संगीत

रमलाको ‘म्हेन्दोमाया’

धादिङ सत्यदेवी खनियाँबासकी रमला पाख्रिन तामाङ ‘म्हेन्दोमाया’को लय सुन्दै हुर्किइन् । म्हेमे (हजुरबुवा), माम (हजुरआमा), आपा (बुवा) र आमाले गाउँघरमा हुने मेला, पर्व, जात्रा, ल्होछार तथा वनपाखामा गाएको गीत सुनेर उनी पनि गुनगुनाउन थालिन् । उही लयमा उनी गाउँघरका जात्रा र पर्वमा ‘म्हेन्दोमाया’ गाउँदै नाच्न थालिन् । ‘म्हेन्दोमाया’ भन्दै हिँडेको दुई दशकभन्दा लामो समय कटेको उनलाई पत्तै भएन ।‘म्हेन्दोमाया’ धादिङ, नुवाकोट र रसुवा जिल्लाका पश्चिमी क्षेत्रमा बस्ने तामाङ समुदायको प्रख्यात लोक गीत हो । आधुनिक रूपमा देखिएका लोकदोहोरी शैलीका तामाङ भाषाको गीत नै ‘म्हेन्दोमाया’ को रूपमा चिनिन्छ । यसमा हात र कुम जोडेर अंगालो मारी युवायुवतीका दुई समूहबीच आमनेसामने नाच्दै सवालजवाफ गरिन्छ । युवायुवतीको समूहले गीतैमार्फत नाम, थरदेखि दुःख, पीडा, आफ्ना कुराहरू आदानप्रदान गर्छन् । समूहमा युवक र युवतीहरूको मात्र पनि ‘म्हेन्दोमाया’ नाचेको देख्न सकिन्छ ।२३ वर्षदेखि रमला ‘म्हेन्दोमाया’सँगै छिन् । ०५६ मा ‘म्हेन्दोमाया युवा समाज नेपाल’को सहयोगमा पहिलो ‘म्हेन्दोमाया गीतिसंग्रह’ सार्वजनिक भएको थियो । उक्त एल्बममा रहेको ‘डेन्साङ डेन्साङ फ्याफुल्ला’ स्वागत गीतमार्फत‘म्हेन्दोमाया’ गीतका पहिलो महिला गायिकाका रूपमा उनको उदय भयो । गीतमा बिगेद्र सिङ वाइबाको शब्द र संगीत संयोजन हेम वाइबाको छ । उनलाई स्वरमा साथ पूर्ण पाख्रिनले दिएका थिए । ‘म्हेन्दोमाया’लाई रेकर्ड गरी संरक्षण गर्ने हेतुले मात्र एल्बम निकालिएको रमलाले सुनाइन् । उनले भनिन्,‘बजारमा अरु गीत जसरी चलाउनुपर्छ र पैसा कमाउनुपर्छ भन्ने हाम्रो उद्देश्य थिएन । क्यासेटमा सुन्नका लागि मात्र गीत रेकर्ड गरिएको थियो ।’ मेला र जात्रामा मात्र सुनिने गीत क्यासेटमा आएपछि ‘म्हेन्दोमाया’ लाई माया गर्नेहरू निकै उत्साहित भए । उनका अनुसार त्यतिबेला सुरुमा सय वटा मात्र क्यासेट निकालिएको थियो । पछि माग बढ्दै गएपछि पाँच सय वटा पुनः निकालिएको थियो । ‘म्हेन्दोमाया’ सुनिने जमातमा गीतलाई निकै रुचाइएपछि संस्थाकै पहलमा दोस्रो एल्बम ‘कप्चङ’ ०५९ मा निकालिएको थियो । त्यसपछि ‘म्हेन्दोमाया’ गीत सिर्जना गर्ने सर्जकहरू थपिँदै गए । उनले पनि निरन्तर यही गीत गाउँदै र आफैैंले एकल एल्बमहरू निकाल्न थालिन् । गाउ“घरमा चलेको ‘म्हेन्दोमाया’ छिट्टै आम मानिसको पहु“चमा पुगेको रमलाको भनाइ छ । ल्होछार र काठमाडौंदेखि विभिन्न महोत्सवहरूमा अहिले ‘म्हेन्दोमाया’ सुन्ने दर्शक तथा श्रोताहरू बढेका छन् । ६० को दशकपछि नै आएका थुप्रै सर्जकहरूले ‘म्हेन्दोमाया’ गीतलाई काठमाडौंदेखि विभिन्न ठाउ“का महोत्सवमा स्थापित गराए । हुन त लेक योञ्जनले ०४८ मै रेडियो नेपालमा फूलबारी कार्यक्रममा प्रत्यक्ष्ँ गाएर रेकर्ड गरेपछि ‘म्हेन्दोमाया’ लाई आम मानिसले सुन्न पाएका थिए ।‘म्हेन्दोमाया’ को विशेषता भनेकै भाषा र संस्कृतिको उठान हो । यसैमा तामाङ समुदायलाई चिनाउने पहिरन र परिवेश पाइन्छ । यसमा मायाप्रेमका कथा त छँदैछन् पश्चिमी तामाङ समुदायमा जन्मिएदेखि मृत्युसंस्कारसम्मका कथाहरू यही गीतमै समेटिने रमलाले सुनाइन् । उनका अनुसार हात र कुम जोडेर अंगालो मारी दुई समूह यसमा सहभागी हुने भएकाले मनोरञ्जनस“गै सामाजिक एकताको भावनासमेत जोडिएको हुन्छ । जात्रा र मेला पर्वमा कतै झैझगडा हुन थाले म्हेन्दोमाया गीतले साम्य पारेका कतिपय घटनाहरू उनी स्वयंले देखेकी छन् ।हालसम्म उनले तीन सयभन्दा बढी ‘म्हेन्दोमाया’ गीतहरू गाइसकेकी छन् । ‘साइकोेले कोउ’, ‘रन्ता तपरिम’,  ‘म्हेन्दोमाया अस्याप्पा’, ‘तामार म्हेन्दो’ लगायतका उनका गीतहरू चर्चित छन् । काठमाडौंमा अध्ययनकै क्रममा उनको सांगीतिक जीवन नेपाली गीतबाटै भयो । आफ्नो संस्कृति र भाषा प्रेमले उनी ‘म्हेन्दोमाया’तिरै निरन्तर साधनारत भइन् । भन्छिन्,‘लोकप्रियता र यसमा कमाउँछु भनेर म लागेको हुँदै होइन । ‘म्हेन्दोमाया’ मेरा लागि गीत मात्र होइन, मेरो संस्कृति, पहिचान र यसैमा मेरो आफ्नोपन भेटाउ“छु ।’ उनी देश–विदेशमा ‘म्हेन्दोमाया’ सुनाउ“दै हि“डिरहेकी छन् ।‘म्हेन्दोमाया’ गीत बजारमा ल्याएर लगानी उठाउँछु भन्ने अझैपनि अवस्था बनिसकेको छैन । एउटा सामान्य भिडियोसहित गीत बजारमा ल्याउन कम्तीमा पनि दुई लाख रुपैया“को लगानी चाहिन्छ । ‘म्हेन्दोमाया’लाई बिस्तार गर्नकै लागि आफू लागिपरेको उनको मत छ । ‘म्हेन्दोमाया भनेको पश्चिमी तामाङ समाजको मात्र हो भनेर अरुले बु∆नुहुन्छ । यो त समग्र तामाङ समाजको पहिचानको कुरा हो’ उनी भन्छिन् । अझै पनि ‘म्हेन्दोमाया’ गीतलाई अगाडि बढाउने सर्जकहरू आममानिसको पहुँचमा पुग्न सकेका छैनन् । ‘मलाई पनि म्हेन्दोमाया गीतको सर्कलबाहेक अरू गीत गाउने गायक–गायिकालाई जसरी पब्लिकले चिन्नुहुन्न’ उनी भन्छिन्, ‘मभन्दा पनि ‘म्हेन्दोमाया’ गीत चिनिएको छ । मलाई यसैमा खुसी लाग्छ ।’पछिल्लो समय आधुनिक शैलीका ‘म्हेन्दोमाया’ गीतका लय र शब्दमा यसको मौलिकता हराउँदै गएको पाइन्छ । यसमा उनलाई निकै दुःख लाग्छ । भन्छिन्,‘सिर्जनामा सबैको स्वतन्त्रता हुन्छ तर आफ्नो मौलिकता र संस्कृति नै बिगार्ने गरी गीतहरू नआए राम्रै हुन्थ्यो भन्ने लाग्छ ।’  

सुशीला तामाङ, पुस ११, २०७९

-- पुरै पढ्नुहोस् --

वाद्यवादनमा कोमल हात

परम्परागत बाजाहरूको संरक्षण र संवद्र्धनमा पछिल्लो समय युवापुस्ता आकर्षित हुँदै गएको छ । वाद्यवादनमा सीमित महिलाहरू पनि यो क्षेत्रमा अग्रसर हुन थालेका छन् ।

प्रकृति दाहाल, कार्तिक ८, २०७८

-- पुरै पढ्नुहोस् --

बिनायो बाजा

पूर्वी पहाडी भेगका किराँती समुदायमा प्रचलित बाजामध्ये एक हो–बिनायो । यसलाई नारी सौन्दर्यको प्रतीकका रूपमा पनि लिइन्छ ।

गणेश राई, भाद्र १४, २०७८

-- पुरै पढ्नुहोस् --

तीज गीत स्वरूप फेरियो, मर्म उही

जति–जति तीज नजिकिँदै जान्छ, संगीतको बजार उति–उति गतिशील हुँदै जान्छ । किनभने तीजसँग अभिन्न रूपमा गीत–संगीत जोडिएको छ । खासगरी तीज गीत ।

सुजाता मुखिया, भाद्र १३, २०७८

-- पुरै पढ्नुहोस् --

अनलाईन संगीतमा बढ्दो क्रेज

विषम परिस्थितिमा पनि गायक, गायिका तथा संगीत क्षेत्रमा लागेकाले गीत, संगीत पस्किरहेका छन् । अहिले अनलाईनमार्फत् नै स्रोतालाई संगीत प्रस्तुत गरिएको बताउँछन्,

सिर्जना दुवाल श्रेष्ठ, असार ११, २०७७

-- पुरै पढ्नुहोस् --

मदनकृष्ण परिवारको ‘लकडाउन गीत’

सरानाका अनुसार सारा विश्व नै स्तब्ध भएको बेला कसैलाई पनि रमाइलो गर्ने मुड छैन । तर यो गीत कोरोना सम्बन्धी सन्देशमूलक भएकाले बनाएको हो । ‘एक त समय रमाइलो तरिकाले बित्यो र अर्काै बुबाको रचनालाई मूर्त रुप दिन पायौं,’

नारी संवाददाता , चैत्र २२, २०७६

-- पुरै पढ्नुहोस् --

३ वर्षपछि फेरि आईन सुजता

गीत/संगीतमा परिचय खोज्दा खोज्दै उनको आफ्नै परिचय फेरियो । उनी वैवाहिक जीवनमा प्रवेस गरिन । विवाहको केहि समय उनका पिताले जस्तै श्रीमानले पनि बाटो देखाए । तर, छोरीको जन्म पछि भने उनले गायन यात्रामा पूर्ण बिराम लगाई ।

नारी संवाददाता , चैत्र १०, २०७६

-- पुरै पढ्नुहोस् --

मीरा राणालाई सम्मान

रेडियो कान्तिपुरले गायिका मीरा राणालाई सम्मान गर्ने भएको छ । रेडियोले आफ्नो मासिक सांगीतिक कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ मा यसपटक गायिका राणालाई सम्मान गर्न लागेको हो ।

नारी संवाददाता , चैत्र ८, २०७६

-- पुरै पढ्नुहोस् --

सितारमा युवापुस्ताको कमी

युवापुस्तामा भने सितारप्रति क्रेज ह्वात्तै घटेको देखिन्छ । एक त बाजाको साइज नै ठूलो, यता–उता लगेर बजाउनै कठिन । अर्काे सितार बजाउने थुप्रै महिला भएर पनि हातैले गन्न मिल्ने उमा थापा, ज्ञानु गोर्खाली, सुशीला बैद्य, सीतामैंया राजच आदि मात्रै छन् ।

नारी संवाददाता , माघ २९, २०७६

-- पुरै पढ्नुहोस् --

रोजिनाको बाँसुरी मोह

घरसँगै जोडिएको ठूलोबुवाकहाँ बाजाहरू सिकाइन्थ्यो । त्यहाँ धिमे, बाँसुरी, खिं, मादल आदिको आवाजले उनलाई रोमाञ्चक बनाउँथ्यो । उनलाई वाद्यवादनको आवाजले मन्त्रमुग्ध पारिसक्यो । उनले सुरुमा खिं बजाउन थालेकी हुन् । खिं बजाउँदै रोजिनालाई बाँसुरी वादनप्रति रहर जाग्यो । उनले रहरकै भरमा बाँसुरी सिक्न थालिन् ।

नारी संवाददाता , माघ २७, २०७६

-- पुरै पढ्नुहोस् --

इखले मोडिएको  रुबीको बाटो

मेटल संगीतमा ड्रम बजाएका क्रिस एडलरले नेपाल आउँदा रुबीलाई खोजेरै सँगै बजाउने मौका दिए । त्यस्तो अवसर पाउँदा उनी आफूलाई भाग्यमानी मान्छिन् । ‘यस्तो मौका कहाँ सबैले पाउँछन् र ?’

नारी संवाददाता , माघ २२, २०७६

-- पुरै पढ्नुहोस् --