Successfully Copied

न्यू रुल्स इन होम डेकोर

घर अर्थात् त्यो ठाउँ जहाँ प्रेम, रंगीन सपना र खुसीका सौगात आदि जीवनका पलहरू सजिन्छन्।

घर अर्थात् त्यो ठाउँ जहाँ प्रेम, रंगीन सपना र खुसीका सौगात आदि जीवनका पलहरू सजिन्छन्। त्यसैले घरलाई सबैभन्दा सुन्दर र अलग बनाउन हरसम्भव प्रयास गरिन्छ। घरलाई आफ्नै तरिकाले सजाउन चाहने हो भने केही बेसिक रुल्स फलो गर्नुपर्छ जसबाट आफूलाई सन्तोष प्राप्त होस्।

घरको बोस  ः इन्टेरियर डेकोरेसनका अनेकौं शैली छन् तर आफ्नो घर आफ्नो चाहनाअनुसार सजाउनुपर्छ। पहिलो सर्त घरमा आफ्नो छवि, व्यक्तित्व प्रतिबिम्बित हुनुपर्छ। घर आफ्नो हो न कि पाहुनाको त्यसैले घरलाई आफ्नो सुविधाअनुसार प्राथमिकता दिनुपर्छ, अरूको हिसाबबाट सजाउनु हुँदैन।

सुरुदेखि नै सोच्नुपर्छ ः हतारमा घर सजाउनु हुँदैन। पहिले आफूलाई के-कस्ता सर-सामान चाहिन्छन् भन्ने निर्णय गर्नुपर्छ। आफ्नो बजेटअनुसार कुन कुरामा बढी र कुन कुरामा कम खर्च गर्न सकिन्छ भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ।

थिम बनाउनुपर्छ ः अधिकांश सरसामग्री ९० डिग्री कोणको हिसाबमा राख्नुपर्छ, जस्तै टेबल, चेयर तथा पिक्चर्स आदि। कोठालाई सजाउने एउटा विशेष तरिका हुन्छ-कर्नर सफ्ट हुनु। यदि कर्नर सार्प नचाहने हो भने केही गोलाकार सर-सामान संयोजन गर्न सकिन्छ। एउटा राउन्ड कफी टेबल वा रंगले मात्र पनि कोठालाई बढी आकर्षक बनाउन सक्छ।

सेट खरिद गर्नु हुँदैन ः हरेक कुरा सेटमा खरिद गर्नु ठीक होइन। यसबाट सबै कुरा एकै दिनमा खरिद गरिएको अनुभव हुन्छ। ब्लेन्डिङ बढी राम्रो हुन्छ। कम्बिनेसनमा पनि विचार पुर्‍याउनुपर्ने हुन्छ। कुन कुरासित कुन कुरा र कसरी राम्रो देखिन्छ ध्यान पुर्‍याउनुपर्छ अनि कोठाको कलरसँग फर्निचर र एसेसरिजको कम्बिनेसन मिलाउनुपर्छ।

सही सेतो रंग छनोट गर्नुपर्छ ः कोठालाई उज्यालो राख्न सही रंग छनोट गर्नुपर्छ। बजारमा अनेकौं प्रकारका सेता रंग उपलब्ध छन्, जुन पिंक, ब्लु वा एलो टोनमा पनि देखिन्छन्। आफ्नो रोजाइको सही सेतो रंग छनोट गर्नुपर्छ। कुल इफेक्ट दिन पियोर ह्वाइट र वार्मर इन्टेरियरका लागि ९१ प्रतिशत ह्वाइट उत्तम हुन्छ। यसको जाँचका लागि एउटा सानो बोर्डमा आफ्नो रोजाइको सेतो रंग भर्ने र त्यसलाई कोठाको अलग-अलग ठाउँ र अलग-अलग लाइटमा राखेर हेर्ने, यसबाट उक्त रंग दिन र रातमा कस्तो देखिन्छ भन्ने जानकारी पाइन्छ।

आवश्यकताभन्दा बढी थिम बनाउनु हुँदैन ः घरलाई सुन्दर तथा सबैभन्दा अलग देखाउने चाहनाका कारण हामी प्रायः आवश्यकताभन्दा बढी थिम क्रिएट गछौर्ं। कुनै एउटा थिममाथि फोकस गर्नुपर्छ र आफ्नो कोठा कति सुन्दर हुन्छ भन्ने कुरा विचार गर्नुपर्छ।

योजना बनाउनुपर्छ ः डिजाइनबाट पहिले फ्लोर प्लान बनाउनुपर्छ। कोठाको दिशा, झ्याल, ढोका र अन्य फिचर्सको नाप लिनुपर्छ। यसले खरिद गरिने सामान राम्रोसँग फिट हुन्छ।

सही रंग ः सबैभन्दा पहिले आफ्नो स्पेस र वातावरणमा ध्यान पुर्‍याउनुपर्छ। मौसमको प्रभाव रंगमा पर्छ। कोठा कुन प्रकारको छ, ध्यानमा राख्नु आवश्यक छ। बालबालिकाको कोठाका लागि भाइब्रेन्ट कलर छनोट गर्नुपर्छ। ड्रइङ रुमका लागि ब्राउन्स र अन्य एलिगेन्ट डार्क सेड्स उपयुक्त हुन्छ। इच्छाअनुसार आफ्नो थिम सुहाउँदो कलर छनोट गर्न इन्टेरियर डिजाइनरको सल्लाह लिन सकिन्छ।

विशेष थिम ः इन्टेरियरको नयाँ नियमअनुसार पूरा घरलाई एउटै थिममा सजाउन सकिन्छ वा हरेक रुमका लागि फरक-फरक थिम बनाउन सकिन्छ। यदि किचेन मोर्डन छ भने बेडरुम कन्ट्री स्टाइलको हुन सक्दैन भन्ने होइन। प्रयोगको समय छ, प्रयोग गर्नुपर्छ तर त्यो भद्दा भने देखिनु हुँदैन।

बढी डिस्प्ले गर्नु हुँदैन ः सबै कुरा डिस्प्ले गर्नु वा सजाउनु जरुरी छैन। यसो गर्दा घर भरिएको र अनौठो देखिन्छ। १५-२० दिनमा सजावटी सर-सामान परिवर्तन गर्नुपर्छ। यसरी केही दिनमै आफ्नो घरलाई नयाँ रूप दिइरहन सकिन्छ र यो परिवर्तनले राम्रो अनुभूति पनि प्रदान गर्छ।

प्रकृतिको नजिक रहनुपर्छ ः कोठामा केही बोट-बिरुवा राख्नुपर्छ। जसले ताजापनको अनुभूति प्रदान गर्छ। सूर्यको प्रकाश घरभित्र आउने बाटो बनाउनुपर्छ।

फेब्रिकको मेलजोल ः खरिद गर्नुपूर्व सधैं फेब्रिक र फ्लोरिङको संयोजनमा ध्यान पुर्‍याउनुपर्छ। पर्दा तथा फर्निचर भित्ताको रंगलाई कम्प्लिमेन्ट गर्ने खालको हुनुपर्छ।

 

 Image