![]()
अनामनगरकी विमला कार्कीले जाडोमा इलेक्ट्रिक म्याट प्रयोग गर्न थालेको धेरै भयो । जाडोमा यसको प्रयोग गर्न उनलाई सहज लाग्छ । म्याटले बस्न र शरीर तताउन निकै सहज हुने उनले बताइन् । म्याट मात्र होइन उनको घरमा जाडोमा उपयोगी हुने पानी तताउने र घरलाई न्यानो बनाउने विद्युतीय उपकरणहरू पनि छन् । इलेक्ट्रिक सामानहरूमा उनले बाल्ट्रा कम्पनीका सामानहरू प्रयोग गर्छिन् । उक्त ब्रान्डको सर्भिसका कारणले आफूले प्रयोग गर्ने गरेको बताइन् । उनले भनिन्, ‘इलेक्ट्रिक सामान किन्दा कम्पनी पनि हेर्नुपर्ने हुन्छ, जुन कम्पनीको सेवा–सुविधा राम्रो छ त्यही प्रयोग गर्नुपर्छ ।’कीर्तिपुरकी रमिला शर्माले पनि ब्रान्ड हेरेरै इलेक्ट्रिक सामानहरू खरिद गर्छिन् । उनले लामो समयदेखि ‘होम ग्लोरी’ का सामानहरू प्रयोग गर्दै आएकी छन् । उनले पनि जाडो मौसममा घरायसी काममा प्रयोग हुनेदेखि हिटरसम्म चलाउने गर्छिन् । कम्पनीले वारेन्टी–ग्यारेन्टीदेखि सर्भिससम्म हेर्नुपर्ने उनको भनाइ छ । विमला र रमिलाले जस्तै चिसो मौसममा हरेकका घरमा इलेक्ट्रिक सामान प्रयोग गर्दै आएका छन् । ग्राहकहरूको आवश्यकता र मागअनुसार बजारमा विभिन्न ब्रान्डहरूले विद्युतीय सामग्री उपलब्ध गराउँदै आएका छन् ।जाडोमा बढी प्रयोग हुने इलेक्ट्रिक कित्लीदेखि गिजरसम्मका उपकरणहरू बजारमा उपलब्ध छन् । जाडो सुरु भएसँगै यी उपकरणहरूको माग ह्वात्तै बढ्छ । खासगरी गिजर खरिद गर्नेहरू बढी हुन्छन् । पछिल्लो समय लोडसेडिङ कम हुने हुँदा ग्यास गिजरको तुलनामा इलेक्ट्रिक गिजरको माग बजारमा धेरै छ । व्यापारीहरूका अनुसार १० हजार रुपैयाँको हाराहारीमा गिजर खरिद गर्न सकिन्छ । यसैगरी, पानी तातो राख्न प्रयोग हुने ‘भ्याकुम फ्लास्क’ को माग पनि उस्तै छ । यो सामान्यतः पाँच सयदेखि २५ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । पानी तताउन धेरैले इलेक्ट्रिक कित्लीको प्रयोग गर्छन् भने कोठा न्यानो बनाउन हेलोजिन हिटर प्रयोग गर्छन् ।विद्युतीय उपकरणहरू बिक्री गर्दै आएका ‘होम ग्लोरी’ का निर्देशक मनोज अग्रवालका अनुसार बजारमा चिसो मौसमबाट बच्नका लागि प्रयोग गरिने उपकरणहरूको माग बढेको छ । उनको कम्पनीले ग्यास/इलेक्ट्रिक गिजर, कित्ली, हिटरलगायतका उपकरणहरू बिक्री गर्छ । मनोजका अनुसार चिसो मौसममा पानी तताउने स्वचालित कित्ली सबैभन्दा बढी प्रयोग हुने उपकरण हो । उनले बजारमा यो हजारदेखि दुई हजारसम्ममा उपलब्ध रहेको बताए । यसैगरी, बजारमा ‘बाल्ट्रा’ का विद्युतीय उपकरणहरू पनि उपलब्ध छन् । यो कम्पनीले बजारमा ग्यास/इलेक्ट्रिक गिजर, इलेक्ट्रिक हिटर बिक्री गर्छ । बजारमा ‘बाल्ट्रा’ का सेरो, हटो र रेन्बो ग्यास र इलेक्ट्रिक गिजरहरू उपलब्ध छन् । यी गिजरहरूको क्षमता ६ लिटर छ । यसको मूल्य ९ हजारदेखि १० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । ग्यास गिजरमै यो कम्पनीको ‘स्वेल्टर’ को क्षमता चाहिँ एकदेखि तीन लिटर रहेको छ । ग्राहकहरूमाझ कम्पनीको ‘स्टिमी’ बढी रुचाइएका छन् । यो २५ लिटरसम्मको क्षमता भएको बजारमा पाइन्छ ।‘वेवर’ कम्पनीले पनि चिसो मौसम लक्षित विभिन्न उपकरणहरू बजारमा ल्याएको छ । तीमध्ये वाटर गिजर, एयर कन्डिसनर आदि छन् । कम्पनीका सबैभन्दा बढी बिक्री हुने उपकरणहरूमा वासिङ मेसिन, माइक्रो वेभन, डिसवासर, बाटर गिजर र एयर कन्डिसनर हुन् । यो कम्पनीले सातदेखि आठ किलोग्रामसम्म क्षमता भएको वासिङ मेसिन ५१ देखि ६० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले १५ लिटरको वाटर गिजर १३ हजारमा र २५ लिटरको १६ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।कम्पनीका नेपालस्थित बिक्री–वितरक मनोजकुमार साहका अनुसार जाडो मौसममा सबैभन्दा बढी बिक्री हुने उपकरणहरूमा वासिङ मेसिन र इलेक्ट्रिक कित्ली, माइक्रो वेव, वाटर गिजर हुन्। ‘हामीसँग विभिन्न प्रकारका सस्ता र राम्रा उपकरणहरू छन् जुन नेपालीहरूले सहजै खरिद गर्न सक्छन्’ उनले भने । कम्पनीले एसीमा तीन वर्ष, वासिङ मेसिनको ब्याट्रीमा १० वर्षे वारेन्टी दिँदै आएको उनले जनाए । बजारमा यत्रतत्र पाइने कमसल चाइनिज सामानको प्रयोग भरसक नगर्न उनको सुझाव छ । यसैगरी, यो मौसममा चिसोबाट बच्नका लागि सिजी इलेक्ट्रोनिक्सले विभिन्न उपकरण बजारमा ल्याएको छ । कम्पनीका ब्रान्ड म्यानेजर दिवाकर नगरकोटीका अनुसार घरलाई न्यानो बनाउनेदेखि जीवनशैलीलाई सहज बनाउने उपकरणहरू बजारमा ल्याएको छ। उनले भने, ‘आफ्नो इच्छा र आवश्यकतानुसार यस्ता उपकरणहरू प्रयोग गर्न सकिन्छ ।’ जाडो मौसममा सबैभन्दा बढी माग हुने भनेको हिटर र गिजर हो । एसीको मूल्य बढी हुने भएकाले यसको माग अन्यको तुलनामा कम हुने दिवाकरको भनाइ छ । उनका अनुसार कम्पनीले बजारमा हिटर, गिजर, पानी उमाल्ने, तातोपानी राख्ने थर्मस, भ्याकुम फ्ल्याक्स, वाटर डिस्पेन्चर, एयर फ्रायर, एसी र वासिङ मेसिन जाडो लक्षित गरी ल्याएको छ । सिजी इलेक्ट्रोनिक्सअन्तर्गत मिडिया ब्रान्डको गिजर भर्खरै बजारमा आएको हो । यो गिजर वाइफाई जडित भएकाले मोबाइलमा एप डाउनलोड गरेर आफू जहाँ भएपनि पानी तताउन सकिन्छ । त्यस्तै, वाइफाई जडित एसी पनि बजारमा उपलब्ध छ । यसले घरको तापक्रम इच्छानुसार तातो वा चिसो गर्न मिल्छ ताकि घरमा पुग्दा आफूले चाहेको तापक्रमको कोठा तयार होस् । भ्याकुम फ्ल्याक्स बोकेर हिँड्न सजिलो र लुक्स पनि राम्रो भएकाले थर्मसभन्दा यो ग्राहकको पहिलो रोजाइमा पर्ने गरेको छ । बजारमा उपलब्ध यी सामग्रीमा तीनवर्षदेखि १० वर्षसम्मको वारेन्टी पाइन्छ । कम्पनीले बजारमा उपलब्ध गराएको इलेक्ट्रिक गिजर, ग्यास गिजरको मूल्य सात हजारदेखि २३ हजार रुपैयाँसम्म पर्छ । विद्युतीय सामग्री प्रयोग गर्दा - बालबालिकाबाट टाढा राख्नुपर्छ । - रडले पानी ताताउँदा बाल्टीमा हात हाल्नुहुँदैन ।- ग्यास हिटर वा इलेक्ट्रिक हिटर बाल्दा झ्यालढोका बन्द गर्नुहुँदैन । - इलेक्ट्रिक गिजर चलाउँदा होस् वा ग्यास गिजर चलाउँदा होस् बाथरुममा भेन्टिलेटर अनिवार्य हुनुपर्छ । बाथरुममा सानो क्षेत्र र चारैतिर बन्द हुने भएकाले अक्सिजन कम हुन्छ । - पानी तातेपछि स्वीच अफ गरेर मात्र नुहाउनुपर्छ । - यस्ता सामग्रीहरू प्रयोग गर्दा प्लगहरू टाइट हुनुपर्छ । - बिग्रेको मल्टिप्लगमा विद्युतीय सामग्रीहरू जोड्नु हुँदैन ।
नारी संवाददाता , पुस १७, २०७९
-- पुरै पढ्नुहोस् --