आजकी नारी

नेतृत्वमा अब्बल सरिता

नारी संवाददाता , श्रावण ८, २०७९

कतिपय पुरुष सहकर्मीहरू मैले काम लगाउँदा महिलाले पनि हामीलाई काम अह्राउने भनेर रिसाउँछन् । महिला यो ठाउँमा आउनै सक्दैनन् भन्ने मानसिकता छ । कतिपय हामी महिला स्वयंमा पनि यो मेरो ठाउँ नै होइन भन्ने कुरा दिमागमा गढेर बसेको छ । अब यो परिवर्तन हुनु जरुरी छ ।’
-- पुरै पढ्नुहोस् --

प्रथम महिला एआईजी पूजा

नारी संवाददाता , श्रावण ३, २०७९

नेपाल प्रहरीको इतिहासमै पहिलो पटक पूजा सिंह महिला अतिरिक्त महानिरीक्षक (एआईजी) बनेकी छन् ।
-- पुरै पढ्नुहोस् --

विभेदविरुद्ध लड्दै हरिकला

नारी संवाददाता , पुस २, २०७८

‘गोरखापत्र संस्थान ऐनको दफा नै अपहरण गरी अनधिकृत व्यक्तिबाट काटिएको पत्र मैले कसरी बुझ्ने ?’
-- पुरै पढ्नुहोस् --

सञ्जुको ‘इन्द्रेणी स्पर्श’

नारी संवाददाता , भाद्र १, २०७८

चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारी सानैदेखि पढाइसँगै नृत्य, खेलकुद एवं साहित्यमा सहभागी हुँदै विभिन्न पदक जितिसकेकी छन् । सितेरियो कराँते खेलका विभिन्न प्रतियोगितामा विजयी उनले चार्टर्ड एकाउन्टेन्सीको पढाइका लागि भारत जाँदा त्यसलाई निरन्तरता दिन सकिनन् । दुई बच्चाको हेरचाह, घर–व्यवहारको व्यस्तताका बाबजुद युनाइटेड फाइनान्स र एनआइसी एसिया लघुवित्त कम्पनीमा सञ्चालकको जिम्मेवारी बहन गरी आर्थिक तथा सामाजिक विषयहरूमा विभिन्न पत्रपत्रिकामा लेख लेखिरहने सञ्जुको पहिलो उपन्यास ‘इन्द्रेणी स्पर्श’ बजारमा आएको छ ।
-- पुरै पढ्नुहोस् --

इन्जिना उडान

नारी संवाददाता , श्रावण २८, २०७८

भारतीय समाचार टेलिभिजन ‘जी न्यूज’ का लागि नेपालस्थित संवाददाता इन्जिना कार्कीमार्फत अहिले नेपालका समाचारले उक्त च्यानलमा राम्रो स्थान पाउने गरेका छन् ।
-- पुरै पढ्नुहोस् --

प्रभावशाली गौरिका

नारी संवाददाता , जेष्ठ २, २०७८

पौडी खेलाडी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । अमेरिकी पत्रिका‘फोर्ब्स’ले गौरिकालाई ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा राखेको हो ।
-- पुरै पढ्नुहोस् --

इन्स्योरेन्समा महिला सिइओ

नारी संवाददाता , जेष्ठ २, २०७८

बिमा क्षेत्रमा प्रथम कार्यकारी अधिकृत महिला बन्न सफल भएकी छन् । उपासना पौडेल युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएकी हुन् । योस“गै उनी बिमा क्षेत्रकै सबैभन्दा कान्छी सिइओसमेत बनेकी छन् । उनलाई कम्पनीले आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।
-- पुरै पढ्नुहोस् --

प्रभाको ‘फिलिंगो’

नारी संवाददाता , वैशाख ६, २०७८

लेखक तथा साहित्यकार प्रभा बरालको औपन्यासिक कृति ‘फिलिंगो’ सार्वजनिक भएको छ ।
-- पुरै पढ्नुहोस् --

चुचुरो चुम्दै कल्पना

नारी संवाददाता , वैशाख ६, २०७८

आरोही तथा पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडाबाट सफल आरोहण सम्पन्न गरेकी छन् ।
-- पुरै पढ्नुहोस् --

आश्रितीको ‘करण र कार्टुन’

नारी संवाददाता , वैशाख ६, २०७८

संस्कृतिको प्रबर्द्धन गरे मुलुक समृद्ध र सुशासित हुने’ तथ्यलाई पुस्तकले उजागर गर्न सघाएको छ ।
-- पुरै पढ्नुहोस् --

रूपालाई मिडिया एक्सिलेन्सी अवार्ड

नारी संवाददाता , चैत्र २७, २०७७

पत्रकार रूपा शर्माले यस वर्षको ‘राष्ट्रिय मिडिया एक्सिलेन्सी अवार्ड’ पाएकी छन् । उनी १९ वर्षदेखि पत्रकारितामा सक्रिय छिन् । मेट्रो एफएममा समाचार सम्पादक, कार्यक्रम निर्माता तथा संचालक र नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘आजको चर्चा’ की प्रस्तोताका रूपमा कार्यरत छिन् । सामाजिक रूपान्तरण गरी समतामूलक समाज निर्माणका लागि रूपाले संचालन गर्ने रेडियो र टेलिभिजन कार्यक्रम कोशेढुङ्गा साबित भएको छ ।
-- पुरै पढ्नुहोस् --