स्किन, लेजर एण्ड प्लास्टिक सर्जरी सेन्टर

हप्ताको सातै दिन संचालनमा आउने यो सेन्टर शनिबार २ बजेसम्म मात्र खुल्ला रहन्छ । यहाँ डन्डिफोर, चाउरीपन तथा मखिया हटाउने कामसमेत गरिन्छ । यहाँ भारत र सिंगापुरका साथै लन्डनका चिकित्सकसँगको टेली डर्मेटोलोजी सेवा पनि उपलब्ध छ ।

उपासना पाण्डे

श्रावण ३२, २०७२ठूला स्तनलाई साना तथा सानालाई ठूला बनाउन अनावश्यक रौं हटाउन, नराम्रो नाकलाई राम्रो बनाउन, अनावश्यक कोठीका समस्याबाट छुटकारा दिलाउन महाराजगन्जमा डर्मापरफेक्ट स्किन, लेजर एण्ड प्लास्टिक सर्जरी सेन्टर स्थापना भएको छ । यो सेन्टरमा साना आँखा ठूला बनाउने, हेयर ट्रान्सप्लान्ट, शरीरमा पलाएको मुसा फाल्ने आदि काम पनि गरिन्छ  । बिरामीलाई असहज नहोस् भनेर सेन्टरमा स्पा तथा क्याफ्टेरिया पनि संचालन गरिएको डा. अपर्णा शाहले बताइन् ।

दुई महिनाअघि स्थापना भएको यो सेन्टरमा धेरै नेपाली तथा विदेशीले सेवा लिइसकेका छन् । हप्ताको सातै दिन संचालनमा आउने यो सेन्टर शनिबार २ बजेसम्म मात्र खुल्ला रहन्छ । यहाँ डन्डिफोर, चाउरीपन तथा मखिया हटाउने कामसमेत गरिन्छ । यहाँ भारत र सिंगापुरका साथै लन्डनका चिकित्सकसँगको टेली डर्मेटोलोजी सेवा पनि उपलब्ध छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>