Successfully Copied

बालमैत्री शिक्षा

रमाइलो वातावरण, रंगीचंगी संरचना, खेलमय संसार, कोठा हेर्दा पार्कजस्तो यो परिदृश्य कार्टुन संसारको नभै अहिले बालबालिकाहरूका लागि

रमाइलो वातावरण, रंगीचंगी संरचना, खेलमय संसार, कोठा हेर्दा पार्कजस्तो यो परिदृश्य कार्टुन संसारको नभै अहिले बालबालिकाहरूका लागि खुलेका प्रि-स्कुलको हो । अहिले बालबालिकाहरूलाई लक्षित गरी विभिन्न प्रि-प्राइमरी स्कुल खुलेका छन् । हेर्दा निकै रमाइलो तथा बालबालिकाहरूका लागि पर्याप्त खेल सामग्री ती प्रि प्राइमरी स्कुलका विशेषता हुन् । यस्ता स्कुलमा बालबालिकाहरूलाई पिटेर वा घोकाएर होइन कुनै पनि विषयसँगको परिचय तथा त्यसको विश्लेषणबाट ज्ञान प्रदान गरिन्छ जुन उनीहरूका लागि महत्त्वपूर्ण हुन्छ । बालबालिकाहरूलाई विभिन्न थिमका आधारमा विभिन्न विषयका सम्बन्धमा जानकारी दिइन्छ । यसरी दिइएको शिक्षाका कारण उनीहरूले आफूले सिकेका कुरा कहिल्यै बिर्सदैनन् । यसबाट उनीहरू हरेक विषयमा जानकार हुन्छन् ।

 १८ महिनादेखिका बालबालिकाहरू प्रि-स्कुलमा भर्ना हुन सक्छन् । स्कुलमा उनीहरूको हेरचाह, तालिम तथा खानपानमा निकै ध्यान दिइन्छ । अहिले नेपालको परिप्रेक्ष्यमा मन्टेश्वरी, प्ले वे मेथड, इन्टिग्रेटेड मेथड, फन प्ले मेथड आदि पद्धतिअनुरूप विभिन्न पाठ्यक्रममा अध्यापन गराइन्छ । यी पाठ्यक्रमले बालबालिकाहरूको चौतर्फी विकास गर्ने तथा उनीहरूलाई सिर्जनशील, जिज्ञासु एवं विश्लेषक बनाउने कुरामा हरेक स्कुल विश्वस्त छन् । अहिले बालबालिकाहरूमा करले होइन रहरले पढ्ने बानी बसाल्नुपर्छ भन्ने मान्यताको विकास भएको छ । स्कुलको संरचना पनि बालबालिकाहरूले मन पराउने गरी निर्माण गरिन्छ । हरेक कक्षामा शिक्षकलगायत उनीहरूको हेरचाहका लागि सिस्टरहरू कार्यरत हुन्छन् । शिक्षकहरूले आफ्ना नानीहरूलाई हप्काएर होइन माया गरेर पढाउँछन् । यस्तो शिक्षाले उनीहरूको भावना बुझ्ने प्रयास गर्छ । शिक्षण सिकाइ कार्यविधि बालबालिकाहरूको जग बलियो बनाउनेतर्फ केन्दि्रत हुन्छ । त्यसैले प्रि-प्राइमरी स्कुल हरेक बालबालिकाका लागि उपयोगी र महत्त्वपूर्ण छ ।

काठमाडांैलगायत देशका अधिकांश ठाउँमा प्रि-प्राइमरी स्कुल खोल्ने क्रम तीव्र छ । हरेक स्कुलले आफूले राम्रो शिक्षा प्रदान गर्ने दाबी गरिरहेका छन् तर पनि स्कुल भर्ना गराउनुपूर्व अभिभावकहरूले केही कुरा बुझ्नुपर्छ । व्यवस्थापनदेखि पढाउने शैली, स्वस्थ वातावरणजस्ता कुरामा चित्त बुझेपछि आफ्ना नानीहरूलाई स्कुल पठाउनुपर्छ भने मापदण्ड पूरा गरेका स्कुलमा मात्र आफ्ना उनीहरूलाई भर्ना गराउनु उपयुक्त हुन्छ ।

मन्टेश्वरी किन्डर वल्र्ड

मन्टेश्वरी किन्डर वल्र्ड नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरअन्तर्गत चलेको नेपालको चेन मोडेलको प्रि-स्कुल हो। यसको स्थापना २००२ मा भएको हो। अहिले यसका ५ वटा शाखा बानेश्वर, महाराजगंज, सोल्टी मोड, गठ्ठाघर तथा झम्सीखेलमा छन्।  मन्टेश्वरी किन्डर वल्र्ड नेपालकै पहिलो तथा ठूलो मन्टेश्वरी प्रि-स्कुल हो।  अहिले यसका ५ वटा शाखामा विद्यार्थी अध्ययन गरिरहेका छन्। नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरको सुरुवातसँगै मन्टेश्वरी किन्डर वल्र्डको अवधारणा सुरु भएको हो। नेपालमा प्रि प्राइमरी शिक्षामा यो स्कुल कोशेढंुगा साबित भैसकेको छ। आफ्नै ट्रेनिङ सेन्टर भएकाले शिक्षकहरू निकै दक्ष छन्। समयअनुसार शिक्षकहरूका लागि विविध कार्यशाला आयोजित गरी उनीहरूमा थप निखार ल्याउने काम स्कुलले गरिरहेको छ। स्कुलको संरचनामा खेलाइएको रंग तथा बालबालिकाहरूका लागि तयार पारिएको प्ले सेन्टर निकै आकर्षक छ। सबै शाखाका बालबालिकाहरूका लागि पर्याप्त ठाउँ तथा खेलौनाको व्यवस्था गरिएको छ। कक्षाकोठा पनि थिमअनुसार चिटिक्क पारेर सजाइएको छ। यो स्कुल मन्टेश्वरीको सिद्धान्त तथा पद्धतिअनुसार अध्यापन गराई नेपालमा अर्ली चाइल्ड हुड एडुकेसनको संस्कारलाई विकास गर्न निरन्तर लागिपरेको छ। स्कुलले आफ्नो पाठ्यक्रम तयार पार्दा नेपाली संस्कृतिलाई पनि अनुशरण गरेको छ। विद्यार्थीहरूलाई अध्यापन गराउँदा शारीरिक, सामाजिक, भावात्मक तथा सर्वोपरि विकास हुने गरी गराउँदै आएको छ। यहाँको शिक्षा प्रणालीले बालबालिकाहरूको जग बलियो हुने कुरामा दुईमत छैन। समय-समयमा यो स्कुलले अभिभावकहरूसँग पनि अन्तक्रिर्या गर्ने गरेको छ। यसका हरेक शाखा बालमैत्री, सुरक्षित तथा रमाइलो वातावरणयुक्त छन्। यसको संरचनामा गरिएको प्रयोग बालबालिकाहरूलाई सिक्न उत्प्रेरित बनाउन सक्षम छ। प्ले सेन्टर, उमेर सुहाउँदो कक्षाकोठा एवं शैक्षिक सामग्रीहरूले बालबालिकाहरूलाई बौद्धिक मात्र होइन सिर्जनशील तथा कल्पनाशील पनि बनाउँछ। दुई समय प्रदान गरिने खाना निकै स्वादिष्ट तथा स्वस्थकर छ। बालबालिकाहरूले कस्तो खाना मन पराउँछन् त्यसैका आधारमा यहाँको मेनु तयार गरिएको छ भने समय तथा मौसमअनुसार मेनु पनि परिवर्तन गरिन्छ।

एन्जल मन्टेश्वरी तथा प्रि-स्कुल

राम्रो खेल्ने मैदान तथा पार्कजस्तो अनुभव हुने एन्जल मन्टेश्वरी स्कुल पनि शिक्षा क्षेत्रमा लोकप्रिय छ। यो स्कुलले ५ वर्षमा मन्टेश्वरी शिक्षा प्रणालीलाई माध्यम बनाएर धेरै विद्यार्थी उत्पादन गरिसकेको छ। यहाँ घरायसी वातावरणमा राम्रो हेरचाह गरेर विद्यार्थीहरूलाई फेमेलियर बनाइन्छ भने बालबालिकाहरूको कौतूहलताको कदर गर्दै उनीहरूको रुचिअनुसार अध्यापन गराइन्छ। यो स्कुलमा १८ महिनादेखिका बालबालिकाहरूको भर्ना लिइन्छ। स्कुल हातामा खेल्ने मैदान, स्वीमिङ पुल, बगैंचा, प्ले स्टेशन आदिको व्यवस्था  छ। ३ रोपनी जग्गामा फैलिएको यो स्कुल निकै खुल्ला छ। स्कुलको भवन निकै सफा तथा उज्यालो छ। मायालु वातावरणलाई स्कुलले आफ्नो मूलमन्त्र बनाएको छ।

यहाँ सहज वातावरण तथा अध्ययनमा अतिरिक्त ध्यान दिइन्छ। जबसम्म कुनै पनि स्कुलले आफ्नो वातावरण रमाइलो तथा बालमैत्री बनाउँदैनन् तबसम्म विद्यार्थीहरू स्कुलतर्फ आकषिर्त हुन सक्दैनन्। यो स्कुल धापासी राममन्दिरमा छ। यो स्कुलको हाता हरियाली तथा शान्त वातावरणयुक्त छ। शान्त वातावरण भएकाले विद्यार्थीहरू एकाग्र भएर पढ्न सक्छन्। बालबालिकाहरूको सुविधालाई मध्यनजर गरी यातायातको सुविधा प्रदान गरिएको छ। यहाँको पाठ्यक्रम दक्ष शिक्षक तथा शिक्षाविद्हरूको सहयोगमा तयार भएको छ। यो स्कुलले नौलो प्रणाली अवलम्बन गरी अध्यापन गराउँछ। हरेक क्रियाकलापमा विद्यार्थीहरूको समान सहभागिताका लागि सबैलाई उत्प्रेरित गरिन्छ। यो स्कुलको पाठ्यक्रम बालबालिकाहरूको जगलाई बलियो बनाउन उपयुक्त छ। तालिम प्राप्त दक्ष शिक्षकहरूको पहलले गर्दा विद्यार्थीहरूले कुनै पनि विषय सजिलै बुझ्न सक्छन्।

युरो किड्स

भारतकै अग्रपंक्तिमा आउने युरो किड्स युरो इन्टरनेसनलअन्तर्गत  रहेको प्रि-प्राइमरी स्कुल हो। यो भारतकै सबैभन्दा ठूलो चेन भएको स्कुल हो। सन् २००१ मा २ वटा प्रि-स्कुलबाट प्रारम्भ गरिएको यो स्कुलका अहिले विश्वभरि ८ सय ७५  स्थानमा शाखा छन्। टंगालस्थित युरो किड्स नेपालकै पहिलो शाखा हो। हाल नेपालमा पनि युरो किड्सका दर्जनभन्दा बढी शाखा बिस्तार भैसकेका छन्। बाल शिक्षामा विश्वमै लोकप्रिय युरो किड्सले नेपालमा पनि राम्रो स्थान हासिल गरिसकेको छ। प्लेवे पद्धति तथा महात्मा गान्धीको दर्शनलाई मिश्रति गरी बनाइएको यहाँको पाठ्यक्रमले बालबालिकाहरूलाई भित्रैदेखि अनुभवी, दक्ष, कर्मशील तथा लगनशील बनाउँछ। विभिन्न खेलको माध्यमले अध्यापन गराइने हुँदा यहाँ विद्यार्थीहरूले खेल्दै धेरै कुरा सिकिसकेका हुन्छन्। युरो किड्सका स्कुल निकै मेहनत तथा बालबालिकाहरूलाई मनपर्ने तरिकाले तयार गरिएका छन्। बालबालिकाहरूलाई निकै राम्रो तरिकाले हेन्डल गरिन्छ। युरो किड्समा १८ महिनादेखिका बालबालिकाहरूको भर्ना लिइन्छ। पिजीदेखि युरो सिनियरसम्मको अध्ययनपछि कुनै पनि विद्यार्थी कक्षा १ मा पढ्न तयार हुन्छन्। स्कुलको वातावरण विद्यार्थीरूले मन पराउने गरी तयार गरिएको छ। हरेक कक्षा कोठामा यथासक्य दरले शिक्षक तथा आयाको व्यवस्था गरिएको छ। कक्षा कोठामा हरेक विद्यार्थीको क्रियाकलापमा शिक्षकको आँखा सजिलै पुग्छ। खुल्ला तथा पार्कजस्तै कक्षा कोठामा विद्यार्थीहरू चाख लिएर पढ्छन्। हरेक विद्यार्थीले आफूलाई मन परेको खेल सामग्री खेल्न सक्छन्। युरो किड्सको पाठ्यक्रमले शिशुहरू युनिक हुन्छन्। यहाँ हरेक व्यक्तिको सिक्ने र बुझ्ने क्षमता फरक-फरक हुन्छ भन्ने कुरा बुझेर बालबालिकाहरूलाई त्यहीअनुसार व्यवहार गरिन्छ। विद्यार्थीहरूलाई सिक्नका लागि

भित्रैबाट उत्साहित गरिने हुँदा एकपटक सिकेको कुरा उनीहरूले जीवनभर बिर्सदैनन्। यहाँ अध्ययन गरेेपछि विद्यार्थीहरू तर्क गर्ने तथा आफैले कुनै पनि विषयमा विश्लेषण गर्न सक्षम बन्छन्। यहाँ बालबालिकाहरू मानसिक तथा शारीरिक रूपमा सुरक्षित महसुस गर्छन्। युरो किड्सले प्लेइङ, लर्निङ एण्ड इन्जोइङ तीन तत्वको मिश्रति पद्धतिलाई पछ्याएको छ। यो स्कुलले विद्यार्थीहरूलाई ब्रेकफास्ट, लन्च तथा स्न्याक्स तीन समय खाना उपलब्ध गराउँछ। यहाँ विद्यार्थीहरूलाई मौसमअनुसार सन्तुलित खाना ख्वाइन्छ। विद्यार्थीहरूलाई हलुका खानामा बढी जोड दिइन्छ। स्कुल बिहानदेखि संचालन हुन्छ।

 Image