Successfully Copied

म्युजिक भिडियोमा जमेकी वर्षा

फुर्सदमा टिभी हेर्ने, पुस्तकहरू पढ्ने वर्षा साथीहरूसँग घुमघाम गर्न रुचाउँछिन् । भोजनप्रेमी वर्षा जुनसुकै परिकार मीठो मानेर खान्छिन् । जिन्स तथा टिसर्टमा हिँड्न रुचाउने राउत मोटाउँदै गएको महसुस गरेर जिम जान थालेकी छिन् । कमल खत्रीको तस्बिर एवं प्रकाश तिमिल्सिनाको खल्ली उनलाई

साढे दुई वर्षदेखि म्युजिक भिडियोमार्फत सानोपर्दामा छाइररहेकी मोडल हुन्–वर्षा राउत । अहिलेसम्म ६ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी वर्षा यसैमा व्यस्त छिन् । कमल खत्रीको तस्बिर एवं प्रकाश तिमिल्सिनाको खल्ली उनलाई आफूले काम गरेकामध्ये सर्वाधिक मन परेका भिडियो हुन् । बीबीएस दोस्रो वर्षमा अध्ययनरत वर्षालाई चलचित्रबाट प्रस्ताव आए पनि उनी अध्ययनमा समय दिनुपर्ने भएकाले चलचित्रमा देखा परेकी छैनन् । अहिले उनी पेपर एड तथा पत्रपत्रिकाको फोटोसुटमा व्यस्त छिन् । फुर्सदमा टिभी हेर्ने, पुस्तकहरू पढ्ने वर्षा साथीहरूसँग घुमघाम गर्न रुचाउँछिन् । भोजनप्रेमी वर्षा जुनसुकै परिकार मीठो मानेर खान्छिन् । जिन्स तथा टिसर्टमा हिँड्न रुचाउने राउत मोटाउँदै गएको महसुस गरेर जिम जान थालेकी छिन् । प्रियंका कार्की एवं सौगात मल्लको अभिनयबाट प्रभावित वर्षाले भविष्यमा सफल कलाकार बन्ने सपना सजाएकी छिन् ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप तथा हेयर स्टाइल : मनीषा व्यञ्जनकार

पहिरन : अमितेश कर्ण, जर्दाेजी बुटिक, लाजिम्पाट

लोकेसन : मृगस्थली, पशुपति क्षेत्र

 Image