हेरचाह

मुस्कानका लागि दाँतको हेरचाह

हाम्रो जीवनमा सौन्दर्य र फेसनसँगै मुस्कानको पनि त्यत्तिकै महत्व छ । सुन्दर मुस्कानका लागि मिलेका सेता दाँत हुनुपर्छ । अझ विवाहको तयारीमा रहेकाहरूका लागि यो महत्वपूर्ण छ । महिलाहरूले सौन्दर्य, गरगहना र फेसनका लागि धेरै पहिलादेखि नै योजना बनाइरहेका हुन्छन् । यसमा थुप्रै रकम पनि खर्चिरहेकै हुन्छन् । तर आकर्षक मुस्कान प्रदान गर्न नमिलेका दाँतमा भने खासै ध्यान दिएको पाइँदैन । अब भने यसलाई सौन्दर्यको एउटा पाटो बनाउनुपर्छ । यसका लागि करिब छ महिनादेखि नै ‘डेन्टल प्लानिङ’ गर्दा उचित हुन्छ । यसबाट विवाहमा गरिने फोटो सुटिङमा आफ्नो मधुर मुस्कानले बेहुलासँगै अरूको पनि माया जित्न सकिन्छ । यसो त विवाहमा बेहुली मात्र राम्री देखिएर हुँदैन, बेहुला पनि उत्तिकै सुन्दर र आकर्षक हुनुपर्छ । त्यसैले दाँत र गिजाको सफाइ आफ्नो मुखको स्वास्थ्य र ताजा सासका लागि अति आवश्यक छ । डेन्टल उपचारको प्लानिङ गर्दा आवश्यकतानुसार कस्मेटिक उपचार जस्तै डेन्टल ब्लिचिङ (दाँत सेता बनाउने), अगाडिका दाँतमा डाइमन्ड हाल्ने, भनियर क्राउन हाल्ने र साधारण फिलिङ गरी आफ्नो दाँतको आकार मिलाउन सकिन्छ । यी सबै उपचार कम समयमै गर्न सकिन्छ । यसैगरी दाँत नमिलेका वा बाङ्गा–टिङ्गा भएको अवस्थामा विवाह हुनुअघि कम्तीमा एक/डेढ वर्षको प्लानिङ आवश्यक हुन्छ । पछिल्लो समय नेपालमा पनि ‘इनिभिजिबल ब्रेसेस’ को चलन बढ्दो छ । यो उपचारले विना ‘ब्रेसेस’ बाङ्गा दाँतहरू सोझ्याउने गरिन्छ । यसलाई ‘स्माइल अलाइनर्स’ भनिन्छ । यो उपचारमा ‘रिमुभेबल अप्लाइन्स’ लगाइने हुँदा व्यक्तिले सजिलैसित झिक्न सक्छन् । त्यसैले योजनाअनुरूप नभएको विवाहमा अपर्झट ‘ब्रेसेस’ झिक्ने टेन्सन हुँदैन । हरेकले विवाहका लागि छुट्टै सपना बुनेका हुन्छन् । त्यसलाई साकार र स्मरणीय बनाउन आफ्ना दाँतलाई गहना सम्झी उचित हेरचाह गर्नुपर्छ । सुन्दर दाँतले सौन्दर्यमा आकर्षण थप्नुका साथै आत्मविश्वास पनि बढाउँछन् । त्यसैले विवाह गर्ने योजनामा हुनेहरूले आफ्नो मधुर मुस्कानका लागि ध्यान दिने हो कि ? (डा.रिना, लुमन्ती डेन्टल क्लिनिक, पाटनढोकाकी संचालिका हुन् ।) 

डा. रिना शाक्य, माघ १७, २०७८

-- पुरै पढ्नुहोस् --

ब्राइडल मुस्कान

वैवाहिक समारोहमा हुने अनेकौं रीतिरिवाज र संस्कारले बेहुलीलाई शारीरिक थकान महसुस गराउनु स्वाभाविक हो । यद्यपि बेहुली सुन्दर तथा आकर्षक देखिनु आवश्यक हुन्छ । यस्तो स्थितिमा बेहुलीको मुस्कानले आफ्नो सुन्दरता कायम राख्छ । परफेक्ट मुस्कानका लागि दाँत पनि परफेक्ट हुनुपर्छ ।

नारी संवाददाता , पुस २७, २०७७

-- पुरै पढ्नुहोस् --

गर्मी मौसममा उपयोगी तरकारी 

गर्मी मौसममा विभिन्न किसिमका खानेकुरा खानु भन्दा अगाडी सावधानी अपनाउनु पर्ने देखिन्छ । गर्मी मौसममा तपाईले आफुले खानेगरेको खानेकुराहरुमा यि खानेकुराहरुलाई नियमित समावेश गर्नु भयो भने तपाईको शरीर स्वस्थ्य हुनुका साथै तन्दुरुस्त समेत हुन्छन् । 

भारती अधिकारी झा, फुड टेक्नोलोजिस्टवैशाख २०, २०७७

-- पुरै पढ्नुहोस् --

गर्भवतीलाई चाहिन्छ  जाडोमा थप स्याहार

धेरै गर्भवती महिलाहरू चिकित्सकसँग परामर्श गर्न नरुचाउने रतथा कतिले त परामर्शपछि चिकित्सकले लेखेको औषधि पनि सेवन नगरेको पाइन्छ । गर्भावस्थामा आफूखुसी औषधि सेवन गर्नु गलत हो तर चिकित्सकको परामर्शको पालना वा चिकित्सकले प्रेस्क्राइब गरेको औषधि सेवन गर्नुपर्ने हुन्छ । समयमै आवश्यक औषधि प्रयोग नगर्दा रोग बढ्नुका साथै जटिलता थपिन सक्छ ।

डा. बालकृष्ण साह, मंसिर ३०, २०७६

-- पुरै पढ्नुहोस् --

हरियो तरकारी स्वस्थ जीवनका लागि

करेसाबारी स्थापना गर्दा करेसाबारी क्षेत्रमा प्लट बनाएर बीचबीचमा आवश्यकतानुसार कुलेसो निर्माण गर्नुपर्छ । यसबाट सिंचाइ, हिँडडुल तथा गोडमेल गर्न सजिलो हुन्छ । त्यस्तै बारको छेउमा झाँगिने र लहरे तरकारी बाली लगाएर बारलाई थाँक्राका रूपमा प्रयोग गर्न सकिन्छ । दुवै छेउतिर खाडल बनाएर झारपात तथा घरधन्धापछि बाँकी रहेका अवशेषहरूलाई हालेर कम्पोस्ट मल तयार गर्न सकिन्छ ।

रत्नबहादुर बस्नेत, झापाचैत्र १९, २०७४

-- पुरै पढ्नुहोस् --

छाला र अनुहार बिग्रने प्राकृतिक कारणहरू

शरीर र अनुहारको छालालाई घामपानी, धूवाँ–धूलो, बढी चिसोका साथै विभिन्न किसिमको प्रदूषणबाट बचाउनुपर्ने हुन्छ । बाहिरी प्रकोपबाट बचाएर छालालाई स्वस्थ बनाउन अलिकति समय निकालेर यसको हेरचाह गर्नुपर्छ ।

नारी संवाददाता , चैत्र १७, २०७३

-- पुरै पढ्नुहोस् --

मिड डे मोइस्चराइजर

कुनै पनि मोइस्चराइजरको प्रभाव ६–७ घन्टापछि कम हुन्छ । यसलाई लन्चपछि लगाउँदा छालामा चमक आउँछ ।

नारी संवाददाता , फाल्गुन १६, २०७३

-- पुरै पढ्नुहोस् --

हरियालीले खुसी दिन्छ

फूलले सबैको मन लोभ्याउँछ । त्यसैगरी घर वरिपरि हरियाली भए आनन्द महसुस गर्न सकिन्छ । घर वरिपरि फूल, बगैंचा भए वातावरण नै रमणीय हुन्छ ।

नारी संवाददाता , फाल्गुन १४, २०७३

-- पुरै पढ्नुहोस् --

इन्डक्सन चलाउँदा अपनाउनुपर्ने सावधानी

नेपालीहरू इन्धन अभावका कारण खाना पकाउने वैकल्पिक उपाय अपनाउन बाध्य भए। यसै क्रममा उच्च तथा मध्यमवर्गीय परिवारमाझ इन्डक्सन चुल्हो विशेष लोकप्रिय भयो।

नारी संवाददाता , माघ २८, २०७३

-- पुरै पढ्नुहोस् --

मनको ऐनामा मान्छे

कुनै पनि मानिसले आफ्नो रूप–रंग, बोलीचाली, आफूले गरेको व्यवहार, उसलाई समाजले हेर्ने दृष्टिकोण तथा आफ्नै सोच आदिबाट आफ्नो व्यक्तित्व निर्माण गर्छ । मानिस जतिसुकै सुन्दर तथा तेजस्वी भए पनि प्राय: उसले आफ्नो रूप–रंग एवं व्यवहारमा कुनै न कुनै खोट निकालिरहेको हुन्छ ।

नारी संवाददाता , पुस २९, २०७३

-- पुरै पढ्नुहोस् --

उमेरअनुसार स्किन केयर

उमेरअनुसार छालाको स्याहार गर्नुपर्छ । बाल्यावस्थाको छाला र युवावस्थाको छालामा भिन्नता हुन्छ ।

नारी संवाददाता , मंसिर २६, २०७३

-- पुरै पढ्नुहोस् --