स्वास्थ्य

छालाको स्याहार नै गलत छ  

गर्मीको मौसममा चर्को घाम लाग्छ । यसमा हुने अल्ट्राभायोलेट (युभी) ‘ए’ किरणले छालामा एलर्जी गराउँछ भने ‘बी’ ले छाला डढाउँछ । कपडाले नढाकेको भागमा घामले डढ्ने सम्भावना बढी हुन्छ । यसले छालामा विभिन्न समस्या निम्त्याउन सक्छ । पछिल्लो समय महिलामा चायाँपोतो आउने, डण्डिफोर, चाउरीपना, डार्क सर्कल जस्ता समस्या देखिन्छन् । यसबाट बच्न छालाको उचित हेरचाह जरुरी छ । सौन्दर्य चेतनाको कमीहामीले जथाभावी सौन्दर्य प्रसाधनको प्रयोग गर्दा छालाको प्राकृतिक चमक गुमाइरहेका छौं । कम गुणस्तरका प्रसाधनले छालालाई बेफाइदा गर्छ । अनुहार सफा गर्न प्रयोग गरिने फेसवास, क्लिन्जर र सिरमले छालालाई पातलो र संवेदनशील बनाइदिन्छ । यसले अनुहारमा चाउरीपन ल्याउँछ । गुणस्तरीय सिरमले अनुहारलाई फाइदा गरेपनि नेपाली बजारमा पाइने सबै सौन्दर्य प्रसाधन गुणस्तरीय पाइन्नन् । सिरमको प्रयोग लामो समयसम्म गर्नुहुँदैन । रिजल्ट आएपछि यसको प्रयोग बन्द गर्नुपर्छ । छालाले क्रिमको तुलनामा सिरमलाई छिटो सोस्छ । क्रिम ठूला–ठूला कणबाट बन्ने भएकाले विस्तारै सोस्छ । सिरम भनेको ‘अल्ट्रामाइक्रोनाइज्ड’ भएकाले कोषझिल्लीलाई क्षति पुर्‍याउँछ । फेसवास र क्लिन्जरले अनुहार धुनुको सट्टा सफा पानीले धुनुपर्छ । यसो गर्दा छाला ढाकेको पत्र निस्कन्छ र पातलो बन्छ । यसले छालालाई संवेदनशील पनि बनाइदिन्छ । संवेदनशील छाला भनेको छाला पातलो, रातो र सुख्खा हुनु हो । यस्तो छाला घामले डढ्ने सम्भावना बढी हुन्छ ।सनस्क्रिन क्रिम र मोस्चराइजरको सही प्रयोग अनुहारको छालालाई जोगाउन उपयुक्त सनस्क्रिन र मोस्चराइजरको नियमित प्रयोग गर्नुपर्छ । अनुहार र शरीरको खुल्ला भागमा घाममा निस्कनुभन्दा करिब १५ मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ । नाक, कानको छेउ, घाँटी तथा ओठको वरिपरि सनस्क्रिन लगाउन बिर्सन हुन्न । घरमा बस्दा समेत प्रत्येक २–३ घण्टामा लगाउनुपर्छ । सनस्क्रिनको छनोट गर्दा एसपीफ १५ भन्दा माथिको प्रयोग गर्नुपर्छ । यसले घामको सबै रंग (स्प्रेक्टम) लाई रोक्छ । एसपीफले युबी किरणबाट हुने क्षतिलाई पनि रोक्छ । बिहान ८ बजेदेखि ४ बजेसम्मको घामको किरण हानिकारक हुन्छ । एकपटक लगाएको क्रिमले २–३ घण्टासम्म मात्र काम गर्छ । २–२ घण्टाको फरकमा सनस्क्रिन क्रिम लगाउनुपर्छ । तर, यसको मात्रा सही हुनुपर्छ । एकपटकमा आधा चम्चा सनस्क्रिन आवश्यक हुन्छ । मेकअप गर्नुपरेमा मोस्चराइजर र सनस्क्रिन क्रिम लगाएपछि फाउन्डेसन लगाउन सकिन्छ । सनस्क्रिन लगाएको २४ देखि ३६ घण्टाभित्रमा छालामा नयाँ खटिरा वा फोका आए सनस्क्रिनको एलर्जी भएको बुझ्नुपर्छ । छाता र कालो चस्मा छायाँ सानो भएको बेला सकेसम्म घाममा ननिस्केकै राम्रो हुन्छ । घामबाट जोगिन सनस्क्रिनमात्र पर्याप्त हुँदैन । यसले शतप्रतिशत घामबाट छालालाई जोगाउन सकिन्न । घाममा निस्कदा कालो छाता, कालो चस्मा र ह्याट छुटाउनुहुँदैन । कालो छाताले शीतलता प्रदान गर्छ भने चस्माले आँखाको वरिपरि आउन सक्ने चाउरीपनाबाट जोगाउँछ । सही उपचारअरूको अनुहारमा क्रिमले फाइदा गर्‍यो भन्दैमा आफूलाई पनि त्यही क्रिमले राम्रो गर्छ भन्ने हुँदैन । आफ्नो छालाको प्रकृतिअनुसार क्रिमको छनोट गर्नुपर्छ । अनुहारमा जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । इन्टरनेटमा हेरेर वा अरुको पछि लागेर छालाको उपचार गर्नु भनेको छालालाई अझ बिगार्नु हो । इन्टरनेटको प्रयोग जानकारी लिनलाई गर्ने हो, उपचारका लागि होइन । छाला रोग विशेषज्ञको सल्लाहविना सौन्दर्य प्रसाधन प्रयोग गर्नुहुँदैन । डा. धर्मेन्द्र कर्ण(डा.धर्मेन्द्र छाला तथा सौन्दर्य विशेषज्ञ हुन्) 

नारी संवाददाता , आश्विन १६, २०७९

-- पुरै पढ्नुहोस् --

‘आँखामा जलबिन्दु हुनसक्छ’

आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ ।

आश्विन १३, २०७९

-- पुरै पढ्नुहोस् --

महिनावारी र औषधि

दसैं भन्नेबित्तिकै हामी रमाउँछौं । यसका दुई महत्वपूर्ण पक्षलाई सम्झन्छौं । एकातिर खाएर रमाइलो गर्ने र अर्कोतिर भगवतीको पूजा गर्ने तथा प्रसाद र टीका लगाउने चाडका रूपमा लिन्छौं ।

डा. बालकृष्ण साह, आश्विन १३, २०७९

-- पुरै पढ्नुहोस् --

बढ्दो मानसिक समस्या 

कुनै पनि व्यक्तिको बानी–व्यवहार र सोचमा परिवर्तन भई दैनिक कृयाकलापमा खलल आउनु नै मानसिक समस्या हो । मानिसमा देखिने यस्तो अवस्थालाई मानसिक रोग पनि भनिन्छ ।

 लक्ष्मी भण्डारी, भाद्र १७, २०७९

-- पुरै पढ्नुहोस् --

उपवासबाट उपचार

आयुर्वेदमा उपवासको धेरै महत्व छ । आयुर्वेद चिकित्सक पुनेश्वर केशरीका अनुसार यो शरीरलाई हल्का बनाउने विधि हो । ‘हामीले खाएको खाद्यपदार्थ आमाशयमा गएर जम्मा हुन्छ । पचेको खानाबाट धातु र पच्न बाँकी रहेकोबाट अपक्व अर्थात् ‘आमरस’ उत्पादन हुन्छ, जुन एक विषाक्त पदार्थ हो’ उनले भने, ‘हामीले गरेको उपवासले त्यसलाई पचाउँछ ।’ 

 सुजाता मुखिया, भाद्र ५, २०७९

-- पुरै पढ्नुहोस् --

गर्भवती र सुत्केरीको खाना

गर्भवती र सुत्केरीको खाना र पोषणमा बढी ध्यान दिनुपर्छ । यो अवस्थामा कसै–कसैलाई खाना रुच्दैन । अमिलो खान मन लाग्न सक्छ ।

डा. अरुणा उप्रेती, श्रावण १०, २०७९

-- पुरै पढ्नुहोस् --

‘हैजाबाट बच्न सरसफाइमा ध्यान दिऔं’

पछिल्लो समय सहरभरि हैजा (कोलेरा)  फैलिएको छ । ‘भिब्रियो कलेरे’ नामक ब्याक्टेरियाका कारण हैजा रोग लाग्छ । यो झाडापखाला तथा बान्ता गराउने संक्रामक रोग हो । दिसा, खानेकुरा र पानीमार्फत यो रोग सर्छ ।

डा. शेरबहादुर पुन, श्रावण १०, २०७९

-- पुरै पढ्नुहोस् --

अल्सेराइटिस कोलाइटिसबारे जानकारी

इरिटेबल बाउल सिन्डरोमको संक्रमण भएर हाम्रो कोलोन, आन्द्रामा हुने रोग हो, अल्सेराइटिस कोलाइटिस (युसी) । जुन चाहिँ संक्रमण भएपछि साना–साना धर्का, घाउहरू कोलोनको भित्ता, आन्द्रामा हुन्छन् ।

मीरा शाह, असार ३१, २०७९

-- पुरै पढ्नुहोस् --

दूधे दाँतको हेरचाह

कमलादीकी दुई वर्षीया आभ्यानीका अगाडिका दाँत कीराले खाएको छ । उनको जस्तै समस्या धेरै बालबालिकामा पाइन्छ । दूधे दाँतबारे धेरैमा जानकारी अभाव छ । धेरैले यसबारे केही भ्रम पालेर राखेका हुन्छन् ।

डा. रीना शाक्य, जेष्ठ १३, २०७९

-- पुरै पढ्नुहोस् --

ठूलो आन्द्राको क्यान्सर

ठूलो आन्द्राका कोषिकाहरू अनियन्त्रित भई विभाजित हुनु नै ठूलो आन्द्राको क्यान्सर हो । संसारमा क्यान्सरले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ ।

नारी संवाददाता , वैशाख २८, २०७९

-- पुरै पढ्नुहोस् --

रजोनिवृत्तिमा महिलाको भावना 

आखिर किन हो, तिमी त्यसै पनि झर्किरहने ? केही भएको छैन, त्यसै सानातिना कुरामा पनि आवेशमा आइरहन्छ्यौ ।

डा. नम्रता पाण्डे, वैशाख २७, २०७९

-- पुरै पढ्नुहोस् --