अवार्ड

नेपाली राष्ट्रिय महिला टोलीकी स्टाइकर सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ मा दशककी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले ‘पिपुल्स च्वाइस अवार्ड’ जितिन् ।

शब्द/तस्विरः केशव थापा, वैशाख ९, २०७९

-- पुरै पढ्नुहोस् --

महिला फुटबल

भदौ २४ मा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले विजय भएको थियो

केशव थापा, आश्विन १, २०७८

-- पुरै पढ्नुहोस् --

याङको चमत्कार

जापानको टोकियोमा ३२ औं ग्रीष्म कालीन ओलम्पिकमा चीनको सुदूरपूर्वी चच्याङ प्रान्तकी २१ वर्षीया याङ छियानले पहिलो स्वर्णपदक जितिन् ।

लक्ष्मी लम्साल, भाद्र २, २०७८

-- पुरै पढ्नुहोस् --

राष्ट्रिय महिला लिग सम्पन्न

वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले लिगमा विदेशी खेलाडी भित्र्याएका थिए ।

केशव थापा, चैत्र १३, २०७७

-- पुरै पढ्नुहोस् --

सकसमा खेलाडी

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो पुम्सेतर्फ दुई स्वर्ण जितेकी आयशा शाक्य एसियन च्याम्पियनसिपका लागि तयारी गर्दै थिइन् । सन् २०२० मा हुने भनिएको च्याम्पियनसिपमा सहभागी हुन उनको तयारी थियो ।

प्रकृति दाहाल , आश्विन ७, २०७७

-- पुरै पढ्नुहोस् --

एक अपराजित धाविका, जसले १३ औँ साग खेल्न पाइनन्

एक अपराजित धाविका, जसले अधिकांश प्रतियोगिताको नतिजा आफ्नो पक्षमा बनाएकी छिन् । ‘हार्न नजान्ने खेलाडी’ उनले पाएको उपमा हो । तर, उनै खेलाडीले घरेलु मैदानमा भएको महत्वपूर्ण खेलकुद प्रतियोगिता खेल्न पाइनन् । 

सुजाता मुखिया, पुस १०, २०७६

-- पुरै पढ्नुहोस् --

सुधारिएको प्रदर्शन

भारतमा भएको पछिल्लो सागमा जितेका ३ स्वर्णमध्ये १ नेपालले उसुबाटै प्राप्त गरेको थियो । यी सबै पृष्ठभूमिमा नेपालले यसपल्ट उसुमा सुधारिएको प्रदर्शन गरेर पाँच स्वर्ण जित्न सफल रह्यो । त्यो अर्थमा उसुमा नेपालले अपेक्षित प्रदर्शन गर्न सफल नै रह्यो ।

नारी संवाददाता , मंसिर २८, २०७६

-- पुरै पढ्नुहोस् --

सागमा नेपाली महिला : स्वर्णिम खुसी

एकातिर घरपरिवारको अनुमति लिनुपर्ने, अर्कातिर खेल्नका लागि अतिरिक्त समय मिलाउनुपर्ने । त्यसैगरी आफ्नै शारीरिक जटिलताहरूले पनि उनीहरूलाई रोक्न सक्छन् । मासिक स्राव, गर्भावस्था, बच्चा हुर्काउने, स्तनपानको अवस्थामा महिला खेलाडीको साझा बाध्यता हो । तर यस्ता अनेकौं बाध्यतामाथि धावा बोल्दै उनीहरू खुला मैदानमा उत्रन्छन् र रोमाञ्चक जित हासिल गर्छन् ।

सुजाता मुखिया, मंसिर २७, २०७६

-- पुरै पढ्नुहोस् --

सागमा महिला शान

१३ औँ  दक्षिण एसियाली खेलकुद (साग) उद्घाटन हुनु दुई दिनअघि नै महिला भलिबल खेलाडीहरूले नयाँ इतिहास रचे । पहिलो पटक सागको फाइनलमा पुगेको महिला भलिबल टोलीले कम्तीमा पनि रजत हात पार्ने सम्भावना देखिएपछि खेलाडीहरूको चर्चा चुलियो ।

प्रकृति दाहाल, मंसिर २६, २०७६

-- पुरै पढ्नुहोस् --

नेपाल महिला भलिबलको सेमिफाइनलमा

नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला भलिबल टोली सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समूह ‘ए’को अन्तिम खेलमा भारतले बंगलादेशलाई हराएसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । 

नारी संवाददाता , मंसिर १३, २०७६

-- पुरै पढ्नुहोस् --