घर

बहुउपयोगी बाँस

सजावटमा प्रयोग हुने हरेक सामग्री र पक्षको उत्कृष्ट समायोजन र व्यवस्थापन हुनुपर्छ । यसबाट घर, कार्यालय र कोठा आकर्षक र मनमोहक बन्छ । आन्तरिक सजावटमा त सामग्री समायोजनको झनै महत्त्वपूर्ण भूमिका हुन्छ । फ्लोरिङ र फर्निसिङदेखि ठाउँ व्यवस्थापन र कोठामा राखिएका हरेक वस्तु यसमा समेटिने गरिन्छ । आन्तरिक सजावटमा बाँसलाई पनि प्रयोगमा ल्याइन्छ ।उष्ण प्रदेशीय क्षेत्रमा सर्वसुलभ उपलब्ध हुने बाँस भवन निर्माण सामग्रीका रूपमा सर्वप्रथम डिजाइनरले फ्लोरिङमा छनोट गरेका थिए । पछिल्लो समय होम डेकोर सामग्रीका रूपमा पनि यसको प्रचलन बढ्दो छ । यसको प्राकृतिक रङले पनि आन्तरिक सजावटमा साधारण तर छुट्टै किसिमको आकर्षक प्रभाव पारेको हुन्छ ।आन्तरिक सजावटमा बाँसको प्रभावकारी प्रयोग हुनुका कारण यो दिगो, टिकाउ र सजिलै उपलब्ध हुनु नै हो । आधुनिकता झल्काउनु यसको अर्को महत्त्वपूर्ण पक्ष हो । त्यसैले आन्तरिक सजावट, विशेषगरी फ्लोरिङमा बाँसको लोकप्रियता बढेको छ । यसो त प्राचीनकालदेखि नै बाँसलाई बहुउपयोगी फ्लोरिङका रूपमा प्रयोग गरिँदै आएको हो । पर्यावरण र वातावरणीय कारणले पनि यो लाभदायक छ । तातोमा तन्किने र चिसोमा खुम्चने डर पनि बाँसको फ्लोरिङमा छैन । त्यस्तै, वातावरणीय परिवर्तनसँगै जाडोमा धेरै चिसो र गर्मीमा धेरै तात्ने चिन्ता पनि यसमा रहँदैन । अझ भूकम्पको खतरा रहेको क्षेत्रमा बाँसको फ्लोरिङ गर्नु बुद्धिमानी मानिन्छ ।बाँसको फर्निचर पनि आन्तरिक सजावटमा प्रयोग गरिन्छ । बेडमा बाँसको प्रयोगले बेडरुमलाई अलिक भिन्न देखाउन सकिन्छ । पूरै बेडका लागि बाँसको प्रयोग गर्न नसकिए पनि काठको बेडमा बाँसको हेडबोर्ड राखेर कोठामा सजिलै केही फरकपन दिन सकिन्छ । यसैगरी, बाँसका प्यानलहरूको वाल डेकोरेसनले पनि कोठालाई आधुनिक डिजाइनको प्रतिबिम्ब दिएको आभास हुन्छ । कोठामा रहेका पिलरहरूमा बाँसले डेकोरेट गरी वा बाँसकै पिलर राखेर कोठालाई थप निखार्न सकिन्छ । त्यस्तै, कोठाको कुनै भागमा बाँसको बोटबिरुवा राखेर पनि आकर्षक बनाउन सकिन्छ । विशेष हेरचार गर्नु नपर्ने र जहाँ पनि सजिलै हुर्कने बोटमध्येको एक हो, बाँस । त्यसैले भवनभित्रको सानो ठाउँमा बाँसको इन्डोर गार्डेन पनि बनाउन सकिन्छ । अरू बोटबिरुवाको तुलनामा कार्बनडाइअक्साइड बढी सोस्ने र अक्सिजन बढी फाल्ने भएकाले पनि बाँसको बोटको महत्त्व धेरै छ । यति मात्रै होइन, वास्तुशास्त्र वा फेंगसुइमा पनि बाँसको महत्त्व उस्तै छ । पूर्वी दिशामा बाँस राख्नाले परिवार स्वस्थ रहनुका साथै परिवारमा खुसियाली छाउँछ । दक्षिण पूर्वी दिशामा राख्नाले परिवारमा समृद्धि ल्याउने विश्वास छ । घरमा बाँस राख्नाले घरभित्र सकारात्मक ऊर्जा उत्पन्न हुने जनविश्वास पनि छ । यति धेरै महत्त्व बोकेको, सजिलै बढ्ने र हुर्कने बाँसको प्रयोग गरी भवन र कक्षमा साधारण तर आकर्षक र मनमोहक सजावट गर्न सकिन्छ ।(खड्का आकिैटेक्ट हुन् । )

लक्ष्मी खड्का, वैशाख ७, २०७९

-- पुरै पढ्नुहोस् --

व्यवस्थित भान्सा

पर्याप्त प्रकाश पर्ने ठाउँमा भान्सा डिजाइन गर्नुपर्छ । प्राकृतिक र अप्रत्यक्ष दुवै प्रकाश आवश्यक हुन्छ । प्राकृतिक प्रकाशका लागि झ्यालको डिजाइन गर्नुपर्छ ।

नारी संवाददाता , चैत्र २२, २०७८

-- पुरै पढ्नुहोस् --

संस्कृतिविद्को श्यामश्वेत शैली

घर त्यो हो जहाँ मन बस्छ, मन त्यहाँ बस्छ जहाँ आत्मालाई शान्ति मिल्छ ।

नारी संवाददाता , माघ १४, २०७८

-- पुरै पढ्नुहोस् --

न्यानो घर

मौसमअनुसार फेब्रिकको छनोट जरुरी हुन्छ । यो मौसममा पर्दा, बेडसिट, कुसन कभर आदि बाक्ला फेब्रिकको हुनुपर्छ ।

नारी संवाददाता , पुस ११, २०७८

-- पुरै पढ्नुहोस् --

सानो क्षेत्रफल, चिटिक्कको घर 

हुन त थोरै जग्गामा घर बनाउँदा सबै कोठामा पर्याप्त घाम पुर्‍याउन नसकिएला । तरपनि सकेसम्म घाम लाग्ने र ताजा हावा खेल्ने गरी बनाउने प्रयास गर्नुपर्छ ।

नारी संवाददाता , मंसिर १५, २०७८

-- पुरै पढ्नुहोस् --

सजावटमा वालपेपर

बजारमा विभिन्न डिजाइन एवं रंगमायी उपलब्ध छन् । मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ ।

नारी संवाददाता , कार्तिक ८, २०७८

-- पुरै पढ्नुहोस् --

बैठक कोठा ठूलो देखाउन

बैठक कोठामा सोफासँगै एक साइडमा कुर्सी राख्नुपर्छ । ब्याक रेस्ट वा आर्म चियर, रकिङ चियर वा पुरानो मेटलको चियरलाई बैठक कोठाको हिस्सा बनाउनुपर्छ ।

नारी संवाददाता , आश्विन ८, २०७८

-- पुरै पढ्नुहोस् --

पुराना सामग्रीको पुनः प्रयोग

घरमा भएका पत्रिका वा म्याग्जिनबाट भास, पेन्सिल होल्डर, फोटो फ्रेम, बास्केट आदि बनाउन सकिन्छ । यसलाई रंग गर्‍यो भने अझ आकर्षक देखिन्छ ।

सुजाता मुखिया, श्रावण १३, २०७८

-- पुरै पढ्नुहोस् --

घरबाटै नयाँ वर्षको स्वागत

वास्तुशास्त्र र फेंगसुईमा पनि घर र आफूले काम गर्ने ठाउँलाई सफा गरी अनावश्यक चीजहरूबाट मुक्त गरायौं भने घरमा सुख, शान्ति र समृद्धि ल्याउँछ, नयाँ उर्जाको विकास गर्छ भनेर उल्लेख छ ।

नारी संवाददाता , वैशाख ८, २०७८

-- पुरै पढ्नुहोस् --

निर्माणमा निगरानी

निर्माण गर्दा प्राविधिक कुन कुरा पुगेको छ/छैन, निर्माण सामग्रीको गुणस्तर कस्तो छ भनेर हेर्नुपर्छ ।

नारी संवाददाता , चैत्र ११, २०७७

-- पुरै पढ्नुहोस् --

घरलाई न्यानो कसरी राख्ने ?

कुनैपनि व्यक्तिका लागि जीवनभरिको पुँजी हो, घर । आफ्नो घर अर्थात् वासस्थानसँग सबैको भावनात्मक सम्बन्ध गाँसिएकै हुन्छ । त्यसैले घर र वरपरको वातावरण स्वच्छ, सफा र स्वस्थ हुन जरुरी छ ।

लक्ष्मी खड्का, आर्किटेक्टपुस ८, २०७७

-- पुरै पढ्नुहोस् --