Successfully Copied

महिलाको शरीरमाथि आफ्नै अधिकार होस्

नेपालमा माइ बडी माइ राइट्सको अवधारणा प्रवेश गरेको धेरै भएको छैन। महिलाको हकमा निकै महत्त्वपूर्ण यो अवधारणाले महिलामा रहेको प्रजनन् क्षमतासँग प्रत्यक्ष सरोकार राख्नुका साथै शारीरिक अधिकारका समग्र कुरालाई समेट्छ। महिलाका सन्दर्भमा यो निकै महत्वपूर्ण कुरा हो। यद्यपि धेरैजसो नेपाली महिला अनेकौं कष्ट

नेपालमा माइ बडी माइ राइट्सको अवधारणा प्रवेश गरेको धेरै भएको छैन। महिलाको हकमा निकै महत्त्वपूर्ण यो अवधारणाले महिलामा रहेको प्रजनन् क्षमतासँग प्रत्यक्ष सरोकार राख्नुका साथै शारीरिक अधिकारका समग्र कुरालाई समेट्छ। महिलाका सन्दर्भमा यो निकै महत्वपूर्ण कुरा हो। यद्यपि धेरैजसो नेपाली महिला अनेकौं कष्ट सहन बाध्य छन्। यद्यपि माइ बडी माइ राइट्सको कुरा पनि विभिन्न अवसर पारेर मात्र चर्चा हुन्छ। शरीरमाथि आफ्नो अधिकारको सिद्धान्तले आफूलाई माया गर्न सिकाउनुका साथै शारीरिक सुरक्षामा पनि सचेत गराउँछ। त्यसैगरी माइ राइट्सले स्वअस्तित्व र स्वनिर्णयको अधिकारका बारेमा सचेत गराउँछ। धेरैजसो मुलुकका नागरिक यो अधिकारप्रति सचेत छन् तर नेपालमा आफ्नो शरीरमाथिको अधिकार उपभोग गर्ने महिलाको संख्या निकै कम छ। यो सिद्धान्त महिलाको प्रजनन्सँग प्रत्यक्ष रूपमा जोडिएर आउँछ। बच्चा कहिले जन्माउने, कति जन्माउने वा कति समयको अन्तरालमा जन्माउने, अनिच्छित गर्भ रहेको अवस्थामा राख्ने कि नराख्ने, महिनावारी बार्ने कि नबार्ने आदिका साथै शारीरिक सम्पर्कका विषयमा पनि यसले सरोकार राख्छ। यस किसिमको अधिकार उपभोग गर्ने महिला शारीरिक तथा मानसिक दुवै रूपमा स्वस्थ त हुन्छन् नै त्यसका अतिरिक्त उनीहरूको करियर विकास पनि दु्रत गतिमा हुन्छ। यस्तो कुरा शिक्षित वर्गमा मात्र सीमित हुनुहुँदैन। आफ्नो शरीरमाथिको सम्पूर्ण अधिकार आफैंमा छ भन्ने चेतना आमनेपाली महिलासम्म नपुगुन्जेल नाराले मात्र केही हुँदैन। त्यसैले यस विषयमा सम्पूर्ण नागरिकलाई जानकारी दिने काम नारी पत्रिकाको जिम्मेवारीभित्र पर्छ।

      - सम्झना केसी

नेपालटार, काठमाडौं

वैदेशिक रोजगारीमा महिला

नेपालबाट थुप्रै महिला वैदेशिक

रोजगारीमा छन् । तीमध्ये धेरैजसो सुरक्षित छैनन् । विदेश जानुअघि त्यहाँको वस्तुस्थिति नबुझी हचुवामा निर्णय गर्नु तथा मेनपावर एजेन्सीहरूले यथार्थ कुरा नबताउने कारणले पनि महिलाहरू बढी पीडित भएका छन् । विदेशमा भरोसा गरेका व्यक्तिहरूले धोका दिएर हुने ठगी तथा अन्य विभिन्न कारणले अलपत्र परेका कारण महिला कामदारहरू सुरक्षित हुन नसकेका हुन् । सुखद भविष्य निर्माण गर्ने सपना बोकेर विदेश पुगेका नेपाली चेलीहरूले अनेकौं समस्या बेहोरिरहेका छन् । ती समस्याको समाधान आवश्यक छ अनि मात्र चेलीहरूका लागि विदेशको रोजगारी सार्थक हुनेछ ।

      - दमयन्ती नेपाल

महाराजगञ्ज, काठमाडौं

गत महिना सम्पन्न विश्व नेपाली नारी साहित्य सम्मेलनले महिलाका सकारात्मक प्रयासको प्रशंसा गरेको छ जुन सुखद् कुरा हो।

      - रबिना थापा, बाँसबारी

बलिउड नायिकाहरूको वैवाहिक जीवनका बारेमा पढ्न पाउँदा सार्‍है खुसी लाग्यो। (विवाहपछिको परिवर्तन, नारी जेठ)

      - राधा बस्नेत, हेटौंडा

गत अंक अंकमा प्रकाशित नायिका ईशा गौतमको मेकओभर मन पर्‍यो।

      - सलिना बानियाँ, बानियाँटार, काठमाडौं

जेठ अंकको आवरणमा  प्रकाशित तस्बिर सार्‍है राम्रो रह्यो।

      - बबिना मैनाली, स्वयम्भू

गत वर्ष नेपालमा राम्रा-नराम्रा काममार्फत चर्चा कमाउन सफल नारीहरूका बारेमा दिइएको जानकारी रमाइलो लाग्यो। (वर्षका चर्चित महिला, नारी वैशाख)

      - प्रतिमा थापा, धादिङ

नारीले सामाजिक काममा लागेर उदाहरणीय बनेका आम नेपाली महिलाका विषयमा जानकारी दिन कन्जुस्याइँ नगरोस्।

      - सुमित्रा कार्की, झापा

बालबालिकाको रेखदेख कसरी गर्ने तथा उनीहरूको विकासमा कसरी सहयोग गर्ने भन्ने विषयमा प्रकाशित लेख जानकारीमूलक एवं उपयोगी छ। यस्ता लेखले नियमित स्थान पाऊन्। (बालबालिकालाई कसरी बनाउने अलराउन्डर : नारी जेठ)

      - कृपा आचार्य, गैरीगाउँ, काठमाडौं

नारीमा साहित्यिक लेख-रचनाहरूलाई नियमित स्थान दिइयोस्।

      - प्रतिभा पुन, कीर्तिपुर

नेपाली नारीहरूको साहसिक कार्य प्रशंसनीय छ। उनीहरूको यस्तो साहसिक प्रयासमा सबैले शुभकामना दिएर सहयोग गर्नुपर्छ। (केटु आरोहणमा नेपाली महिला टिम : नारी जेठ)

      - सावित्री बस्ताकोटी, काठमाडौं

नारी पत्रिकाले दिने सौन्दर्य प्रसाधनसम्बन्धी जानकारी असाध्यै उपयोगी छ।

      - चन्द्रा सुवेदी, सूर्यविनायक, भक्तपुर

नारीमा प्रकाशित हुने स्वास्थ्यसम्न्धी जानकारी मजस्ता महिलाका लागि सार्‍है उपयोगी छन्।

      - शकुन्तला प्रधान, चावहिल

 Image