समाचार

भूमिकालाई अमेरिकी सम्मान

अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार यो वर्ष नेपाली एलजीबीटीक्युआई अभियन्ता भूमिका श्रेष्ठलाई प्रदान गरिएको छ । अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले उनलाई जेठ पहिलो साता काठमाडौं आयोजित उक्त पुरस्कार हस्तान्तरण गरिन । पुरस्कार भूमिकाद्वारा मानव अधिकार र लोकतन्त्रको उत्थानमा निरन्तर वकालत गरे वापत उनलाई पुरस्कार प्रदान गरिएको हो ।नेपालीले उक्त पुरस्कार लगातार दोश्रो वर्ष जित्न सफल भएको हो। गत वर्ष नेपालमा हुने एसिड आक्रमण विरूद्धको अभियानका लागि मुस्कान खातुनलाई यो पुरस्कार प्रदान गरिएको थियो । 

नारी संवाददाता , जेष्ठ ८, २०७९

-- पुरै पढ्नुहोस् --

मच्छिन्द्रनाथको रथ यात्रा  

काठमाडौं उपत्यकामा रातो मच्छिन्द्रनाथको रथयात्रामा उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति छ । यस क्रममा रथारोहण गरेको चार दिनपछि रथ तान्न सुरु हुन्छ ।

नारी संवाददाता , जेष्ठ ३, २०७९

-- पुरै पढ्नुहोस् --

कञ्चनजंघामा पूर्णिमा

फोटोपत्रकार पूर्णिमा श्रेष्ठ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा चढ्न सफल भएकी छन् ।

नारी संवाददाता , जेष्ठ ३, २०७९

-- पुरै पढ्नुहोस् --

पासाङ ल्हामु प्रतिष्ठानद्वारा छात्रवृत्ति

पासाङ ल्हामु शेर्पा प्रतिष्ठानले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । पासाङ ल्हामुको २९ औं स्मृति दिवसमा स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले पासाङ ल्हामु मेमोरियल कलेजमा अध्ययनरत १० विद्यार्थीलाई ‘टेन्डी शेर्पा छात्रवृत्ति’ प्रदान गरेकी हुन् ।

नारी संवाददाता , वैशाख २३, २०७९

-- पुरै पढ्नुहोस् --

बालविवाह रोकथाम अभियान

विश्व कीर्तिमानी, सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियान थालेकी छन् ।

नारी संवाददाता , वैशाख २०, २०७९

-- पुरै पढ्नुहोस् --

साहित्यमा लैंगिकता र सांस्कृतिक पत्रकारितासम्बन्धी कार्यक्रम

नारी दिवसको अवसरमा महिला ‘विभेदविरुद्ध बोलौं, पूर्वाग्रह तोडौं’ नाराका साथ साहित्य तथा सांस्कृतिक पत्रकारितासम्बन्धी कार्यक्रम सम्पन्न भयो ।

नारी संवाददाता , चैत्र ४, २०७८

-- पुरै पढ्नुहोस् --

महिला बक्सिङ

महिला दिवसमा काठमाडौंस्थित ठमेलमा ‘महिला बक्सिङ’ खेलको आयोजना गरियो । एलओडी क्लब, बक्समान्डु जिम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा उक्त खेलको आयोजना गरिएको हो ।

नारी संवाददाता , चैत्र ४, २०७८

-- पुरै पढ्नुहोस् --

‘महिला हिंसा अन्त्य गरौं’

‘मेरो पाठेघर, मेरो शक्ति’, ‘मेरो आत्मनिर्भरता नै मेरो हिंसाविरुद्ध बोल्ने अधिकार’

नारी संवाददाता , पुस २, २०७८

-- पुरै पढ्नुहोस् --

पोलिने घटनाबाट बच्ने उपाय 

आगो, तातोपानी र तातो पदार्थबाट बालबालिकालाई टाढै राख्ने ।

मंसिर १९, २०७८

-- पुरै पढ्नुहोस् --

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ

फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब) को अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छिन् ।

नारी संवाददाता , आश्विन १०, २०७८

-- पुरै पढ्नुहोस् --

कुँवर र खड्काको पुस्तक ‘शल्यक्रिया’ को विमोचन

सञ्चारकर्मी लोग्शरी कुँवर र सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’ को भदौ २८ गते विमोचन गरिएको छ ।

नारी संवाददाता , भाद्र ३१, २०७८

-- पुरै पढ्नुहोस् --