Successfully Copied

सदाबहार सुन्दरी

सुन्दरताका सम्बन्धमा हरेक मानिसको परिभाषा फरक-फरक हुनसक्छ। आमरूपमा सुन्दर र देख्नासाथ वाह भन्ने लाग्नुलाई नै सुन्दर भन्ने चलन छ।

सुन्दरताका सम्बन्धमा हरेक मानिसको परिभाषा फरक-फरक हुनसक्छ। आमरूपमा सुन्दर र देख्नासाथ वाह भन्ने लाग्नुलाई नै सुन्दर भन्ने चलन छ। बाहिरी रूप-रंग मिलेको, चिटिक्क परेको अनि भित्री रूप पनि त्यत्तिकै राम्रो छ भने त्यही नै सुन्दरता हो। नेपालमा पनि थुप्रै सुन्दर महिला छन्। कति बाहिरी रूपले सुन्दर त कति भित्री रूपले सुन्दर।  यसपटक नारीले हेर्दा राम्रा लाग्ने केही सदाबहार सुन्दरीहरूको सुन्दरताको रहस्य खोतल्ने प्रयास गरेको छ। यस क्रममा हामीले चार दशकको यात्रा पछि विवाह, बालबच्चाहरू भएर पनि आफ्नो सुन्दरता र फिटनेसलाई यथावत् राखेर सुन्दर महिलाको कोटीमा कायम रहन सफल नौ जना महिलालाई प्रस्तुत गरेका छौं। तिनै सदाबहार सुन्दरीमध्येकी करिष्मा मानन्धर भन्छिन्-सौन्दर्य नै आत्मविश्वास बढाउने कसी हो। आफ्नो व्यक्तित्वमा ध्यान दिइएन भने आत्मविश्वासमा कमी आउँछ।

भनिन्छ-महिलाहरूको सुन्दरता विवाह गरेर शिशु जन्माएपछि जान्छ, शरीर मोटाएर भद्दा हुन्छ तर अल्छी नगरी स्वास्थ्य, सुन्दरता अनि फिटनेसलाई ध्यानमा राखेर मेहनत गरियो भने जोकोही पुरानै रूप-रंगमा र्फकन सक्छन् भन्ने कुरा प्रस्तुत नौ जना सुन्दरीसँगको कुराकानीबाट प्रस्ट हुन्छ। यसै सन्दर्भमा विदुषी राणा भन्छिन्-सुत्केरी भएपछि सबै मोटाउँछन् तर ६ महिनापछि वर्क आउट गर्ने, आफूलाई मेन्टेन गर्ने प्रयासमा लागे पुनः पुरानै फिगरमा र्फकन सकिन्छ। जसको उदाहरण विदुषी स्वयं छिन्। छोरा पाएर ६ महिनापछि नै वानुजमा एक्सरसाइजका लागि पुगेकी विदुषी समयसँगै झन्-झन् जवान देखिन्छिन्।

यो क्रममा सदाबहार सुन्दर नायिका करिष्मा मानन्धर, प्रथम मिस नेपाल रुवी राणा शाह, मेकअप आर्टिस्ट स्नेहा राणा, बैंकर्स रविना देशराज, साथीकी अध्यक्ष वन्दना राणा, क्रियटिभ कन्सल्ट्यान्ट सिर्जना सिंह योञ्जन, नायिका मेलिना मानन्धर, मिस नेपाल उषा खड्गी तिमिल्सिना एवं विदुषी राणा समेटिएका छन्। उनीहरूका अतिरिक्त अन्य सदाबहार सुन्दरीहरू पनि नभएका होइनन्। रितु सिंह वैद्य, ममता झा, संयुक्ता राणा, रचना गुरूङ, पूर्व युवराज्ञी हिमानी शाह, नेतृ सरिता गिरी, बैंकर वषर्ा श्रेष्ठ आदि पनि अहिलेसम्म त्यत्तिकै सुन्दर देखिन्छन् । खोजी गर्दै जाँदा यो सूची निकै लामो हुनसक्छ। नारीको यो अंकमा समेटिएका ९ सदाबहार सुन्दरीले उनीहरूको फिटनेस, सौन्दर्य एवं मानसिक स्वास्थ्यलाई कसरी सन्तुलनमा राखिरहेका छन् ? उनीहरूको खानपान, कस्मेटिक ब्रान्ड एवं दिनचर्या उनीहरूकै शब्दमा ः

करिश्मा मानन्धर, नायिका

शरीर मेन्टनका लागि

घरमै एक्सरसाइज गर्छु, योग गर्छु। बिहान डोरी खेल्छु। वर्कमा जान्छु। घरमै कार्डियो छ, घर ठूलो भएकाले १०-१५ पटक तलमाथि गर्दा नै व्यायाम पुग्छ। अहिले हेल्दी होम जान्छु। त्यहाँ मसाज गराउँछु। बच्चा जन्मिएपछि पेटको मासु घटाउन गार्‍हो हुन्छ। कति फ्याट टोन अफ हुँदैन। त्यसैले मसाज जरुरी हुन्छ। घरमै हुँदा २-३ किलोमिटर हिँड्छु।

सौन्दर्य मेन्टनका लागि

अहिले मलाई हेल्दी होमले नै सनस्किन, भिटामिन, एलोभेरा क्रिम लगाइदिन्छ। घरमा नरिवलको तेल लगाउँछु। हेयर ड्रेसर रितुले घरमै तयार पारेको तेल लगाउँछु। त्यसैले मेरो केश हेल्दी देखिन्छ त्यसमा सेतो रौं पलाएको छैन।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

उमेरमा भन्दा अहिले आएर बढी तनाव हुन्छ तर त्यो तनावमा अल्झनु भन्दा कसरी तनावबाट मुक्त हुन सक्छु भन्ने विषयमा सोच्छु। पहिले सानातिना कुरामा पनि धेरै टेन्सन हुन्थ्यो तर अब त्यस्ता कुरामा भन्दा कसरी जीवन रमाइलो पार्ने भनेर मनलाई शान्त राख्छु। भर्खरै छोरी अमेरिका गइन् । उनी जाने बेलामा साह्रै रोएर गइन्। उनको आँसुले म पनि कमजोर भएँ तर यस्ता कुरामा चिन्ता मानेर बस्नुभन्दा पलेटी मारेर ध्यान गर्छु। रमाइलो संगीत बजाएर मज्जाले नाच्छु। त्यसरी नाच्दा मेरो मानसिक तनाव घट्छ।

प्रसाधनहरू

राम्रो ब्रान्ड भनेर विदेशी कस्मेटिकको फलो गर्दिन। आइस्याडो र लिपिस्टिकमा भने राम्रा विदेशी ब्रान्डहरू नै प्रयोग गर्छु। हेल्दी होमका क्रिमहरू लगाउँछु जसले मलाई सदाबहार देखाउन सहयोग गर्छन्।

खानपान

हप्ताको ३ दिन भुजा खान्छु। प्रोटिनका लागि मासु, मकै, भटमास पनि हप्ताको २ पटक खान्छु। हप्ताको एकपटक स्टिम फिस तथा भेज स्टिम खान्छु जुन विनोदले बनाइदिन्छन्। बेलुका रोटी र चिकेन सुप खान्छु। आलु, कोक-फेन्टा तथा मैदाका कुनै पनि परिकार खान्न।

दिनचर्या

अहिले मेरो जीवनचर्या आरामदायक छ। पहिले धेरै सुटिङ हुँदा ६ बजे नै तयार हुनुपथ्र्यो तर अहिले भने ९ बजे मात्र उठ्छु। उठेर तातोपानी, टोमाटो विथ हनी खान्छु। अहिले दिनचर्या साधारण रूपले चलिरहेको छ। दिउँसो अन्तर्वार्ता, सुटिङ तथा ब्रान्डमा आबद्ध हुनुका साथै कार्यक्रम, महोत्सव तथा ओपनिङहरूमा व्यस्त रहन्छु। साँझ ६ बजेअघि नै सुप तथा रोटीहरू खाइसक्छु। व्यस्ततालाई

पछाडि छाडेर अहिले आनन्दको जीवन बिताउँदैछु।

बन्दना राणा, अध्यक्ष साथी

शरीर मेन्टनका लागि

म ५१ वर्ष पुगिसक्दा पनि फिट रहनुको रहस्य योग, एक्सरसाइज तथा एरोविक हो। घरका सबै जना जिम जान्छन् तर मैले घरमै पुस्तक पढेर, टिभी हेरेर तथा साथीहरूसँग सिकेर योगको प्याकेज बनाएर योग गर्न थालेकी हुँ। म हरेक दिन डेढ घन्टाजति योग गर्छु । अहिले सूर्य नमस्कार २० देखि २५ पटक गर्छु। यसले मलाई तनावमुक्त, रिलिफ र फिट राख्छ।

सौन्दर्य मेन्टनका लागि

एकदम सेन्सेटिव स्किन भएकाले क्वालिटी प्रोडक्ट मात्र प्रयोग गर्छु। २ महिनाको एकपटक फेसियल गराउँछु। समय-समयमा ओयल मसाज गर्छु। ३-३ महिनामा पेडिक्योर, मेनिक्योर गराउँछु। यी काम घरमा आफै पनि गरिरहेकी हुन्छु। १५ दिनमा मड मास्क लगाउँछु। म यो मामिलामा आफूलाई अर्गनाइज पर्सन भन्न रुचाउँछु।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

म धेरै पढ्छु। नोवल, लाइफ हिस्ट्री आदि पढिरहेकी हुन्छु। यात्रा पनि धेरै गर्छु। नयाँ-नयाँ ठाउँमा जाँदा मस्तिष्क ताजा हुन्छ। मेरो मोटरमा सधैं पुस्तक हुन्छ। जाममा पर्नासाथ पुस्तक पढिहाल्छु। पढ्ने बानीले टेन्सन हटेको छ। म इन्स्टुमेन्टल म्युजिककी पारखी हुँ जसले मेरो मानसिक स्वास्थ्यलाई ठीक राख्छ। टिभी भने त्यति हेर्दिन। सकारात्मक सोचमा विश्वास राख्छु। कुनै पनि कुरामा नकारात्मक भावना उब्जाउँदिन।

प्रसाधन

सन् १९९१ देखि सबै मेकअप प्रसाधन क्लिनिककै प्रयोग गर्छु। बाहिर जाँदा एकै पटक किनेर ल्याउँछु। छालाको सौन्दर्यको मामिलामा सम्झौता गर्दिन।

खानपान

बिहान ब्रेकफास्टमा ओट मिल र एउटा सिजनेबल फलफूल खान्छु। दिउँसो लञ्चमा सुख्खा रोटी, दाल, तरकारी अनि गि्रन सलाद लिन्छु। बीचबीचमा बदाम, पेस्ता, काजु, ओखर आदि खाइरहेकी हुन्छु। त्यस्तै कहिले लन्चको समय मिलेन भने ब्यागमा भएका स्नाक बारहरू खाइदिन्छु। शनिबार एक दिन मात्र भुजा खान्छु।  साँझ नुडल्स, सुप तथा फापरको रोटी खान्छु।

दिनचर्या

म हरेक बिहान ६ बजेदेखि साढे ६ सम्म उठिसक्छु। उठ्नासाथ ४ गिलास पानी पिउँछु। नित्यकर्म सकिएपछि कम्प्युटर खोल्छु।  इमेल चेक गर्छु, अर्जेन्ट छ भने रिप्लाइ पठाउँछु । ७ बजेदेखि ८.३० बजेसम्म योग गर्छु। ९.३० मा अफिस जान्छु। अफिसको काम, मिटिङ, लेखन, प्रोग्रामको मोनिटरिङ, कन्फ्रेन्स आदिमा व्यस्त हुन्छु। दिउँसो भ्याएसम्म घरमै लञ्च गर्न पुग्छु। अफिसबाट ६ बजेतिर घर र्फकन्छु। मैले गत मार्चदेखि मात्र फेसबुक सुरु गरेकी हुँ। अहिले फेसबुकमार्फत म के गर्दैछु, कहाँ जाँदैछु भन्ने कुरा परिवार तथा छोरीहरूलाईर् थाहा हुन्छ।

सिर्जना सिंह योञ्जन, क्रियटिभ कन्सल्टेन्ट

शरीर मेन्टनका लागि

म जिम, एक्सरसाइज आदि केही गर्दिन। समय पाए नृत्य गर्छु तर धेरै व्यस्त हुँदा नाच्न पनि समय पाउँदिन। मुख्यतः मेरो फिटनेसको रहस्य भनेकै ३ जना छोरीको पछाडि दगुृर्नु, घर सफा गर्नु, पुछ्नुजस्ता कार्य हुन्। खानामा कन्ट्रोल गर्छु। चिल्लो, पिरो तथा मसलेदार खाना खान्न। भेजिटेबललाई मसलाले मार्दिन, नेचुरल भेज खान्छु। २ किलोमिटरसम्मको दूरीमा हिँडेरै पुग्छु। पुल्चोक अफिसबाट कुपन्डोल, थापाथली वा जाउलाखेलसम्म हिँड्छु।

सौन्दर्य मेन्टनका लागि

बिहान-बेलुका मोस्चराइजर लगाउँछु। राति जति थाके पनि अनुहार पखाली क्लिन्जिङ मिल्कले पुछेर मोस्चराइजर मात्र लगाएर सुत्छु। मैले १ वर्षअघिदेखि सनस्किन प्रयोग गर्न थालेकी हुँ। महिनामा एक पटक फेसियल, ओयल मसाज तथा बडी मसाज गराउँछु।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

आफू परिपक्व भएपछि क्षमता पनि बढ्दो रहेछ। काम गर्दै जाँदा तनावहरू आउँछन् र तुरुन्तै समाधानको उपाय सोचिहाल्छु। मानसिक तनावबाट जोगिनुको एउटै कारण म तनाव हुने कुरालाई बिर्सदै राम्रो कुरा सोचिहाल्छु। कम्युटरमा बस्दा आँखा थाके भने केही क्षण आँखा चिम्लिएर शरीरलाई हल्का छोडिदिन्छु। यसले पनि तनाव नियन्त्रणमा राखी रिल्याक्स हुन्छ। अर्काे कुरा त्यस्तै तनावको वातावरण भयो भने आर्टिकल लेख्छु, विभिन्न पुस्तक पढ्छु, क्लासिक मुभी हेर्छु अनि अर्थपूर्ण संगीतको धुनमा डुब्छु। यसले मलाई मानसिक रूपमा मजबुत एवं स्वस्थ राख्छ। अर्काे कुरा फिजिकल्ली र मेन्टली फिट छु भनेर सक्रिय जीवन बिताइरहने हो भने लामो समय स्वस्थ रहन सकिन्छ। त्यसैले मानसिक रूपमा फिट छु भन्ने भावनालाई आत्मसात् गरेर, चिल्लो, पिरो, मसलायुक्त खाना नखाई सकारात्मक सोचका साथ आनन्दले बसे सदाबहार रहन सकिन्छ।

प्रसाधन

युवावस्थामा म स्किनमा केही पनि लगाउँदिनथेँ तर उमेर बढ्दै गएपछि त्यसलाई पनि केयरको आवश्यकता पर्दो रहेछ। अहिले राम्रो क्वालिटीको कस्मेटिक प्रयोग गर्छु। मैले अहिले प्रयोग गर्ने मोस्चराइजर, सनक्रिमहरू सिप्पिज ब्युटी होमकी ब्युटी एक्सपर्ट सिर्जना प्रधानले बनाएकी हुन्। नेपाली हावापानी र स्किनको टेक्सर अनुकुल भएकाले नियमित रूपमा त्यही लगाइरहेकी छु। फाउन्डेसन एसडी अलोरको प्रयोग गर्छु। लिपिस्टिक लगाउँदिन, बाहिरबाट ल्याइएका राम्रा ब्रान्डका लिप ग्लस लगाउँछु। घरमै ट्रेडिसनल रूपमा तयार पारिएको गाजल मात्र लगाउँछु।   

खानपान

जंकफुड खान्न। तेल, मसला सकेसम्म प्रयोग गर्दिन। भेज पनि नपाक्ने गरी नेचुरल टेस्टमा खान्छु। बिजी सेडुअलका कारण छोरीहरूका लागि तयार पारेकै ब्रेक फास्ट बोकेर अफिस जान्छु। लञ्च प्रायः बाहिरै हुन्छ। साँझ नुडल्स वा सुक्खा रोटी खान्छु। मैदा प्रयोग गर्दिन। पानी पिइरहन्छु। कहिलेकाहीँ सिजनल फलफूल खान्छु तर मलाई फलफूल त्यति मन पर्दैन।

दिनचर्या

म बिहान ७ बजेभित्र उठिसक्छु। उठ्नासाथ १ कप चिया पिउँछु। मुडअनुसार कहिले कालो चिया, कहिले गि्रन टी त कहिले नेपाली टी लिन्छु। त्यसपछि नुहाइधुवाइ गरेर ५ देखि १० मिनेट धूप बालेर भगवान्को पूजा गर्छु। पूजाकोठामा सबै देवता छन् तर अबिर तथा अक्षताले पूजा गर्दिन। त्यसपछि छोरीहरूलाई उठाउँछु। सानी छोरी सानै भएकीले उनलाई तयार पार्छु। खाना, दूध खाए खाएनन् हेर्छु। ८.३० सम्ममा तीनै जना छोरीलाई स्कुल पठाइसक्छु। घरमा बिहानको ९ बजेसम्म फोन अफ राख्छु। दिनभरि काममा दगुरादगुर हुन्छ। साँझको समय घरमै छोरीहरूसँग बिताउँछु। उनीहरूको होम वर्क टीभी हेर्दै श्रीमान्ले गाइड गरिदिनुहुन्छ। म भान्सामा गएर नयाँ-नयाँ रेसिपी ट्राई गर्छु।  साँझको केही समय पढ्न तथा लेख्नका लागि छुट्याएकी छु।

स्नेहा राणा, मेकअप आर्टिस्ट

शरीर मेन्टनका लागि

म नियमित ८ घन्टा सुत्छु। निद्राले पनि सुन्दरतामा अहम् भूमिका खेल्छ। घरमै डम्बेल प्रयोग गर्छु। एकदिन अप द बडी तथा अर्काे दिन लो द बडी डम्बेल उठाउँछु। योग पनि गर्छु। योगले फिट हुन सहयोग गर्नुका साथै एकाग्र बनाउँछ। गर्मीमा बिहानदेखि साँझसम्ममा ४ पटक फलफूल खान्छु। फलफूलले शरीरमा बेग्लै ताजापन ल्याउँछ। चिल्लो, पिरो एवं चिया खान्न तर पानी भने प्रशस्त पिउँछु।

सौन्दर्य मेन्टनका लागि

१५-१५ दिनमा एकपटक फेसियल गराउँछु। यो उमेरमा फेसियलले मसललाई टोन गर्छ। जाडोमा एभोकाडो काटेर अनुहारमा दल्छु। हप्तामा एकपटक फेसप्याक लगाउँछु। म सकेसम्म सनब्लक लगाउँछु। राति मेकअप पुछ्न बिर्सन्न। सुत्ने बेला नाइट क्रिम लगाउँछु। केश नबिगि्रयोस् भनेर पिनाले नुहाउँछु।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

म कुनै कुरामा टेन्सन लिन्न। तैपनि उमेर बढ्दै गएपछि मानसिक रूपमा कमजोर भइन्छ, स्वास्थ्य बिग्रन्छ भन्ने कुराहरू सुन्छु। त्यसैले मेन्टली पनि फिट हुनुपर्छ भन्ने मान्यता लिएर नै एक्सरसाइज, योग एवं मौसमी स्वस्थ खाना मात्र खान्छु। म संगीतप्रेमी हुँ त्यसैले उठेदेखि नसुतुन्जेलसम्म संगीत सुन्छु। बिहान उठेर एक्सरसाइज गर्दा होस्, ब्रेकफास्ट खाँदा होस्, कसैको मेकअप गरिदिँदा होस् वा सुत्न बेडमा जाँदा होस्, संगीतको सुमधुर ध्वनिले मलाई फ्रेस बनाइरहेको हुन्छ। कुनै कुराले मन अशान्त भयो कि पियानो बजाएर संगीतमा डुब्छु।

खानपान

बिहान दूधसँग एक चम्चा च्यवनप्रास खान्छु। दुई लिटरजति गि्रन टी पिउँछु। ब्रेकफास्टमा मेवा तथा दूध खान्छु। रातभरि भिजाइएको ४-४ वटा पिस्ता, बदाम तथा किसमिस खान्छु।

दिनचर्या

बिहान ७ बजेतिर उठ्छु। उठेर नुवाइधुवाइ गरेपछि २५ मिनेटजति पूजा गर्छु। त्यसपछि ग्रीन टीबाट सुरु हुने मेरो दिन योग र एक्सरसाइजबाट अघि बढ्छ। ब्रेकफास्ट खाएपछि उक्त दिनको सेड्युलअनुसार तयार हुन्छु। मेकअपका लागि कति जनाको समय छ, कुनै प्रोग्राममा जानु छ कि, भेटघाटमा कोही आउँदै छन् कि ? सोहीअनुसार दिनभरिको काममा व्यस्त रहन्छु।

रविना देशराज श्रेष्ठ, बैंकर्स

शरीर मेन्टनका लागि

पानी धेरै पिउँछु। बिहान उठ्नासाथ एक थरमस मततातो पानी पिइहाल्छु। खानेकुरामा पर्याप्त ध्यान दिन्छु। कुण्डलिनी योग गर्छु जसले भित्रको ऊर्जा जगाउन सहयोग गर्छ। हरेक दिन १५ मिनेट जसरी पनि योगका लागि समय छुट्याउँछु। घरमै अन्य एक्सरसाइज पनि गर्छु। साइक्लिङ, एक्सरसाइज बल, वेटहरू गर्छु। उमेर बढ्दै गएपछि मसलहरू पनि लुज हुँदै जान्छन्। त्यसैले योग, एक्सरसाइज एवं खानेकुरामा ध्यान दिनुपर्छ।

सौन्दर्य मेन्टनका लागि     

नियमित रूपमा टोनर र क्लिन्जर प्रयोग गर्छु। हप्तामा एकपटक फेस स्क्रब गर्छु। राम्रो देखिने चाहना सबैमा हुन्छ। त्यसैले म होल बडी स्क्रब गर्छु। दिनहुँ नुहाएर शरीरमा क्रिम लगाउँछु। अनुहारका साथमा पूरा शरीरलाई केयरको आवश्यकता पर्छ। समय-समयमा फ्रेस भेज तथा फ्रुटहरूले अनुहार मसाज गर्छु। मेवा, गोलभेंडा, स्ट्रबेरी आदि जे उपलब्ध छ, त्यसैलाई काटेर केही समय अनुहारमा राख्छु। यसले अनुहारमा चमक ल्याउँछ। केशमा सेसा तेल लगाउँछु। समय-समयमा पेडिक्योर, मेनिक्योर गराउँछु तर फेसियल रुचाउँदिन।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

ध्यान र योग गर्छु। मन ब्यालेन्समा राख्न सक्नुपर्छ। म तनावको स्थितिमा पनि मनलाई शान्त राख्न सक्छु, कहिल्यै आत्तिन्न। तनावको स्थिति उत्पन्न भैहाल्यो भने जे गर्दा खुसी लाग्छ त्यही गर्छु। यसरी मानसिक रूपमा स्वस्थ रहन मद्दत मिल्छ। सुखमा मात्तिने, दुःखमा आत्तिने अवस्था नै तनावको मुख्य जड हो।

प्रसाधन

म क्लिनिक ब्रान्ड चलाउँछु। अहिले अमेरिकन ब्रान्ड प्रयोग गर्न थालेकी छु। आँखामुनिका लागि अन्डर आई क्रिम लगाउँछु।

खानपान

चिउरालाई खैरो हुन्जेल भुटेर किसमिस, ओखर, पेस्ता, काजु, बदाम आदि मिसाई बट्टामा राख्छु। हरेक बिहान त्यसलाई दूधमा हालेर बे्रकफास्टका रूपमा खान्छु। ३० वर्षको उमेरपछि चिनी खान छोडेकी छु। लञ्च अफिसमै खान्छु। लञ्चमा प्रायः पास्ता, सलाद खान्छु। अफिसमा ११ बजेतिर गाजर तथा फलफूलहरू काटेर ल्याइदिन्छन्। म पेटलाई २-२ घन्टामा केही न केही दिइरहनुपर्छ भन्ने मान्यता राख्छु। ओखर, बदाम, सुगरफ्री बिस्कुटहरू खाइरहन्छु, जसले गर्दा ग्यास्टि्रक हुँदैन। राति भुजा खान्न, नुडल सुप, हरिया तरकारी तथा सलादहरू खान्छु। प्रोटिनका लागि दाल पिउँछु। अण्डाको सेतो भाग ६-७ वटासम्म खाइदिन्छु। दालचिनी उमालेर बिहान-बेलुका पिउँछु, जसले शरीरमा भएको टक्सिनलाई बाहिर निकाल्छ।

दिनचर्या

बिहान ५.४५ सम्ममा उठिसक्छु। उठेर आँखा बन्द गरी परमात्मालाई धन्यवाद भनेर पानी पिउँछु। ७.३० मा छोरालाई स्कुल पठाउनुपर्छ। छोरालाई ब्रेकफास्ट ख्वाएर स्कुल पठाउँछु। ठूलो छोराका लागि पनि ब्रेकफास्ट तयार पार्छु। त्यसपछि योग र एक्सरसाइज गर्छु। नुहाएर रेडी भएपछि पूजा गर्छु। पूजा सकेर ब्रेकफास्ट खाइसकेपछि अफिस जान्छु। अफिसमा दिनभरि काममा व्यस्त रहनुपर्छ। ७ बजेतिर अफिसबाट घर पुग्छु। घरमा छोराहरूसँग केही समय बिताउँछु र भोलिपल्टको कार्यक्रम मिलाउँछु।

रुबी राणा, मिस नेपाल तथा सौन्दर्यविद्

शरीर मेन्टनका लागि

उठ्नासाथ हर्बल टी पिउँछु। ओछ्यानमै १० मिनेट जति ध्यान गर्छु। सकारात्मक कुरा दिमागमा राख्छु, आज के-के काम छ, आफ्ना गल्तीहरू के-के छन् भनेर मनन गर्छु। ७ः३० बजेतिर जस्मिन हेल्थ क्लब पुग्छु। ट्रेडमिल, डम्बल, स्ट्रचिङ र एप्सको एक्सरसाइज बढी गर्छु जसले मलाई यो उमेरसम्म पनि त्यत्तिकै फिट राख्न सहयोग गरेको छ। मेरो काम पनि व्यायामजस्तै हो। उठेर यताउता गर्दै अरूलाई सिंगार्नुपर्ने, सौन्दर्यमा निखार ल्याउनुपर्ने हुँदा त्यसले पनि स्लिम रहन सघाइरहेको हुन्छ।

सौन्दर्य मेन्टनका लागि

हरेक दिन बिहान-बेलुका दुईपटक क्लिन्जिङ र टोनिङ गर्छु। बिहान टोटल प्रोटेक्सन लगाउँछु, राति सुत्ने बेला सुपर हाइड्रेटिङ क्रिम लगाउँछु। आफ्नो छाला र मेकअपमा बढी ध्यान पुर्‍याउँछु। हरेक महिना बडी मसाज गराउँछु। १५ दिनको एकपटक अक्सिजन बोटानिकलको फेसियल गर्छु। ओयल मसाज, हेयर टि्रटमेन्ट पनि हप्ता दिन बिराएर गर्छु। पेडिक्योर, मेनिक्योर महिनाको एकपटक गराउँछु।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

म समयअनुसार चल्छु। म टेन्सन हुनुपूर्व नै सतर्क भएर त्यसको समाधान निकाल्छु। घर, सासू-ससुरा, छोरीहरू, श्रीमान्, पार्लर, विजनेस आदि हरेक कुरा राम्रोसँग म्यानेज गरिरहेकी छु। मैले समयको महत्व बुझेकी छु। मुमा क्यान्सरको रोगी, बुबा प्यारालाइसिसको बिरामी, एसएलसी दिने छोरी, २ कक्षामा पढ्ने सानी छोरी, श्रीमान्, पार्लर आदि सबै काम एक्लैले भ्याउन गार्‍हो छ। त्यसैले म सबैलाई कामको बाँडफाँड गरिदिन्छु। यसरी कामको जिम्मेवारी नसुम्पने हो भने त पागलै भइन्छ। छोरीहरू आ-आफ्नो काम गर्छन् भने श्रीमान्ले पनि घरको काममा सहयोग पुर्‍याउनुहुन्छ। कहिलेकाहीँ मानसिक तनाव भैहाल्यो भने मेरो रिल्याक्सिङ होम भनेकै ब्युटी होम हो। त्यहीँ गएर म्युजिक सिस्टम अन गरेर च्याट फलोअप गर्छु, फोटो क्लिक गरेर फेसबुकमा अपडेट हुन्छु। साथीहरूको कमेन्टले पनि सकारात्मक सोच आउँछ जसबाट टेन्सनमुक्त रहन सहयोग मिल्छ।

प्रसाधनहरू

ओरेफेमका प्रोडक्टहरू प्रयोग गर्छु।

खानपान

भुजा कम खान्छु, रोटी, नुडल, सुप तथा सिजनल फलफूल बढी खान्छु। प्रशस्त पानी पिउँछु। तैलीय पदार्थ कम खान्छु।

दिनचर्या

बिहान ६ बजे उठ्छु तर आवश्यक पर्‍यो भने ४ बजे नै पनि उठ्नसक्छु। राति नै भोलिपल्टको योजना बनाउँछु र त्यसको पालना गर्छु। छोरीहरूका लागि आवश्यक ड्रेसदेखि ब्यागहरू राति नै मिलाउन लगाउँछु। राति नै तरकारीहरू काटकुट गरेर भ्याकुम बट्टामा राख्छु। जसले गर्दा बिहान आधा घन्टामा सबै पाकिहाल्छ। उठेर छोरीहरूको ब्रेकफास्ट तयार गरी ७ः३० मा जिम पुग्छु। एक-डेढ घन्टा जिममा वर्कआउट गरेर घर फर्किएपछि खाना तयार गरी १०ः३० बजेसम्म भान्साको काम भ्याउँछु। ११.३० मा पार्लर पुग्छु, जहाँ ग्राहकको मागअनुसार सिंगार्ने, टि्रटमेन्ट गर्ने आदि कार्यमा व्यस्त रहन्छु। लगभग ६ बजेतिर घर पुग्छु। त्यहाँ परिवारका सबै सदस्य बसेर गफ गर्ने, सबैले आ-आफ्नो दिनचर्या कस्तो रह्यो भनेर सुनाउने काम हुन्छ। त्यसपछि श्रीमान् वा म भान्सामा गएर खाना तयार गछौर्ं।

विदुषी राणा,

शरीर मेन्टनका लागि

हप्ताको ४ दिनजति वानुज फिटनेस सेन्टरमा गएर वर्क आउट गर्छु। जहाँ एरोविक्स, जिम, वेट सबै गर्छु। विगत ७ वर्षदेखि वानुजमा नियमित जाँदैछु।

सौन्दर्य मेन्टनका लागि     

मेरो छाला सुख्खा भएकाले पर्याप्त मोस्चराइजर लगाउँछु। वर्षको दुई पटक फेसियल गराउँछु। पेडिक्योर, मेनिक्योर समय मिलाएर गराइरहन्छु। फेसवास गरेर मात्र सुत्छु। राति पार्टीबाट र्फकंदा दुई बजे पनि फेस क्लिन गर्न बिर्सन्न। मेकअप पुछी मोस्चराइजर लगाएर मात्र सुत्छु। गुणस्तरीय प्रोडक्टहरू प्रयोग गर्छु।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

शरीर स्वस्थ भए मस्तिष्क पनि त्यत्तिकै फ्रेस तथा स्वस्थ रहन्छ। वर्कआउटले पनि मस्तिष्कलाई ताजा गराउँछ। म नकारात्मक कुरा मनमा लिन्न। केही समस्या, टेन्सन आइहाल्यो भने श्रीमान्सँग सेयर गर्छु, दिदी-भाइसँग सल्लाह गर्छु। जे छ त्यसमा खुसी हुने भएकाले पनि मलाई त्यति टेन्सन हुँदैन। मुड फ्रेस राख्न हिन्दी सुफी एवं पुराना फिल्मका सुमधुर संगीत सुन्छु। गाडीमा पनि म्युजिक बजिरहेकै हुन्छ। मनमा कुरा खेलायो वा आफूसँग नभएको कुरा खोज्यो भने  दुःख तथा टेन्सन बढ्ने हो, जुन मैले कहिल्यै गरिन।

प्रसाधनहरू

म स्तरीय ब्रान्ड नै प्रयोग गर्छु यद्यपि त्यसमा पनि फरक-फरक ब्रान्ड छन्। म्याक, ल्यान्डकम, सेनेल तथा बडी ग्राम बढी प्रयोग गर्छु।

खानपान

म बिहान तथा बेलुका नेपाली स्टाइलको दाल, भात, तरकारी, मासु, अचार आदि नै खान्छु। खानामा त्यति नियन्त्रण छैन, फलफूल ठीकै मात्र खान्छु। मीठो खान मन लाग्छ। त्यसैले एक्सरसाइज बढी गर्छु।

दिनचर्या

बिहान ७.३० तिर उठ्छु। उठेर छोराछोरीलाई ८ बजे स्कुल पठाउने तयारीमा जुट्छु। त्यसपछि घरको केही काम हेरेर १० बजे एक्सरसाइजका लागि वानुज पुग्छु। एक घन्टाजति वर्क आउट गरेर ११ बजे घर पुग्छु। नुवाइधुवाइ गरेर कहिले घरमै त कहिले साथीहरूसँग बाहिर लञ्च खान्छु। अहिले श्रीमान्को अफिसको काम हेर्न थालेकीले ३ः३० सम्म उतै हुन्छु। छोराछोरी घर पुग्ने बेलासम्म घर आइपुगिसक्छु। छोराछोरीको होम वर्क, प्रोजेक्ट वर्क आदि हेर्छु। पार्टी, कार्यक्रमहरूमा पनि पुगिरहन्छु भने छोराछोरीहरूको छुट्टीमा घुमघामका लागि हामी विदेश पुग्छौं। मेरा दिनहरू उनीहरूलाई ख्वाउने-खाने आदि काम गर्दै साधारण नेपाली महिलाको जस्तै बितिरहेको छ।

मेलिना मानन्धर, नायिका

शरीर मेन्टनका लागि

छोरी भएपछि मैले योग, एक्सरसाइज आदि केही गरेकी छैन। छोरीकै हेरचाहमा बढी समय गैरहेको छ। उसलाई गर्ने स्याहार-सुसारले नै मलाई एक्सरसाइज पुग्छ। समय पाएँ भने आँखा चिम्लेर ध्यान गर्छु जसले दिमागमा सकारात्मक कुरा सम्प्रेषण गर्न सहयोग गर्छ।

सौन्दर्य मेन्टनका लागि

सुत्ने बेला मेकअप उतारेर मात्र सुत्छु। क्लिन्जिङपछि सधैं नाइट क्रिम लगाउँछु। दिउँसो डे क्रिम र कम्प्याक्ट लगाउँछु। लक्ष्मी दिदीको पल्स ब्युटिपार्लरमा फेसियल, मेनिक्योर, पेडिक्योर तथा हेयर टि्रटमेन्टका लागि समय मिलाएर पुगिरहन्छु। कहिलेकाहीँ घरमा पनि प्याकहरू लगाउँछु।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

छोरी पाएपछि मैले कामै ठप्प गरें। भर्खरै मात्र काम सुरु गर्दैछु। काम रोक्नुको मुख्य कारण नै छोरीलाई समय दिन नसक्दा उत्पन्न हुने तनावको डर हो। छोरीको काम गर्दा रिलिफ हुन्छ। जस्तोसुकै टेन्सन भए पनि उनको अनुहार हेर्दा आनन्द आउँछ। कहिलेकाहीँ धेरै तनावजस्तो भयो भने एक्लै क्लासिक धुनहरू बजाएर एकान्तमा बस्छु जसले ५ मिनेटमै मानसिक तनाव भगाउँछ।

प्रसाधनहरू

आलमण्डको क्रिम, ग्लिसरिन आदि प्रयोग गर्छु भने लोरियलको फाउन्डेसन लगाउँछु, लिपिस्टिकमा बाहिरबाट ल्याइएका अनेकौं ब्रान्ड छन्।

खानपान

चिल्लो खान्न तर पिरो चाहिन्छ। ड्राइफ्रुट मन पर्छ, सुन्तला बढी मन पराउँछु। अरू त नर्मल दाल, भात, तरकारी नै खान्छु।

दिनचर्या

जाडोमा बिहान ७ः३० मा उठ्छु भने गर्मीमा ६ बजे नै उठिसक्छु। उठेर पूजापाठ गरी चिया पिइसकेपछि छोरीको माम तयार पार्छु। उसलाई १० बजे स्कुल पठाएपछि हामी बूढाबूढी खाना खान्छौं। १२ बजेसम्म घरकै काम, सरसफाइमा बिताउँछु। त्यसपछि २ घन्टा यताउता काममा निस्कन्छु र ३ः३० मा छोरीलाई स्कुलबाट ल्याएपछि घरकै नियमित काममा व्यस्त हुन्छु। अहिले काम सुरु गर्न थालेकाले म सुटिङमा जाँदा मुकेशले छोरीलाई हेर्छ तर मैले पूरै समय सुटिङमा दिएकी छैन। अहिले मेरो दिनचर्या साधारण नेपाली गृहिणीको जस्तै छ।

उषा खड्गी, मिस नेपाल तथा फेसन डिजाइनर

शरीर मेन्टनका लागि

हरेक बिहान आधा घन्टा योग गर्छु। उठ्नेबित्तिकै मनतातो पानी पिउँछु। खानामा कार्बाेहाइडे्रट कम प्रोटिन बढी खान्छु। शरीर मेन्टनकै लागि चिनी छोडेकी छु। हरेक दिन ताजा जुस पिउँछु। गर्मीमा सुन्तला र मौसमको जुस पिउँछु भने जाडोमा उखुको जुस पिउँछु।

सौन्दर्य मेन्टनका लागि

मेकअप र स्किन केयरका लागि स्तरीय ब्रान्ड प्रयोग गर्छु। सौन्दर्य मेन्टनका लागि आफूलाई समय दिन्छु। महिनाको एकपटक फेसियल, मेनिक्योर, पेडिक्योर आदि गराउँछु। हप्ताको एकपटक ओयल मसाज गराउँछु। प्रत्येक १५ दिनमा हेयर टि्रटमेन्ट गराउँछु भने मनबाटै राम्रो हुने प्रयास पनि गर्छु। सकारात्मक सोच राख्ने, खुसी हुने प्रयास गर्छु। फिट एण्ड फाइन देखिन सफा-सुग्घर भएर हिँड्छु।

मानसिक स्वास्थ्य दुरुस्त राख्न

सक्रिय जीवन एवं व्यस्त तालिका हुँदा मानसिक टेन्सन त हुन्छ नै। त्यसमा पनि उमेर बढ्दै गएपछि टेन्सन बढ्ने रहेछ। त्यसैले गीतहरू सुन्छु, इन्टरनेट चलाउँछु र पत्रपत्रिकाहरू पढेर फ्रेस हुन्छु। सोसल साइडमा अपडेट भैरहन्छु। साथीहरूसँग गेटटुगेदर गरिरहन्छु। श्रीमान् र छोरीसँग वर्षको एकपटक विदेश पुग्छु भने समय-समयमा पोखरा, वीरगञ्ज, नगरकोट, धुलिखेलतिर गएर समय बिताउँछु।

प्रसाधनहरू

हेयर केयरका लागि क्लिनिक प्लस प्रयोग गर्छु। क्लिन्जिङका लागि निभिया तथा स्किन केयरका लागि लोरियल लगाउँछु। मेकअपमा भने रेभलोन चलाउँछु।

दिनचर्या

बिहान उठेर छोरीलाई ८ बजे स्कुल पठाएपछि मेरो दिन सुरु हुन्छ। भगवान्को पूजा, योग आदि गरेर दुई कप चिया पिउँछु। भान्सामा पकाएर, खाने, ख्वाउने सबै काम सकेपछि श्रीमान्सँग मिलेर खोलेको अफिस प्रोमोटोस नेपाल पुग्छु। १२ बजेसम्म अफिसमा व्यस्त हुन्छु भने १ बजेपछि बुटिक पुग्छु। त्यहाँ ग्राहकसँग डिल गर्ने, नयाँ डिजाइन बनाउने आदि काम गर्छु। मेरो सधैं एउटै रुटिन भने हुँदैन। सुटिङ पर्दा दिनभरि उतै व्यस्त हुन्छु भने विभिन्न कार्यक्रममा अतिथिका रूपमा पनि उपस्थित हुनुपर्छ। म व्यक्तित्व विकासका क्लासहरू पनि लिन्छु। साधारणतया साँझ ६ बजेसम्म कामबाट फ्री भैसक्छु। घर गएर छोरीलाई मनपर्ने खीर, पुलाउ एवं तरकारी आदि पकाएर ख्वाउँछु। सुत्नुअघि टिभी हेर्दै छोरीसँग समय बिताउँछु।

 Image