Successfully Copied

जयन्ती स्मृति प्रतिष्ठानद्वारा महिलाको स्वास्थ्य जाँच गरिने

महिलाहरूले घरपरिवार तथा छोराछोरीको हेरविचार गर्दागर्दै आफ्नो स्वास्थ्यमा ध्यान दिन भ्याउँदैनन् । यही कुरालाई मध्यनजर गर्दै तीजको अवसरमा ‘गो रेड फर वुमन’ नाराका साथ महिलाको नि:शुल्क स्वास्थ्य जाँच गरिने जयन्ती स्मृति प्रतिष्ठानकी प्रोग्राम एण्ड कम्युनिकेसन म्यानेजर शिताष्मा शाहले बताइन् ।

जयन्ती स्मृति प्रतिष्ठानद्वारा महिलाको स्वास्थ्य जाँच गरिने

१२ वर्षअघि स्थापना भएको जयन्ती स्मृति प्रतिष्ठानले समय–समयमा हेल्थ क्याम्प संचालन गर्दै आएको छ । महिलाहरूले घरपरिवार तथा छोराछोरीको हेरविचार गर्दागर्दै आफ्नो स्वास्थ्यमा ध्यान दिन भ्याउँदैनन् । यही कुरालाई मध्यनजर गर्दै तीजको अवसरमा ‘गो रेड फर वुमन’ नाराका साथ महिलाको नि:शुल्क स्वास्थ्य जाँच गरिने जयन्ती स्मृति प्रतिष्ठानकी प्रोग्राम एण्ड कम्युनिकेसन म्यानेजर शिताष्मा शाहले बताइन् । 

भदौ ३ गतेदेखि ६ सम्म चल्ने तीज महोत्सवका अवसरमा जयन्ती स्मृति प्रतिष्ठानले वुमन्स क्रियसनसँग मिलेर महिलाको रक्तचाप, बीएमआई तथा ग्लुकोज जाँच गर्नेछ । महिलाहरूमा मेनोपजपछि मधुमेह तथा अन्य रोग लाग्ने सम्भावना भएकाले कोलस्ट्रोल, ग्लुकोज तथा रक्तचाप जाँच गर्नु जरुरी हुन्छ । प्रतिष्ठानले प्रत्येक वर्ष उपत्यकाबाहिर हेल्थ क्याम्प संचालन गर्दै आएको छ जसअनुसार हालसम्म बाँके, बर्दिया, धनगढी, कैलाली आदि ठाउँमा महिलाहरूका लागि हेल्थ क्याम्प संचालन भैसकेका छन् । 

 Image