Successfully Copied

साडी रोज्दा ध्यान पुर्‍याऔं

महिलाको सुन्दरता, शालीनता, यौवन एवं व्यक्तित्वमा साडीले ठूलो प्रभाव पार्छ । नेपाली महिलाहरूको प्रमुख पहिरनमध्ये साडी पनि एक हो । समय र अवस्थाअनुसार साडीको स्वरूप एवं शैलीमा परिवर्तन हुँदै आएको छ ।

महिलाको सुन्दरता, शालीनता, यौवन एवं व्यक्तित्वमा साडीले ठूलो प्रभाव पार्छ । नेपाली महिलाहरूको प्रमुख पहिरनमध्ये साडी पनि एक हो । समय र अवस्थाअनुसार साडीको स्वरूप एवं शैलीमा परिवर्तन हुँदै आएको छ । बार्‍ह हाते लामो साडीदेखि रेडिमेड साडीको शैलीसम्म आइपुग्दा साडीको स्वरूपमा निकै परिवर्तन देखा परेको छ । 

कसरी छनोट गर्ने ? 

–युवतीहरूले साडी लगाउन झन्झट महसुस गर्छन् तसर्थ युवतीहरूका लागि सिफन, जर्जेट, नेटजस्ता फेब्रिकका हलुका साडी उपयुक्त हुन्छन् । 

–युवतीहरूले ब्राइट, पिंक, ग्रीन, एलो आदि क्यान्डी कलर छनोट गर्नुपर्छ । 

–युवतीहरूको फिगर राम्रो हुन्छ र बडी पनि फिट र टोन्ड हुन्छ, त्यसैले उनीहरूले साडीका साथमा मज्जाले एक्सपेरिमेन्ट गर्न सक्छन् । साडीमा बस्टियर, हल्टर ब्लाउज, सर्ट, ज्याकेट वेल्ट, ट्राउजर, प्रिन्टेड पेटिकोट आदि प्रयोग गर्न सकिन्छ । 

–हेभी वर्क भएको वा प्रिन्टेड साडी लगाउँदा परिपक्व देखिने भएकाले युवतीहरूका लागि त्यति उपयुक्त मानिँदैनन् । 

–हेभी ज्वेलरीको साटो डेलिकेट ज्वेलरी लगाउनुपर्छ । 

कुन अवसरमा कस्तो साडी ? 

–ककटेल पार्टीमा जानु छ भने गाउन साडी उपयुक्त हुन्छ । 

–साथीको इंगेजमेन्ट पार्टीमा जानु छ भने सेक्सी लुकका लागि सिफनको साडीका साथमा बस्टियर लगाउनुपर्छ । 

–फर्मल वा कर्पोरेट मिटिङका लागि साडीका साथमा ज्याकेट वा बेल्ट सुहाउँदो हुन्छ । 

शरीर मोटो भएकाहरूका लागि 

–मोटो शरीर भएका महिलाहरूले त्यस्तो साडी छनोट गर्नुपर्छ जसमा मोटोपन लुक्न सक्छ । 

–पारदर्शी साडीबाट जोगिनुपर्छ । 

–सिफन, जर्जेट तथा सिल्कको लाइट वेट साडी लगाउँदा स्लिम देखिन सकिन्छ । 

–धेरै हाइ वा लो नेक ब्लाउजबाट जोगिनुपर्छ, यसबाट अपर बडी हेभी देखिन्छ । ब्लाउजको नेक सात इन्च हुनुपर्छ । 

–साडी नाभीभन्दा धेरै मुनि लगाउनु हुँदैन, साडी थोरै माथि लगाउँदा पेट ठूलो देखिँदैन । 

–स्लिभलेस ब्लाउज लगाउँदा अझ बढी मोटो देखिने हुनाले त्यस्ता पहिरन छनोट गर्नु हुँदैन बरु केप स्लिभ प्रयोग गर्न सकिन्छ । 

–स्टार्च वा मोटो फेब्रिकको साडी लगाउनु हुँदैन । 

–ठूल्ठूला प्रिन्ट्स र हेभी इम्ब्रोइडरीयुक्त साडी पनि उपयुक्त मानिँदैन । 

परिपक्व महिलाले कस्तो साडी लगाउने ? 

–४० वर्षपछि साडी छनोट गर्दा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । यो उमेरमा धेरै एक्सपेरिमेन्ट गर्नु हुँदैन । –विवाह जस्तो विशेष अवसरमा बनारसी, चँदरीजस्ता एलिगेन्ट साडी लगाउनुपर्छ । 

–फ्लोरल प्रिन्ट, ह्यान्डलुम आदि राम्रो रोजाइ हुनसक्छन् । 

–साधारण ब्लाउज लगाउनुपर्छ । 

–हेभी वा चंकी ज्वेलरीबाट जोगिनुपर्छ । डेलिकेट तथा क्लासी ज्वेलरी लगाउनुपर्छ । 

उचाइ कम छ भने

–उचाइ कम भएका महिलाहरूले सार्प कन्ट्रास्टबाट जोगिनुपर्छ । जस्तै रेडका साथमा ग्रीनको कम्बिनेसनको साटो रेडका साथमा पिंकको कम्बिनेसन उत्तम हुन्छ । टोन अन टोन सेड छनोट गर्दा अग्लो देखिन सकिन्छ, तर कन्ट्रास्ट कलर छनोट गर्दा उचाइ कम देखिन्छ । 

–ठूलो र बोल्ड प्रिन्ट लगाउनु हुँदैन । यसबाट उचाइ कम देखिन्छ । सानो र डेलिकेट प्रिन्ट्स उत्तम हुन्छ । 

–यसैगरी हेभी इम्ब्रोइडरी र मोटो फेब्रिक भएको साडीबाट जोगिनुपर्छ । 

–उचाइ कम छ र मोटाइ बढी छ भने डार्क कलरको साडी लगाउनुपर्छ । 

–चौडा बोर्डर भएको साडी लगाउनु हुँदैन । २–३ इन्चको बोर्डर पर्याप्त हुन्छ । 

अफिसका लागि

–जर्जेट, सिफन तथा सिल्कका प्रिन्टेड साडी लगाउन सकिन्छ । यस्ता साडीका साथमा पर्ल र डायमन्डको ज्वेलरी क्यारी गर्न सकिन्छ । 

–अफिसमा पिंक, पिच, एक्वा, ओलिभ ग्रीनजस्ता सफ्ट र फ्रेस रंगका साडी लगाउनुपर्छ । 

–अफिसमा धेरै इम्बेलिस्ड साडी लगाउनु ठीक हुँदैन । 

–मिटिङ वा प्रेजेन्टेसनमा साडीका साथमा ब्लेजर वा ज्याकेट लगाउन सकिन्छ । 

न्यु साडी ट्रेन्डस्

–रेडी टु वेयर साडी 

–लेहेंगा साडी 

–गाउन साडी 

–धोती साडी 

–साडी विद बेल्ट 

–साडी विद व्याकेट

–साडी विद ट्राउजर

 

 Image