मेकओभर

सदाबहार ‘क्याजुअल मेकअप’

गर्मी मौसममा ‘क्याजुअल मेकअप’ लाई सदाबहार मानिन्छ । खासगरी, यो मेकअप बर्थडे–एनिभर्सरी पार्टी, अफिसियल मिटिङका साथै दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ । यो मेकअपमा अनुहारलाई प्राकृतिक लुक्स दिन तैलीय प्रकृतिका सौन्दर्य प्रसाधन प्रयोग गरिन्छ । गोलो अनुहारकी मोडलको फेसलाई चम्किलो देखाउन सर्वप्रथम अनुहारमा क्लिन्जिङ गरी हल्का मोस्चराइजर र प्राइमर प्रयोग गरिन्छ । अनुहारको अन्य भागभन्दा पहिले आँखाको मेकअप गरिने मेकअप आर्टिस्ट रीता सिलवाल बताउँछिन् । यसका लागि सबैभन्दा पहिले आइलिडमा कन्सिलर लगाएर अनुहार सुहाउँदो सेपमा आँखीभौं बनाइन्छ । अनुहार सुहाउँदो आँखीभौंलाई राउन्ड भी आकार दिइन्छ । पहिरनअनुसारको पिंक कलरको आइस्याडोमाथि हल्का पर्पल कलरको सिमर (ग्लिटर) लगाइन्छ । यहाँ गहुँगोरी भिजे तथा मोडल श्रेया कार्कीको बान्की परेको अनुहारमा आइलाइनरको प्रयोगले उनको आँखा झनै आकर्षक देखिएको छ । उनको आँखाको परेला (आइल्यासेस) लामो भएकाले कृत्रिम आइल्यासेस प्रयोग नगरी मस्कारा लगाइएको छ । आँखाको तल्लो भागमा गाजल लगाएर आइस्याडोले ब्लेन्ड गरिएको छ । त्यसभन्दा मुनिको भागमा पुनः कन्सिलर प्रयोग गरी फाउन्डेसन लगाइएको छ । अनुहारको सबै भागमा फाउन्डेसन लगाएपछि लुज पाउडर अर्थात् फेस पाउडर प्रयोग गरिएको छ । अनुहारमा क्रिज लुकाउन लुज पाउडर प्रयोग गरिएको हो । सानो र गोलो अनुहार भएकाले हल्का कन्टोरिङ गरी अनुहारलाई थोरै लाम्चो देखाइएको छ । ग्लो दिनका लागि लाइट अरेन्ज कलरको ब्लस प्रयोग गरिएको छ । उनको नाक अलि थेप्चो भएकाले यसलाई सही सेपमा ढाल्न कन्टोरिङ गरिएको हो, जसले नाकलाई परफेक्ट सेप दिएको छ । नाकको माथिल्लो भागलाई सिल्भर कलरले हाइलाइट गरिएको छ । मेकअप गर्दा आँखाको तल्लो भाग, नाकको उठेको भाग र ओठभन्दा मुनिको गहिरो भागका साथै चिउँडो र निधारमा हल्का हाइलाइट गरिएको छ । सोहीअनुरूप यहाँ हाइलाइटर प्रयोग गरी पूरै अनुहारलाई मनमोहक बनाइएको छ । मोडलको ठूलो ओठलाई थप सुन्दर बनाउन लाइट पिंक कलरको सेपलाइनर लगाएपछि सोही कलरको लिपिस्टिक प्रयोग गरिएको छ । अन्त्यमा मेकअप टिकाउन मेकअप फिक्सरको प्रयोग गरिएको छ । वान लेन्थ केश भएकी श्रेयाको केशलाई लुज कर्ल गरेर खुला छाडिएको छ । मोडल : श्रेया कार्की, भिजे, प्राइम टेलिभिजनमेकअप : रीता सिलवाल, मेकअप आर्टिस्ट, प्लस सलुन, कमलादीतस्बिर : महेश प्रधान

नारी संवाददाता , चैत्र १५, २०७८

-- पुरै पढ्नुहोस् --

पर्वमा मेकअप

मोडलको अनुहारको सेप मिलेकाले कन्ट्रोल धेरै गर्नुपरेन । तर, अनुहारलाई सही सेप दिनका लागि चिकबोन, नाक, घाँटी, निधारमा हल्का कन्ट्रोल गरिएको छ ।

नारी संवाददाता , कार्तिक ११, २०७८

-- पुरै पढ्नुहोस् --

अफिस मेकअप

राम्रो मेकअप भए व्यक्तित्व आकर्षक देखिन्छ ।

नारी संवाददाता , जेष्ठ २१, २०७८

-- पुरै पढ्नुहोस् --

पार्टी मेकअपमा निशा

गहुँगोरो वर्णकी निशा मेकअपपछि निकै सुन्दर देखिएकी छन् । उनको छाला तैलीय भने अनुहारमा डन्डिफोर आएको थियो । ‘स्क्वायर सेप’ को उनको अनुहारलाई ‘ओभल सेप’ दिइएको छ । रातिको मेकअप भएकाले आँखामा कलर स्मोकी गरिएको छ ।

नारी संवाददाता , माघ ११, २०७७

-- पुरै पढ्नुहोस् --

टिनएजरका लागि पार्टी मेकअप

एञ्जलको अनुहार डायमण्ड सेपको भएकाले सुन्दर अनुहारका लागि ओभल सेपमा ल्याउनु जरुरी हुन्छ । उनको आँखा सानो भएकाले स्मोकी आइ नै आकर्षक देखिन्छ । एञ्जलको मेकअप गर्दा क्लिन्जिङ, टोनिङ, मोइस्चराइजर प्रयोग गरी फेस ओयल प्रयोग गर्नुपर्छ ।

नारी संवाददाता , वैशाख ४, २०७६

-- पुरै पढ्नुहोस् --

लङ हेयरमा सुहाउँदो स्टाइल

केशमा एस ब्लन्ड गरेको र ट्रिटमेन्ट नगरिएकाले मायाको केश सुख्खा देखिएको छ । यस्तो केशमा महिनाको दुई पटक ओयल मसाजका साथै स्याम्पुसँगै कन्डिसनर र ट्रिटमेन्ट क्रिम जरुरी हुन्छ । यस्तो सुख्खा र ड्यामेज केशमा कैराटिन ट्रिटमेन्ट अझ लाभदायक हुन्छ ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ, पुस ११, २०७५

-- पुरै पढ्नुहोस् --

स्मार्ट लुक्समा सिर्जना सुब्बा

आइलाइसिस अप्लाइ गरेपछि फेस कट कन्ट्रोर गरेर चिकबोन देखाउन पनि कन्ट्रोर गरिएको छ । सिर्जनाको आँखाको मेकअप डार्क भएकाले उनको लिप मेकअपलाई लाइट नै राखिएको छ । उनको केश प्राकृतिक रूपमै लामो र सिल्की छ । त्यसैले सुब्बाको केशमा भोलुम दिएर नेचुरल वेभ हेयर स्टाइल बनाइएको छ ।

नारी संवाददाता , श्रावण ११, २०७५

-- पुरै पढ्नुहोस् --

टिनएजर पार्टी लुक्स

टिनएजमै छालाको हेरचाह गरिएन भने पछि गएर अनेकन समस्या सिर्जना हुन्छ । आइमेकअपतर्फ क्लासिक लुक्समा क्याट आइ विथ लुक्स फेसनमा छ भने स्मोकी, ग्राफिक्स ब्ल्याक आइ, द रेम्बो कलर आइज पनि लोकप्रिय नै छन् । हाइलाइट र कन्ट्रोल प्रयोग गर्दा उमेरभन्दा परिपक्व देखिन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, फाल्गुन २२, २०७४

-- पुरै पढ्नुहोस् --

प्रियंकाका लागि मेकअप टिप्स

प्राइम कमर्सियल बैंक, चाबहिलमा रिलेसिनसिप म्यानेजरका रूपमा कार्यरत प्रियंका जुम्बा एवं जिम इन्स्ट्रक्टर समेत हुन् ।

नारी संवाददाता , माघ २८, २०७४

-- पुरै पढ्नुहोस् --

सकिलाका लागि मेकअप टिप्स

सकिला डंगोल, शिक्षिका एक दशकदेखि शिक्षण पेसामा आबद्ध सकिला बालबालिकाको विकाससम्बन्धी विभिन्न कार्यक्रममा समेत सक्रिय छिन् ।

नारी संवाददाता , माघ २५, २०७४

-- पुरै पढ्नुहोस् --

नवीनाका लागि मेकअप टिप्स

विद्यार्थीकालमा अनेरास्ववियुको राजनीतिमा सक्रिय नवीना लामा हाल अनेरास्ववियुको अध्यक्ष तथा एमालेबाट प्रस्तावित प्रतिनिधिसभा सदस्य(समानुपातिक तर्फ ) हुन् ।

नारी संवाददाता , माघ २२, २०७४

-- पुरै पढ्नुहोस् --