पुरुष

थिएटरका ‘जादुगर’ बने अभिनेता 

नाजिर हुसेन रंगमञ्चबाट उदाएका अभिनेता हुन् । थिएटरमा अभिनयको ‘जादुगर’ उपनाम पाएका उनले ठूलो पर्दादेखि म्युजिक भिडियोमा पनि उत्तिकै सफलता हासिल गरिरहेका छन् । बाल्यकालदेखि नै संघर्ष गर्दै आएका उनी आफूले गर्ने काम र मेहनतका आधारमा दर्शकहरूको मन जितेको बताउँछन् । बाल्यकालबारास्थित स्याउली चोकमा ऐलानी जग्गामा बनेको खरको घर । न परिवारको नाममा आफ्नो जग्गा थियो । न त आर्थिक अवस्था नै राम्रो । परिवारका कान्छा छोरा नाजिरको बाल्यकाल अभाव र संघर्षमै बित्यो । आफ्नो पढाइ खर्च जुटाउन उनी कहिले धान काट्न पुगे, कहिले फर्निचरमा काम गरे, आमासँग बसेर ढकिया पनि बुने । आमा स्वास्थ्यचौकीमा काम गर्थिन् । यति मात्रै होइन पैसा जुटाउन उनी खोला किनारमा ढुंगा बटुलेर बेच्थे । त्यसैले बाल्यकालमा उनका सीमित साथी मात्रै थिए । लज्जालु स्वभावका उनी पढ्नमा भने तेजिला थिए । नाच्न असाध्यै रुचाउँथे । बाल्यकालदेखि नै उनलाई कम्मर मर्काएर नाच्न मन पर्थ्यो । रेडियो बजाएर कोठाभित्र नाचेका थुप्रै सम्झना छन् उनीसँग । उनले भने, ‘म एकदमै लज्जालु स्वभावको थिएँ, कोठामा एक्लै नाच्थें ।’थिएटरमा प्रवेशप्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी शिक्षक बन्न पुगे । आफैले पढेको विद्यालयमा पठाउन थाले । उनी सडक नाटक पनि खेल्थे । विद्यालयको खाली समयमा पत्रिका पनि हेर्थे । त्यसबेला कला र शैली स्तम्भ उनलाई खुब मन पर्‍यो । उनले भने, ‘त्यतिबेला कला र शैली पेज नछुटाई पढ्थें ।’ संयोगवश एकदिन विद्यालयमा राजन खतिवडा नाटक लिएर आइपुगे । त्यतिबेला खतिवडा थिएटरमा नै आबद्ध थिए । यही क्रममा नेदरल्यान्डको एउटा टोलीले कन्टेम्प्रोररी डान्स वर्कसप गराउन लागेको उनले थाहा पाए । डान्समा भाग लिन उनी काठमाडौं हान्निए । घरमा आफ्नै तालमा नाचिरहने उनी राजधानी पुगेर नाच्दा नौलो अनुभव गरे । पछि नाटकको हुटहुटीले उनी मण्डला खोज्दै पुगे । उनले दरबार स्क्वायरमा ‘चरनदास चोर’ मा गेटपालेको सानो भूमिका पाए । सडक नाटक हुँदै उनी ‘सुनकेशरी’ नाटकमार्फत मण्डला छिरे । अभिनय निखार्ने उद्देश्यले उनी मण्डलामै बस्न थाले । उनी नाटक गर्थे तर पैसा भने थिएन । उनले रेडियो नाटकमार्फत पैसा कमाउँथे । नाटक सिक्ने हुटहुटीले थिएटरमै करियर बनाउने सोच बनाएका उनले ‘डिग्री माइला’, ‘बुद्धवाणी’, ‘एप्सन ल्याप’, ‘स्वप्न महल’ लगायतका नाटकहरूमा अभिनय गरे । कलाकारलाई सीमित घेरामा नराखौंथिएटरबाट उदाएका उनी थिएटरमै सीमित रहेनन् । ठूलो पर्दामा पनि उत्तिकै सक्रिय भए । उनले ‘होस्टल रिटर्न’, ‘पुन्टे परेड’, ‘जंगे’, ‘गाँठो’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । उनी थिएटर, चलचित्र हुँदै पछिल्लो समय म्युजिक भिडियोमा पनि व्यस्त छन् । उनलाई केही फरक काम र अनुभव बटुल्न मन लाग्छ । तर, त्यसका लागि धैर्य गर्नुपर्ने उनी बताउँछन् । ‘हरेक कलाकारमा धैर्य आवश्यक हुन्छ’ उनले भने, ‘एउटा कलाकार सीमित घेरामा बस्नु हुँदैन । कलाकारहरू दर्शकहरूको सन्दर्भमा लोभी हुन्छन्, त्यसकारण पनि दर्शकहरूसँग देखिरहन मन पराउँछन् ।’ कलाकार भएर हरेक कुराको जानकारी हुनुपर्ने र स्वतन्त्र भएर काम गर्ने वातावरण हुनुपर्ने उनको भनाइ छ । साहित्यमा रुचिनाजिरले साहित्यमा पनि उत्तिकै रुचि राख्छन् । पछिल्लो समय उनी कविता कोर्न व्यस्त छन् । उनको यो फरक क्षमतालाई लकडाउनले उजागर गरिदियो । सोसल मिडियादेखि अन्य मिडियाहरूमा उनको यो खुबीको चर्चा हुन थालेको छ । जानेर लेखेको भन्दा घटनाहरू शब्दमा उतार्ने गरेको उनले बताए । ‘घटनाहरूलाई नै मैले शब्दमा उतार्छु’ नाजिरले भने । हुन त उनको साहित्यप्रतिको रुचि बाल्यकालबाटै हो । उनले भने, ‘सानैदेखि कविताहरू लेख्थें, तर अहिले सोसल मिडियामार्फत उजागर गर्ने मौका पाएँ ।’कामले नै सफलताआफ्नै संघर्षबाट उनी एक स्थापित कलाकारका रूपमा आफूलाई चिनाइसकेका छन् । उनले भने, ‘दर्शकले हेर्ने भनेको काम हो, काम र परिश्रमले नै मानिसलाई सफलताको बाटोमा डोर्‍याउँछ ।’ नाजिरका अनुसार कलाकारले बोलीले भन्दा पनि काममार्फत अब्बल देखिने प्रयास गर्नुपर्छ ।

प्रकृति दाहाल, फाल्गुन १०, २०७८

-- पुरै पढ्नुहोस् --

मन्चिन शाक्य, मोडल

अहिले केमा व्यस्त हुनुहुन्छ ?नयाँ प्रोजेक्टमा काम गरिरहेको छु । यसको खुलासा चाहिँ नगरौं होला ?

नारी संवाददाता , माघ २८, २०७८

-- पुरै पढ्नुहोस् --

‘खेलाडीलाई राष्ट्रिय सम्मान जरुरी’ 

किरणले राष्ट्रिय टिममा खेल्न थालेको चौध वर्ष पुगिसकेको छ । उनी जहाँ खेल्न जान्छन् किरण चेम्जोङभन्दा अघि नेपालको नाम आउँछ जसलाई उनी आफूले राष्ट्र र समाजलाई दिन सकेको सानो योगदान ठान्छन् । राष्ट्रिय फुटबल टिमबाट ७९ वटा गेम खेलिसकेका किरणले खेलेका अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल धेरै छन् ।

नारी संवाददाता , मंसिर १२, २०७८

-- पुरै पढ्नुहोस् --

‘संस्कृतिले भेदभाव नगरोस्’

महिलाले पतिव्रताको सीमा नाघे कडा सजायको त्रास देखाइयो, पतिप्रति मात्रै वफादार बन्न बाध्य पारियो ।

लक्ष्मी भण्डारी, कार्तिक ९, २०७८

-- पुरै पढ्नुहोस् --

विपद्विद् सुबोध

घर चलाउन जस्तोसुकै दुःख र जोखिम मोल्न पनि पछाडि नपर्ने स्वभावका कारण महिलाहरू तुलनात्मक रूपमा विपद्मा बढी पर्ने गरेका हुन् ।’

नारी संवाददाता , श्रावण ८, २०७८

-- पुरै पढ्नुहोस् --

हिउँचितुवाको गोठालो

उपल्लो मुस्ताङको डी गाउँमा भेंडा–बाख्रा चराउन जाँदा हिउँचितुवासँग कुस्ती खेल्ने ठिटोले पाँच वर्षको उमेरमै टुप्पी काटेर गुफाबाट शिक्षा सुरु गरेका थिए ।

लक्ष्मी भण्डारी, जेष्ठ ९, २०७८

-- पुरै पढ्नुहोस् --

संघर्षशील प्रकाश

‘म गायक नै भनेर चिनिएको मनपर्छ, किनभने म एकदमै दुःख गरेर गायक बनेको हुँ ।’

प्रकृति दाहाल , वैशाख ८, २०७८

-- पुरै पढ्नुहोस् --

बहुप्रतिभाशाली चिकित्सक

डा. अनिल भन्छन्, ‘मेरो यो रुचि अहिले घर–समाज दुवैका लागि उचित रूपमा प्रयोग भएको छ ।’

प्रकृति दाहाल, फाल्गुन ४, २०७७

-- पुरै पढ्नुहोस् --

महान् महावीर

केन्द्रले भेन्टिलेटर, आइसियु मर्मत र बनाउनेदेखि पीपीई समेत उपलब्ध गराइरहेको छ । केन्द्रमा दैनिक करिब चार सय पीपीई उत्पादन हुन्छ । महावीर शिक्षक र समाजसेवीका साथै युवा वैज्ञानिकका रूपमा संसारभरि परिचित छन् ।

प्रकृति दाहाल , माघ ९, २०७७

-- पुरै पढ्नुहोस् --

प्रताप दासको रोजाइ

आफूले गाएको गीत ...: फूल होइन ।

नारी संवाददाता , माघ ८, २०७७

-- पुरै पढ्नुहोस् --

लकडाउन युवापुस्तालाई बुझ्ने मौका पनि भयो

मेसिन जस्तै दगुरेको जीवनमा आफ्नो लागि समय नै हुदैंन थियो । यो समय आफुले आफुलाई ध्यान दिने अवसर पनि हो जस्तो उनी ठान्छन् । आफ्नो कपाल सेतो भइसकेको उनलाई पत्तो नै थिएन, अनुहारमा डार्क सर्कल पनि यादै थिएन ।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख २१, २०७७

-- पुरै पढ्नुहोस् --