संस्कृति

नवरात्र पर्व र तलेजु मेला

 विजयादशमी धुमधामका साथ मनाइन्छ । यसलाई नारीशक्तिको पूजा हुने महान् पर्वका रूपमा लिइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यो पर्व मनाइन्छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयका रूपमा यो पर्व मनाउन थालिएको हो । भगवान् रामले रावणलाई युद्धमा पराजय गरी विजय प्राप्त गरेकाले नै यो पर्वलाई विजयादशमी भनिएको हो । त्यस्तै, देवीभागवतमा उल्लेख भएअनुसार दुर्गामाताले शुम्भ–निशुम्भलगायतका असुरमाथि विजय प्राप्त गरेका कारणले यो पर्व शक्ति उपासनाका रूपमा मनाउँदै आइएको भन्न सकिन्छ । विजयादशमीको पहिलो दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मका नौ दिनलाई नवरात्र भनिन्छ । यस अवसरमा विभिन्न देवीका मठमन्दिरमा पूजा गर्न भक्तजनको घुइँचो लाग्छ । यो अवधिमा पूजा गरिने देवीलाई नवदुर्गा भनिन्छ । नवरात्रमा नवदुर्गाका आ–आफ्नै विशेषता रहेका छन् । यो अवधिमा दुर्गाका विविध स्वरूपको पूजा हुन्छ । ती हुन्–शैलपुत्री, ब्र≈मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । नौ दिन भगवती दुर्गाका स्वरूपको आराधना गर्दै यो नवरात्र पर्व मनाइन्छ । यस अवसरमा देवी दक्षिणकाली, भद्रकाली, नरदेवी, शोभा भगवती, गुह्येश्वरी, पलाञ्चोक भगवती, छिन्नमस्ता, सखडामाई, गढीमाई, मनकामना, भैरवीलगायत मुलुकका थुप्रै शक्तिपीठमा पूजा गर्न मानिसको बाक्लै उपस्थिति देखिन्छ । त्यस्तै यस पर्वका अवसरमा विभिन्न शक्तिपीठमा वर्षको एक दिन मात्र मेला लाग्छ । त्यसरी वर्षमा एक दिनमात्र मेला लाग्ने मन्दिरमध्येको एक हो काठमाडौं हनुमान ढोकास्थित तलेजु भवानी मन्दिर । जुन मन्दिर विश्व सम्पदा सूचीमा समावेश छ । यसलाई अति आकर्षक र प्राचीन मन्दिरमध्ये एक मानिन्छ । तुलजा भवानीको मन्दिरमा वर्षको एकदिन अर्थात् दसैंको नवमीको दिनमात्र सर्वसाधारण भक्तजनहरूका लागि खुल्ला गरिन्छ । नवमीका दिन यहाँ तुलजा भवानीको पूजा र दर्शन गर्न टाढाटाढाबाट थुप्रै मानिस आउँछन् । तुलजा भवानीलाई मातृशक्तिका रूपमा परम्परादेखि पूजा गर्दै आएको पाइन्छ । तुलजा भवानीलाई पूजा गर्ने परम्परा मल्लकालदेखि नै भएको तथ्य इतिहासमा पाइन्छ । प्रायः नेवारी सम्प्रदायले तुलजा भवानीलाई इष्टदेवीका रूपमा पूजा गर्ने गरेको पाइन्छ । तुलजालाई तलेजु, तलेजी, तुर्जा आदि नामले पूजा गरिन्छ । तुलजा भवानीको पूजा परम्परा स्वदेशमा मात्र नभएर विदेशमा समेत रहेको छ । काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर, कीर्तिपुर, साँखु, फर्पिङ, चापागाउँ, ठिमीबाहेक नाला, बनेपा, पनौती, दोलखा आदि सहरमा तुलजा भवानीका मन्दिर छन् । त्यसका अलावा भारतको हैदरावादको तुलजापुर र तिब्बतको भाखौरमा पनि तुलजा भवानीको मन्दिर छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् । उनी सिम्रौनगढका राजा थिए । त्यतिबेला अर्थात् सन् १३२५ मा भारतीय मुसलमान शासक गयासुद्दीनले सिम्रौनगढमाथि आक्रमण गर्दा हरिहरसिंह तुलजा भवानीलाई लिएर भक्तपुर आइपुगेका थिए । भक्तपुरमा तुलजा भवानीको मन्दिर स्थापना गरेपछि काठमाडौ र ललितपुरमा पनि मन्दिर स्थापना गर्ने क्रम बढ्दै गयो । काठमाडौंमा तुलजा भवानीको मन्दिर स्थापना गर्ने राजा रत्न मल्ल हुन् । प्रारम्भमा मल्ल राजाले तुलजा भवानीलाई कुलदेवीका रूपमा पूजा गर्ने गरेको पाइन्छ । नेपाल एकीकरणपछि शाहवंशका राजाहरूले पनि तुलजा भवानीलाई इष्टदेवीका रूपमा पूजा गर्न थाले ।काठमाडौंमा तलेजु मन्दिरमा पर्व विशेष, दैनिक र वार्षिक गरी तीन प्रकारले परम्परागत पूजा गरिन्छ । यी सबै पूजागुठी संस्थानबाट नै सञ्चालित हुन्छन् । बडादसैंको अष्टमी र नवमीका दिन तुलजा भवानीको भव्य रूपमा पूजा गरिन्छ । यस अवसरमा तलेजु भवानीलाई बली चढाएर कालरात्रि पूजा गरिन्छ । अनि सर्वसाधारण भक्तजनलाई पूजाका लागि नवमीका दिन एक दिनमात्र सार्वजनिक रूफमा खुल्ला गरिन्छ ।saraswati851217@gmail.com

सरस्वती ढुंगाना, आश्विन ९, २०७९

-- पुरै पढ्नुहोस् --

‘तीज सौभाग्यवतीको मात्रै भन्ने प्रथालाई चिर्नुपर्छ’

तीजले धर्म, संस्कृति र प्रथाका नाममा सधवा र एकल महिलाबीच विभेद सिर्जना गरेको छ । तीजको व्रत बसेर पार्वतीले महादेव श्रीमान् पाएको भनिएको छ तर धर्मले श्रीमान् पाउन मात्रै व्रत बस्ने वा तीज मनाउने तथ्य कहीँ–कतै उल्लेख गरेको छैन

लिली थापा, महिला अधिकारकर्मीभाद्र १३, २०७९

-- पुरै पढ्नुहोस् --

सप्त रंगी होलीको एउटै रंग 

सामूहिक रूपमा मिलीजुली खेलिने यो पर्वले देश र समाजमा सद्भाव र भाइचारको सन्देश दिन्छ ।

दिनेश यादव, चैत्र ३, २०७८

-- पुरै पढ्नुहोस् --

पनौतीको बाह्र वर्षे मेला

काभ्रेस्थित पनौतीमा हरेक बाह्र वर्षपछि माघमा मकर मेला लाग्छ । यो मेलालाई बाह्र वर्षे मकर मेला भनेर पनि चिनिन्छ । मेला एक महिनासम्म चल्छ । माघे संक्रान्ति/मकर संक्रान्तिको दिनबाट यो सुरु हुन्छ । 

जेरार्ड टफिन, फाल्गुन १, २०७८

-- पुरै पढ्नुहोस् --

सुकराति र स्वन्ति 

नेपालीहरूका लागि दसैंपछिको दोस्रो ठूलो पर्व तिहार हो । तिहारलाई यमपञ्चक पर्वका रूपमा धेरैले पाँच दिनसम्म मनाउँछन् ।

दिनेश यादव, कार्तिक १५, २०७८

-- पुरै पढ्नुहोस् --

दिदी र बहिनीबीच टीका

तिहार विशेष गरी दिदीबहिनी र दाजुभाइको सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा मनाइन्छ । यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ ।

 प्रकृति दाहाल , कार्तिक १४, २०७८

-- पुरै पढ्नुहोस् --

दसैंका देवी मन्दिर

नौरथा लागेपछि विभिन्न शक्तिपीठमा शक्तिको पूजाआजा गर्ने क्रम सुरु हुन्छ ।

नारी संवाददाता , आश्विन २०, २०७८

-- पुरै पढ्नुहोस् --

गोसाइँकुण्ड

रसुवाको लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड समुद्री सतहबाट ४३८० मिटर उचाइमा छ ।

प्रकाशचन्द्र तिमिल्सेना, आश्विन १, २०७८

-- पुरै पढ्नुहोस् --

धर्मको मर्म

बेलाबेलामा अरू साथीहरूलाई पनि विद्यालय आउँदा के हुन्छ ? भन्दा उनीहरू अरूले थाहा नपाए पनि देउताले थाहा पाइहाल्छन् भन्थे ।

लक्ष्मी भण्डारी, श्रावण ४, २०७८

-- पुरै पढ्नुहोस् --

पवित्र साउन

असार र साउनमा पनि पर्न सक्छन् । दिन गणनाको हिसाबले चार महिना हुने भएकाले यसलाई चतुर्मास भनिन्छ । चतुर्माससम्म खानपानमा विशेष ध्यान पुर्‍याई व्रत, पूजा गर्ने भक्तजनहरूलाई आध्यात्मिक र भौतिक लाभ हुने विश्वास गरिन्छ ।

प्रा.डा. वीणा पौड्याल, श्रावण ४, २०७८

-- पुरै पढ्नुहोस् --

स्वस्थानी व्रत

श्रीस्वस्थानी माधवनारायण व्रत गत माघ १५ गते (बिहीबार) देखि विधिवत् रूपमा सुरु भएको छ ।

अंगद ढकाल, फाल्गुन ४, २०७७

-- पुरै पढ्नुहोस् --