हाम्रो समाज हाम्रा नारी

कर्मशीलको व्यथा

दसैंलाई दशा ठान्नेहरू धेरै भेटिन्छन् । बिहान–बेलुकाको छाक टार्न दिनभरि पसिना बगाउनेहरू हाल भोको पेट बस्न बाध्य छन् । संसारभर फैलिएको महामारीले यी वर्गलाई ‘मर्नु न बाँच्नु’ अवस्थामा पुर्‍याएको छ । बालबालिकाले दसैंमा कचकच गर्दा पनि एकसरो नयाँ लुगा हालिदिन नसक्नुको पीडा बोकेका केही कर्मशील महिलाको आवाज यहाँ प्रस्तुत छ ।  बालकुमारी कार्की, ८३ वर्षपानी बेच्ने महिला२०५१ सालमा बूढा बितेपछि एक्ली भएँ । छोरा–बुहारीसँग पनि बस्न मन लागेन । ज्यान पाल्न सिन्धुपाल्चोकबाट काठमाडौं झरें । दुःख–हन्डर असाध्यै भयो जीवनमा । बोतलको पानी बिक्री गरेर गुजारा गर्छु । कहिलेकाहीँ १० बोतल पानी पनि बिक्दैन । कोरोनाले गर्दा पानी बिक्री हुनै छाडेको छ । कोठा भाडा तिर्न सकेकी छैन । यही कारणले घरबेटीले दसैंमा घर जान दिने हुन्/होइनन् ? चिन्ता लागेको छ । सुरुमा काठमाडौं आएपछि प्लास्टिक र खाली बोतल टिपें । पानी बेच्न थालेको केही वर्ष मात्र भयो । जिन्दगी नै बोझ भयो, मर्न पाए पनि हुन्थ्यो अब त । चाडबाडमा कोही मनकारीले नयाँ लुगा दिन्छन् त्यही लगाउँछु । आफैं किन्न सक्दिन । दसैंमा सबैलाई म बूढीको आशिक लागोस् मेरो जस्तो जिन्दगी कसैको नहोस् । निरु तामाङ, ४० वर्षपूजा सामग्री व्यापारीमेरो घर भक्तपुर हो । १८ वर्षदेखि पूजाका सामान बिक्री गर्दै आएकी छु । हालसम्म मेरो यही कमाइले परिवार धानिरहेकी छु । दुई छोरी, एक छोरा र श्रीमान्–श्रीमती गरी परिवारमा पाँच जना छौं । केटाकेटी पढिरहेका छन् । कोरोनापछि त कोठा भाडा तिर्न पनि कठिन भएको छ । पहिलेको तुलनामा अहिले आधा पनि कमाइ छैन । नगरपालिकाले बेलाबेलामा दुःख दिइरहन्छ ।  महिनामा केही दिन सामान बेच्न पाइन्छ । चार वर्ष भयो नगर प्रहरीको लखेटाइ झेलिरहेकी छु । हामीजस्ता सोझासाझालाई मात्रै कानुन लाग्ने हो कि के हो ? ठूलाको पहुँच र बोलवाला छ । चाडबाड आएसँगै चिन्ता बढ्छ । दसैंमा नयाँ लुगा किनिदैन, कमाइ भए पो किन्नु ? सबै रहर कहाँ पूरा हुन्छन् र ? हामी जस्ताको रहर त रहर मात्रै हो । अर्काको हेरेर चित्त बुझाउने हो । जिन्दगी दुःखको पहाड हो जस्तो लाग्छ मलाई त । बिहान ६ बजेदेखि राति ९ बजेसम्म काम गर्दा पनि जीवन काट्न हम्मेहम्मे भइसक्यो । कसैले सहयोग गरेर बालबच्चा पढाइदिए पनि हुने जस्तो लाग्छ । हामीजस्तालाई सक्ने काम सरकारले दिए हुन्थ्यो । कल्पना कँडेल, ४२ वर्षतरकारी तथा फलफूल व्यवसायीतीन जना लालाबाला च्यापेर पर्साबाट काठमाडौं आइ पुगें । सन्तानलाई राम्रो शिक्षादीक्षा दिने र ठूलो मान्छे बनाउने आशामा म एक्ली महिलाले यो आँट गरेकी थिएँ । श्रीमान् भारतमा हुनुहुन्छ, पाँच वर्षमा छोटो समयका लागि आउनुहुन्छ । उहाँबाट हामीलाई कुनै भरथेग भएन, र छैन । जिन्दगी विभिन्न मोड र संघर्ष मात्रै रहेछ । काठमाडौं छिरेको सुरुका दिनमा निकै ठक्कर खानुपर्‍यो । मध्यरातमा उठेर तरकारी लिन जान्थें । दिनभरि तरकारी बेच्दा नाफाको त के कुरा धेरै तरकारी कुहिएरै फाल्नुपर्थ्यो । २५ सय रुपैयाँको तरकारी ल्याउँदा पाँच सयको बेच्यो दुई हजारको फाल्नुपर्ने अवस्था थियो । तर, पनि मैले हरेस खाइन । सन्तानकै मुख हेरेर दुःख गर्न छोडिन । उतिबेला चाडबाड आयो कि असाध्यै चिन्ता लाग्थ्यो । दसैं त नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । साना केटाकेटी अरूको देखेर पनि नयाँ लुगा लगाउन खोज्ने नै भए । तर, मेरा तीन छोराछोरी असाध्यै ज्ञानी, मेरो दुःख बुझ्ने स्वभावका छन् । मैले दुःख गर्दागर्दै सटरमा तरकारी पसल राख्न सक्ने भएँ । यसमा माइतीको पनि सहयोग रह्यो । क्रमशः त्यही सटरमा फलफूल पनि थप्दै गएँ । एउटी छोरीलाई फार्मेसी पढाएँ, अर्की छोरीलाई स्टाफ नर्स । आफ्नो र आफन्तको आर्थिक सहयोगमा छोरालाई लन्डन पठाए । हाल पहिलेको जस्तो गाह्रो छैन । धैर्य तथा परिश्रम गर्ने र अर्काको भर नपर्ने हो भने जीवन त्यति गाह्रो हुदैन रहेछ । पछिल्लो समय कोरोनाको असर सर्वत्र छ तर मेरो तरकारी पसल भएकाले खोल्न पाइन्छ । चाडबाड हाम्रो परम्परा बचाउन मनाउने हो अरूलाई देखाउनका लागि होइन । नया लुगा दसैंमै किन्नुपर्छ भन्ने छैन । आवश्यकतानुसार किन्ने हो । दसैं आफैंलाई भार पर्ने गरी होइन मितव्ययी भएर मनाउनुपर्छ । बिना बम्जन खत्री, २५ वर्षक्युरियो व्यवसायीससुराहरूले वसन्तपुर डबलीमा क्युरियो पेसा सुरु गरेको धेरै भयो । कोरोनाले पछिल्लो समय व्यापार घटेको छ । विदेशीहरू छैनन् । कामकाजी नेपालीबाटै फाट्टफुट्ट व्यवसाय चलिरहेको छ । नेपाली अफिसियलहरू म्याचिङ गरेर लगाउने भएकाले इयर रिङ, औंठीजस्ता सामान धन्न बिकिरहेका छन् । हाल चाडपर्व भन्दैमा जथाभावी खर्च गर्ने बेला छैन । अत्यन्तै गरिब बाटोमा माग्न बस्छन् । धनीसँग पैसा छ, हामीजस्ता मध्यम वर्ग न माग्न बस्न सक्छौं न हामीसँग मनग्य पैसा छ । त्यसैले यस पटकको चाडबाडमा अत्यन्तै सीमित घेरामा रहेर पर्व मनाऔं । सकिन्छ भने आफ्नो आवश्यकतालाई पनि कटौती गरौं ।

लक्ष्मी भण्डारी, आश्विन ७, २०७८

-- पुरै पढ्नुहोस् --

साहसिक क्षेत्रका  पथप्रदर्शक

भौगोलिक विकटताले नै साहसिक पर्यटनको गन्तव्य बनाएको छ, हाम्रो मुलुकलाई । भनिन्छ, विदेशी आगन्तुकहरू हिमाल हेर्न वा चढ्न मात्र आउँदैनन् । लुम्बिनी वा पशुपतिको फन्को लगाउन मात्र आउँदैनन् । आङ सिरिंग हुने खेलको अनुभव संगाल्न पनि आउँछन् । 

सुजाता मुखिया, फाल्गुन ८, २०७६

-- पुरै पढ्नुहोस् --

आदर्श सासु–बुहारी 

आदर्श सासुमा कोहलपुर नगरपालिका–२ निवासी लक्ष्मी भुसाल र बुहारीमा वडा नं ११ की शीखा गौतम श्रेष्ठ सम्मानित भइन् । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उनीहरुलाई सम्मान गर्दै नगरभित्रका सबै सासु–बुहारी आदर्श बन्न सक्नुपर्ने बताए ।

नारी संवाददाता , माघ २६, २०७६

-- पुरै पढ्नुहोस् --

घरेलु हिंसा र उपचार 

घरेलु हिंसा भन्नाले कुनै घरेलु सम्बन्ध भएको एक व्यक्तिले अर्को व्यक्तिलाई शारीरिक एवं मानसिक यौनजन्य वा आर्थिक यातना दिनु भन्ने बुझिन्छ । घरेलु सम्बन्ध भन्नाले परिवारको सदस्य, आश्रित वा कामदारका रूपमा एकै परिवारमा बसेका व्यक्तिहरूका बीचमा भएको सम्बन्धलाई बुझाउँछ ।

सिर्जना माली, अधिवक्तापुस १४, २०७६

-- पुरै पढ्नुहोस् --

तेस्रो मिस चब्बी नेपाल

नेपालमा पहिलो पटक सिद्धि मिडियाले आयोजना गरेको नेपाल्स चब्बी मोडलको तेस्रो संस्करण सम्पन्न भएको छ । आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने उद्देश्यले आयोजित नेपाल्स चब्बी मोडल फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको आयोजक अमित शाहले बताए ।

सिर्जना दुवाल श्रेष्ठ, माघ २७, २०७५

-- पुरै पढ्नुहोस् --

मिस युनिभर्स–२०१८ मा मनिताको उपलब्धि

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितासम्बन्धी विश्लेषण गर्ने माइसोसोलजी, एन्जलोपिडिया जस्तो चर्चित सौन्दर्य प्रतियोगिता विश्लेषकले प्रतियोगिताका क्रममा मनितालाई मिस युनिभर्स–२०१८ को प्रबल दाबेदारका रूपमा चित्रण गरेको थियो । प्रतियोगिता अन्तर्गतको प्रिलिमिनरी इभेन्टमा मनिताको प्रस्तुति पनि विभिन्न सामाजिक संजालमा चर्चा विषय भएको थियो ।

रोजिन शाक्य, पुस ७, २०७५

-- पुरै पढ्नुहोस् --

कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयर

जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै कान्तिका देशकै पहिलो महिला मेयर बनेकी हुन् ।

नारी संवाददाता , जेष्ठ ४, २०७४

-- पुरै पढ्नुहोस् --

महिलाहरुले  स्वतन्त्रता केलाई मान्ने ??

स्वतन्त्रता केलाई मान्ने ? चाहेको क्षेत्रमा जागिर खान पाउनु वा मन लागेको विषय पढ्न पाउनु अथवा मन लागेका पहिरनमा सजिएर हिँड्न पाउनु ? के हो स्वतन्त्रता ? उत्तर सहज छैन ।

लक्ष्मी भण्डारी थापा, वैशाख २६, २०७४

-- पुरै पढ्नुहोस् --

संकल्प भए सफलता प्राप्त गर्न कठिन छैन : दृष्टिविहीन सृष्टि केसी

आठ कक्षा अध्ययनरत छँदा आँखाको ज्योति गुमाएकी सृष्टिले प्रमाणपत्र तहमा सर्वोत्कृष्ट अंक हासिल गरिन् ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र २२, २०७३

-- पुरै पढ्नुहोस् --

दुवै हात र एउटा खुट्टा गुमाएकी समचारवाचिका

डल्लु विजेश्वरीमा बस्ने कमला श्रेष्ठले १२ वर्षकी हुँदा घरमै खेल्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएकी थिइन् ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र २१, २०७३

-- पुरै पढ्नुहोस् --

महिला र राजनीति

राजनीति न्यायोचित वितरणको सशक्त माध्यम हो । वि.सं. २०४६ पछिको पुस्ता सबैतिर राजनीतिमा देखिन्छ भने यसमा संख्यात्मक रूपमा पुरुष बढी छन् ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन ८, २०७३

-- पुरै पढ्नुहोस् --