Successfully Copied

भिक्टोरिया सिटी

भिक्टोरिया अमेरिकाको लोकप्रिय तथा सफल ब्रान्ड हो । यहाँ भिक्टोरिया ब्रान्डका ब्रा सेट, पेन्टी सेट, जाइट वेयर, स्वीमिङ कस्टलगायत परफ्युम

भिक्टोरिया सिटी

आउटलेट : सिटी सेन्टर, विशेषता : ब्रान्डेड सामान तथा एसेसरिज कलेक्सन

भिक्टोरिया अमेरिकाको लोकप्रिय तथा सफल ब्रान्ड हो । यहाँ भिक्टोरिया ब्रान्डका ब्रा सेट, पेन्टी सेट, जाइट वेयर, स्वीमिङ कस्टलगायत परफ्युम, मिस्ट लिप ग्लज तथा एसेसरिज आदि उपलब्ध हुन्छन् । ग्राहकको मागलाई मध्यनजर गरी धेरै प्रकारका ब्रान्डेड तथा ननब्रान्डेड सामान एकै ठाउँमा पाइने राम्रो गन्तव्य हो- भिक्टोरिया सिटी । यहाँ किशोरी तथा युवतीका लागि उपयुक्त भिक्टोरिया सेक्रेट ब्रान्डका सामानबाहेक सबै वर्गका महिलाका लागि विविध सामग्री उपलब्ध हुन्छन् । यहाँ एसेसरिजमा कानमा लगाउने गहना तथा नेकपिस तथा हातमा लगाउने ब्रासलेटहरू पनि पाइन्छन् । भिक्टोरिया गिफ्ट आइटमका रूपमा सामान किन्न सकिने उपयुक्त गन्तव्य हो । यहाँ ९५ रुपैंयाँदेखि ३ हजार ६ सय रुपैंयाँसम्म पर्ने सामान सुपथ मूल्यमा खरिद गर्न सकिन्छ । हरेक तीन महिनामा नयाँ टे्रन्डका सामान भित्र्याउने भिक्टोरिया सिटीले अहिलेको मागबमोजिमका सामान उपलब्ध गराई ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

दुर्गा  ब्युटिपार्लर

स्थान  : गोंगबु, विशेषता  : सबै प्रकारका सौन्दर्य सेवाका लागि उपयोगी

\"\"सौन्दर्यको संसार विविधतायुक्त छ । यही कुरा मनन गरी दुर्गा ब्युटिपार्लरको अवधारणा विकास भएको हो । गोंगबुस्थित दुर्गा ब्युटिपार्लरले छोटो समयमै लोकप्रियता हासिल गरेको छ । यहाँको मेकअप, फेसियल तथा हेयर कट सबै उत्कृष्ट छन् । यहाँ सेवा प्रदान गर्दा ब्रान्डेड सौन्दर्य प्रसाधन नै प्रयोग गरिन्छ । यो पार्लरमा सफा एवं सुन्दर वातावरणमा सेवा प्राप्त गर्न सकिन्छ । पार्किङको पनि व्यवस्था भएको यो पार्लरमा अहिले छुटको सुविधा पनि उपलब्ध छ ।

सिजी डिजिटल

\"\"आउटलेट : भाटभटेनी, विशेषता : बहुराष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स सामानहरू एउटै छानामुनि उपलब्ध । सिजी डिजिटल सबैखालका बहुराष्ट्रिय ब्रान्डका घरायसी सामानहरू एउटै छानामुनि उपलब्ध गराउने मनसायले स्थापना भएको ठूलो डिजिटल शोरुम हो । स्थापनाको दुई वर्षमै सिजी डिजिटल घरायसी सामानहरूका लागि एउटा भरपर्दो नाम भैसकेको छ । पार्किङको पर्याप्त सुविधायुक्त यो आउटलेट ३ तल्लामा विभाजित छ । हरेक तल्लामा फरक-फरक उपकरण छन् जहाँ आफूलाई चाहिएको सामग्री छानी-छानी खरिद गर्न सकिन्छ । यहाँ सबै सामग्री ब्रान्डेड मात्र पाइने भएकाले ढुक्क भएर खरिद गर्न सकिन्छ ।

मोनालिसा (छैठौं सोरुम)

आउटलेट : दरबारमार्ग, विशेषता : जेन्स वेयरका सबै आइटम एकै ठाउँमा पाइने

\"\"तीन दशकभन्दा लामो अनुभव बटुलेको मोनालिसा एक्सक्लुसिभ टेक्सटाइल्सले राजधानीमा आफ्नो शाखा बिस्तार गरेको छ । गत माघ महिनामा दरबारमार्गमा मोनालिसाको छैठौं शोरुम खुलेको छ । यसका साथै मोनालिसाले भारतको बहुप्रतिष्ठित ब्रान्ड 'मान्यवर' को बिक्री पनि प्रारम्भ गरेको छ । मान्यवर पुरुषको मौलिक पहिरनका लागि विश्वव्यापी नाम हो । मान्यवरको शेरवानी, कुर्ता तथा इन्डो-वेस्ट्रन पहिरन मोनालिसाको शोरुममा उपलब्ध हुनेछ । प्रसिद्ध एवं उच्चतम गुणस्तरको कपडाको मागलाई मध्यनजर गरी मोनालिसा एक्सक्लुसिभ टेक्सटाइल्सले यस्ता विशेष शोरुमहरू बिस्तार गर्दै गएको छ । पछिल्लो फेसनमा रहेका पहिरन उपलब्ध गराउने उद्देश्यका साथ मोनालिसाले समय-समयमा आफूलाई अपडेट गर्दै लगेको छ ।

 Image