विचार

महिलालाई सहभागी गराए राष्ट्रको विकास हुन्छ

सुनीता गाइसी समाजमा जे देखिन्छ त्यो हुँदैन । हात्तीको चपाउने र खाने दाँत फरक हुन्छ भनेजस्तै समाजका पनि दुई रूप छन् । यो वर्षको नारी दिवसका हरेक कार्यक्रममा प्रायः वक्ताहरू पुरुष थिए अर्थात् महिलाका लागि आयोजना गरिएका कार्यक्रममा उनीहरूनै कम सहभागी थिए । त्यसैले दिवस मनाएर मात्र नारीको अवस्था राम्रो हुन्छ जस्तो लाग्दैन । यसका लागि त महिलालाई हरेक क्षेत्रमा समान रूपमा सहभागी हुन सचेत गराउनुर्छ । धेरैलाई सहभागी गराइएको हो तर महिलाहरूको प्रकृति नै त्यस्तै छ भनी दोष लगाउने गरेको पनि पाइन्छ । देशमा राजनीतिक परिवर्तनसँगै स्थानीय तहदेखि केन्द्रसम्म महिला सहभागितालाई जोड दिइएको छ । यो महिलाका लागि एउटा सुवर्ण अवसर हो । तर त्यसमा पनि निर्णय प्रक्रियामा महिलालाई स्वतन्त्र रूपमा आफ्ना विचार राख्न सक्ने अवस्था छैन । सदियौंदेखि पछाडि परेका वा पारिएका महिलाहरू एकैपल्ट मूलधारमा समावेश हुन सकेका छैनन् । समाजले महिलालाई सहज रूपमा आफ्नो जीवन निर्वाह गर्न सक्ने वातावरण बनाउन सकेको छैन । घरको चुलोचौको नै महिलाको संसार बनेको छ । कामकाजी महिलालाई त झनै कठिन छ । आफ्नो जागिरसँगै घरको सम्पूर्ण काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यदि घरमा महिलाले यस विषयमा चर्चा गरे–‘जागिर छोड अनि घर बस, तिम्रो कमाइले के गरेको छ’ भन्ने पुरुषहरूको पनि कमी छैन–यहाँ । अहिले पढेलेखेका पुरुषहरू जति सम्मानित पदमा पुगेपनि उनीहरूले श्रीमतीको घरायसी पीडा बुझ्न सकेका छैनन् । तर, तिनै पुरुष साथीको घरमा पुग्दासाथीकी श्रीमतीले गरेको कामको प्रशंसा गर्छन् । तर आफ्नी श्रीमतीले घरका लागि गरेको योगदानलाई बुझ्ने प्रयास गर्दैनन् । महिलाले चाहेर पनि आफ्नो स्वतन्त्रतामा आफ्नो अधिकार जमाउन सकेका छैनन् । महिलाहरू हरक्षण विभिन्न सामाजिक त्रास र बन्धनमा परेका छन् । पिजडाको सुगाले पिजडाबाहिर उड्ने सपना देखे पनि उसको दुनियाँपिजडा नै हुन्छ । नेपाली समाजमा नारीहरूले बाहिर जति नै समानता र मुक्तिका कुरा गरे पनि उनीहरू विभिन्न सामाजिक मूल्य–मान्यतामा जेलिएर बस्न बाध्य छन् । कतिपय विज्ञहरूले महिला पछाडि पर्नु भनेको सहभागिता हुनु वा नहुनुसँग सम्बन्धित छैन यो एक वर्गीय पक्ष हो भनी आफ्नो धारणा राख्छन् । पछिल्लो अवस्था हेर्दा–केही महिला उच्च तहमा पुगेका छन् भने उनीहरूको पृष्ठभूमि हेर्ने हो भने ती कुनै नेता, मन्त्री, सभासद, उच्च वर्गसँग सम्बन्धित रहेको पाइन्छ । उनीहरूले समानताको कुरा गरे पनि गरिब, अशिक्षित, पिछडिएका वर्गको अवस्था जहाँको तहीँ छ । यस विषयमा पनि चर्चा गर्नुपर्ने आवश्यकता छ । आधा आकाश ढाकेका महिला अँध्यारोमै बस्न बाध्य हुनु राम्रो कुरा होइन । अबको मुद्दा भनेको महिला सहभागिता मात्र नभई ती महिला कुन वर्गका हुन् भन्नेबारे अध्ययन–अनुसन्धान गरिनु जरुरी छ । अझै पनि धेरै महिला पछाडि परेका छन् । यस विषयमा विशेष अध्ययन गर्ने हो भने महिलाहरू महिलाकै कारणले पछाडि परेका हुन् । कारण विवाहअघि छोरीलाई नियन्त्रणमा राख्ने आमा नै हुन्छन् । उनीहरूले पनि छोरीको उज्ज्वल भविष्यकोकामना गरेका हुन्छन् । त्यसैगरी विवाहपछि फेरि सासूले बुहारीलाई वा जेठानीले देउरानीलाई नियन्त्रण गर्छन् । यी सब तथ्यलाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने महिलाहरू महिलाकै कारणले पनि पछि परेका छन् । महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । एउटा पाङ्ग्राले मात्र रथ गुड्न सक्दैन । यसमा जहाँ, जो पछाडि परेका छन् तिनीहरूलाई मूलधारमा ल्याई अघि बढाउनुपर्छ । कुनै क्षेत्र, वर्ग वा जात नभनी सबैलाई समान रूपमा सहभागीगराई उचित अवसर एवं अधिकार दिएमा मात्र राष्ट्रको विकास हुन्छ । 

नारी संवाददाता , वैशाख ५, २०७९

-- पुरै पढ्नुहोस् --

महिलाविरुद्ध हिंसा किन ?

महिलाप्रति हाम्रो समाजले कहिल्यै सकारात्मक दृष्टिकोण राख्न सकेन । पुरातन सोचका कारण महिलालाई जहिले पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेर्नु विडम्बना नै हो ।

सुदर्शन अधिकारी, चैत्र ४, २०७८

-- पुरै पढ्नुहोस् --

लैङ्गिक समानताको शिक्षा घरैबाट

सामान्यतयाः कुनै पनि परिवारमा महिला–पुरुषको संख्या समान रहेको पाइन्छ । तर, त्यही परिवारले महिलाको सवालमा समतामुखी व्यवहार गरेको पाईँदैन । महिला समानताको कुरा भाषण वा अभियानको नारा बनाएर मात्रै हुँदैन । यसलाई साँच्चिकै व्यवहारमा उतार्न सक्नुपर्छ । त्यसका लागि हामीले घरबाटै यसको अभ्यासको थालनी गर्नुपर्छ ।

मीना भट्टराई, फाल्गुन २५, २०७८

-- पुरै पढ्नुहोस् --

सम्मानकी पात्र नारी

‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्’

यमुना अर्याल, फाल्गुन २२, २०७८

-- पुरै पढ्नुहोस् --

भान्सामा ‘जल्दै’ महिलाहरू 

आमाहरूको हातमा जादु नै लुकेको हुन्छ । सायद आमाहरूले पकाउने खानामा आवश्यकतानुसारको मरमसलामात्रै मिसिएको हुँदैन । मन र माया पनि मिसिएको हुन्छ ।

करुणा देवकोटा, माघ १२, २०७८

-- पुरै पढ्नुहोस् --

अभियानले रोक्न नसकेको हिंसा

अभियान महिला हिंसाविरुद्धको हो तर विडम्बना यही अभियान चलिरहेकै अवधिमा पनि हाम्रो समाजमा दिदीबहिनीहरू हिंसामुक्त हुन सकेका छैनन् ।

नारी संवाददाता , पुस २, २०७८

-- पुरै पढ्नुहोस् --

‘आरक्षण’ चाहिन्छ 

अंश र वंश रक्षा केवल छोराले गर्छ । चितामा अग्नि दिन छोरा नै चाहिन्छ । किरिया बस्न छोरा नै चाहिन्छ । नभए, सात पुस्तासम्म पितृ तड्पेर बस्छन् । एक दर्जन सन्तान भए पनि छोरा नहुन्जेल ‘पाप’ बाट मुक्त भइँदैन । दलितहरू घरभित्र पस्नु हुँदैन, उनीहरू अगाडि बढ्नु हुँदैन ।’ यस्तो धारणाले नै छोरी, दलितलाई शिक्षा दिइएन ।

डा. अरुणा उप्रेती, मंसिर ५, २०७८

-- पुरै पढ्नुहोस् --

मर्यादित महिनावारी

पहिलो ‘पी’ भनेको पिपल वा महिनावारी हुने व्यक्ति वा किशोरी, महिला, ट्रान्सम्यान वा क्विर सामग्री हो । यो सरोकारवालाको संविधान प्रदत्त अधिकार अर्थात् मर्यादापूर्वक जिउन पाउने अधिकारलाई टेवा पुर्‍याउने खालको हुनुपर्छ ।

राधा पौडेल, कार्तिक ९, २०७८

-- पुरै पढ्नुहोस् --

घरकी देवी किन अछूत ?

पढेलेखेका, सहरमा बसेका छोरीलाई राम्रोसँग थाहा छ तैपनि बाउआमाको सामुन्ने उनीहरूको केही चल्दैन ।

यमुना अर्याल, आश्विन ४, २०७८

-- पुरै पढ्नुहोस् --

महिला : सम्मान र अवसर

महिलाहरूलाई रंगीचंगी पहिरन, नाचगान, भोज–भतेरमा संलग्न देखेर एक पक्षीय मूल्यांकन गर्ने सोच र संस्कार अनुचित छ ।

डा. नम्रता पाण्डे, भाद्र ३, २०७८

-- पुरै पढ्नुहोस् --

सुखद् जीवनका लागि तीज

नेपालमा हिन्दू धर्मावलम्बीहरूले तीज पर्वमा शिवजीलाई सृष्टिकर्ता र आदिदेवका रूपमा पूजा गर्छन् । साथै यो दिन पार्वतीको पनि पूजा–आराधना गरिन्छ ।

प्रतिभा सुवेदी, भाद्र २, २०७८

-- पुरै पढ्नुहोस् --