Successfully Copied

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न भयो । पुष्प व्यवसायको विकास एवं व्यापार प्रवर्द्धन गर्ने

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न भयो । पुष्प व्यवसायको विकास एवं व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (फ्यान) ले आयोजना गरेको उक्त प्रदर्शनी एवं प्रतियोगिता चार दिनसम्म चलेको थियो । मेलामा ९५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टल राखिएका थिए । मेलामा भारतमा विकास भएका प्रविधिहरू पनि उपलब्ध थिए । मेलामा उत्कृष्ट स्टलहरूलाई पुरस्कृतसमेत गरियो । पुरस्कृत हुनेमा स्टलतर्फ न्यू सनफ्लावर नर्सरी, ल्यान्डस्केपतर्फ बज्रयोगिनी बगैंचा निर्माण सेवा, मौसमी फूल र फुल्ने बिरुवातर्फ न्यू सनफ्लावर नर्सरी, आलंकारिक बिरुवातर्फ साइकल नर्सरी तथा पुष्प सजावटमा द फ्रेस फ्लावर सप छन् ।

 राजधानीलगायत भरतपुर, धरान तथा नुवाकोटका सहभागी व्यवसायीहरूले मौसमी फूल, आलंकारिक बोटबिरुवा, कटफ्लावर, ड्राइफ्लावर, सुनाखरी कम्पोस्ट मललगायतका फूललाई आवश्यक पर्ने सामग्री बिक्रीका लागि राखेका थिए । यसपटकको मेलामा भारत, बंगलादेश, जापान, हल्यान्ड एवं अमेरिकाका र्फमको पनि सहभागिता थियो । चार दिनसम्म चलेको प्रदर्शनीमा १ करोडको व्यवसाय भएको फ्यानले बताएको छ ।



 Image