Successfully Copied

तीज मेकअप प्रश्नोत्तर

तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ । बढी नाचगान गरिने भएकाले पसिना आएर मेकअप पखालिने भएकाले वाटरप्रुफ मेकअप गर्नुपरेको हो । मेकअप सकिएपछि मेकअप सेट स्प्रे गर्नुपर्छ

सुषमा महरा, फेसियल हाउस, काठमाडौं मल तथा चावेल

तीजमा कस्तो मेकअप गर्दा धेरै समय टिक्छ ?

तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ । बढी नाचगान गरिने भएकाले पसिना आएर मेकअप पखालिने भएकाले वाटरप्रुफ मेकअप गर्नुपरेको हो । मेकअप सकिएपछि मेकअप सेट स्प्रे गर्नुपर्छ । 

कसरी घरमै सजिलै मेकअप गर्न सकिन्छ र?

सुरुमा आफूलाई सुट हुने सनब्लक लगाउने त्यसपछि स्किन प्राइमर अनुहार, घाँटी र कानमा राम्रोसँग लगाउने । स्किन कलरको पेनस्टिक वा कन्सिलर दाग भएको ठाउामा लगाउने र हलुका हातले मिलाउने । फाउन्डेसन पूरै अनुहार, घाँटी र कानमा दल्ने । त्यसमाथि लुज पाउडर लगाउने र स्प्रे छर्कने । 

आई र लिप मेकअप कस्तो गर्नुपर्छ र ?

कपडाको कलरसँग म्याच गर्ने आइस्याडोलाई आईबलमा मिलाएर लगाउने । ग्रिन र रेडलाई ध्यानमा राखेर गोल्डेनले हाइलाइट गर्ने अनि माथि र तल ब्ल्याक सेड पनि दिने । त्यसपछि गाजल र गालामा सुहाउने रोज लगाउने । रातो कलरको वाटरप्रुफ लिपिस्टिक लगाएर वाटर कलरको लिप ग्लस लगाउने । तीजका बेला केशको स्याहारका लागि के गर्न सकिन्छ ?

महिना दिनअघिदेखि नै केशको स्याहार गर्नुपर्छ । केशलाई फिस ओइलले मसाज गर्दा साइनिङ आउँछ । यदि फिस ओइल छैन भने अलमन्ड बदामको पेस्ट र ओखरको पेस्ट हप्ताको एकपटक लगाउने । जसले केशमा साइनिङ आउनुका साथै त्यसलाई झर्नबाट पनि जोगाउँछ । यसले गर्दा तीजमा रातो पहिरनमा दिनभरि घाममा बस्दा पनि साइनिङ जस्ताको तस्तै हुन्छ ।

तीजमा कस्तो हेयर स्टाइल सुहाउँछ र ?

केशको डिजाइन गर्दा अगाडि थोरै पफ उठाएर साइड सिउदो बनाउने र लाछा लगाएर बाट्ने अनि केशको साइडमा चन्द्रमा, नत्थी वा रातो फूल लगाउने । 

 Image