अन्य

सुनीता डंगोल, युवा नेतृ

ग्ल्यामर क्षेत्रमा सक्रिय तपाईंमा राजनीतिक रस कसरी प्रवेश गर्‍यो ?यो आजको आजै तय भएको होइन । राजनीतिमा पहिले देखिकै रुचि हो । मुलुकमा परिवर्तन र समाजमा योगदान दिने ज्यावल नै राजनीति हो भन्ने मेरो बुझाइ थियो । यो सही समय हो भन्ने लागेर राजनीतिमा होमिएकी हुँ । तपाईंको बुझाइमा राजनीति के हो ?राजनीति भनेको राज्य व्यवस्थापन गर्ने नीति र प्रणाली हो । यो फोहोरी खेल र व्यापार होइन, विशुद्ध समाजसेवा हो । मुलुकमा आमूल परिवर्तन र जनहितका काम गर्ने यो एउटा संयन्त्र पनि हो । तपाईंलाई युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने किन लाग्छ ?युवाको सोच र क्षमता जुझारु हुन्छ । हामी जति राजनीति फोहोरी खेल हो भनेर पाखा लाग्छौं त्यति नै दुःख पाउँछौं । राजनीतिले प्रणाली परिवर्तन गर्छ, मुलुकमा परिवर्तन ल्याउँछ । मुलुकको विकास यसैले तय गर्छ । युवाको जोश मात्र होइन अब विज्ञता पनि मुलुकका लागि लगानी हुनुपर्छ  । अग्रजको अनुभव र युवाको जोश, विज्ञता अनि शक्तिको संमिश्रणले पक्कै नयाँ बिहानी आउनेछ । तपाईंका प्रमुख एजेन्डा के–के हुन् ?काठमाडौंलाई स्वच्छ, हराभरा र व्यवस्थित सहरका रूपमा विकास गर्ने मेरो पहिलो एजेन्डा हो । डिजिटल काठमाडौं बनाउने, ई–गभर्नेन्सद्वारा काम सम्भव बनाउने अर्को योजना हो । काठमाडौंलाई सांस्कृतिक सहरका रूपमा विकास गरी आन्तरिक पर्यटक आकर्षणका कार्यक्रम ल्याउने कुरा पनि प्राथमिकतामा छन् । ‘केएमसी एप’ मार्फत स्क्यान कोडहरू राख्ने र त्यसैबाट ऐतिहासिक र सांस्कृतिक स्थानबारे पूर्ण जानकारी मिल्ने आठ वटा रोडम्याप बनाएकी छु । तपाईंको भिजन र एजेन्डालाई कार्यान्वयन गर्न कस्तो कदम चाल्नुहुन्छ ?गर्न सकिने काम मात्रै योजनाका रूपमा राखेकी छु । सपना मात्रै देखाएर जनतामा भ्रम फैलाउने योजना मेरो छैन । मैले आफ्ना एजेन्डाहरूलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा वर्गीकरण गरेकी छु । त्यसैले यी योजनाहरू पूरा गर्न सहज हुनेछ । नेपालको विकासका लागि आवश्यक प्रमुख तीन कुरा के–के हुन् ?शिक्षा, स्वास्थ्य र मनस्थिति परिवर्तन । युवा सशक्तीकरण र विकासका लागि के आवश्यक ठान्नुहुन्छ ?युवालाई स्वदेशमै बस्ने गरी रोजगार सिर्जना गर्न सक्नुपर्छ । रोजगारी दिइयो भने युवा सशक्त हुन्छन् । सशक्तीकरण धेरै हदसम्म अर्थसँग जोडिएको हुन्छ । त्यस्तै, युवा उद्यमशीलतामा जोड दिनुपर्छ । महिला नेतृत्वमा आउन मात्रै नभएर टिकिरहन के जरुरी छ भन्ने लाग्छ ?देशभरकै स्थानीय तहमा ४१ दशमलव ३० प्रतिशत महिलाको संख्या छ । अब संख्यात्मक होइन गुणात्मक रूपमा नेतृत्वमा वृद्धि हुनुपर्छ, जसका लागि शिक्षा पहिलो सर्त हो । सोचमा परिवर्तन अर्को मूल आवश्यकता हो । महिला डेपुटीमै कहिलेसम्म रहिरहने हो ?राजनीतिमा यो मेरो पहिलो खुड्किलो हो । यसपटक मलाई पदभन्दा पनि उद्देश्य पूरा गर्नुपर्छ भन्ने लाग्यो । मेरो लक्ष्य भनेको छोटो बाटो होइन, यो लामो यात्राको सुरुवात हो । युवालाई विश्वास गर्ने परम्परा बस्दैछ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । आगामी योजना के छ ?राजनीतिलाई लामो यात्राका रूपमा लिएर अगाडि बढ्नेछु अनि राष्ट्र र जनताको सेवा गर्नेछु । 

नारी संवाददाता , जेष्ठ २, २०७९

-- पुरै पढ्नुहोस् --

वातावरणमैत्री ‘लुङ्दर’ र खादा

बौद्ध धर्मावलम्बी तीर्थधाम, हिमाल तथा पर्यटकीय स्थलहरूमा हावाको वेगसँगै फरफराउने रंगीचंगी झण्डाले जोकसैलाई मनमुग्ध बनाउँछ । बजारमा सहजै पाइने यस्ता प्लास्टिक र पोलिस्टरबाट बनेको ‘लुङ्दर’ र खादा सजिलै नष्ट हुँदैन । नकुहिने भएकाले डढाएर नष्ट गर्दा निस्कने प्रदूषित धूवाँले वातावरण र स्वास्थ्यमा क्षति पु¥याउने विभिन्न अध्ययनले देखाएका छन् ।

विद्या राई, वैशाख २१, २०७९

-- पुरै पढ्नुहोस् --

गर्मीमा फलफूलको सेवन

चेरीमा पाइने खनिज र भिटामिनले हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा पाइने भिटामिनहरूमा ‘सी’, ‘बी–६’, ‘के’ आदि हुन् । त्यस्तै, खनिज पदार्थहरूमा म्याग्नेज, कपर, म्याग्नेसियम आदि हुन् ।

मीरा शाह, वैशाख ९, २०७९

-- पुरै पढ्नुहोस् --

एकल कालापत्थर यात्रा

एभरेस्ट आधार शिविर, कालापत्थर, चोला पास र गोक्योको एकल यात्रा गरें । गाह्रो होलाजस्तो लागेको थियो, एक्लै हुँदा नर्भस थिएँ, पछि हिँड्दै जाँदा रोमाञ्चक बन्यो । चौधौं दिनमा घर आइपुगें । 

नारी संवाददाता , वैशाख ९, २०७९

-- पुरै पढ्नुहोस् --

भगवतीको पत्रकारिता क्रेज 

मदन भण्डारी मृत्यु प्रकरणले देश तातेको थियो । त्यतिबेला आरके धर्मस्थलीले उनलाई क्यामेरा बोकेर बाइक पछाडि कुँदाए । उनले भने–‘तिमीले जे देख्छ्यौ त्यही खिच्नु’ ।

नारी संवाददाता , वैशाख ५, २०७९

-- पुरै पढ्नुहोस् --

निर्भीक नारीको दोस्रो संस्करण

कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकले आयोजना गरेको कार्यक्रम ‘निर्भीक नारी’ को दोस्रो संस्करण सम्पन्न भएको छ ।

नारी संवाददाता , वैशाख २, २०७९

-- पुरै पढ्नुहोस् --

झुमा लिम्बू (गायिका एवं संगीतकार)

ताप्लेजुङका डाँडापाखा, पखेरामा लोक संगीतको मज्जा लिँदै मेरो बाल्यकाल बित्यो । त्यतिबेलादेखि मलाई गीत–संगीतमा रुचि थियो । त्यसैको प्रभावस्वरूप २० वर्षदेखि यही क्षेत्रमा साधनारत छु ।

नारी संवाददाता , चैत्र १०, २०७८

-- पुरै पढ्नुहोस् --

पूर्वमिस नेपालहरू सामाजिक काममा

पच्चीस जना पूर्वमिस नेपालले ‘फर्मर मिस नेपाल विनर क्लब’ गठन गरी सामाजिक काममा सहभागी भएका छन् ।

नारी संवाददाता , चैत्र १०, २०७८

-- पुरै पढ्नुहोस् --

कर्मठ निर्मला

२०५६ मा नेपाल पत्रकार संघ चुनावी प्रक्रियामा गयो । त्यसताका केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आँट गर्ने एक्ली महिला हुन्, निर्मला शर्मा । चुनावमा देशभरबाटै मतदान गर्ने पत्रकार महिलाको संख्या पाँच मात्र थियो ।

प्रकृति दाहाल, चैत्र ८, २०७८

-- पुरै पढ्नुहोस् --

कानुन र बालिग अधिकार

नेपालमा विगतमा बालिग हुने उमेर १६ वर्ष थियो । पछिल्लो समय अन्तर्राष्ट्रियकरणको होडमा नेपालले बालअधिकारसम्बन्धी महासन्धि सिआरसी अनुमोदन गर्दै मान्यता दिएपछि अन्य अन्तर्राष्ट्रिय मान्यताहरूलाई पछ्याउँदै बालिगको उमेर १८ वर्ष गरियो । यो किन गरियो ? अर्को जिज्ञासा, विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार कुनै पनि व्यक्ति शारीरिक, मानसिक हैसियतमा परिपक्व २० वर्ष पूरा भएपछि मात्र हुने मान्यता छ ।

सिर्जना माली प्रधान , चैत्र ६, २०७८

-- पुरै पढ्नुहोस् --

बगानले फेरियो जीवन

चिया बगानमा काम गर्न थालेयता आम्दानी बढेको छ । जीवन पनि सहज बनेको छ ।

नारी संवाददाता , चैत्र ६, २०७८

-- पुरै पढ्नुहोस् --