Successfully Copied

शुभेच्छा खड्का, भिजे तथा मोडल

शुभेच्छा खड्काले बनाएका तीज परिकारहरू

चिकेन साँधेको

सामग्री 

कुखुराको मासु : आधा केजी 

पेस्ट : २ चम्चा 

अदुवा र लसुन : अलिकति

टिम्मुर : ४–५ दाना पिसेको 

चिकेन मसला : आधा चम्चा  

प्याज : एउटा

हरियो खुर्सानी : ५–६ वटा

धनियाँ : सजाउन

नुन : स्वादअनुसार

बेसार : आधा चम्चा

विधि 

कुखुराको मासुलाई उसिनेर हड्डी निकाली एउटै आकारमा लाम्चो आकारमा काट्ने । त्यसमा अदुवा–लसुनको पेस्ट, टिम्मुर, चिकेन मसला एवं खुर्सानी हालेर मोल्ने । कागतीको रस, हरियो खुर्सानी एवं धनियाँ छर्किएपछि साँधेको चिकेन तयार हुन्छ । यो चिकेनलाई पुलाउमा हाल्ने । टमाटर उसिनेर पेस्ट बनाई गेडागुडी पकाएर त्यही पुलाउमा मिसाउने अनि खाने बेला दही मिसाउँदा अझ मीठो हुन्छ । 

फिस फिङ्गर

सामग्री 

बेक्टी फिस : ३ सय ग्राम 

अण्डा : एउटा

मैदा : २ चम्चा

कर्नफ्लोर : २ चम्चा

भिनेगर :   २ थोपा

मस्टर्ड पाउडर : १ चम्चा

कागतीको रस : २ चम्चा

लसुनको पेस्ट : १ चम्चा

नुन–मरिच : स्वादअनुसार 

ब्रेडक्रम : ५ ग्राम

तेल : १ कप

विधि 

तेल र ब्रेडक्रमवाहेक सबैलाई एउटै भाँडामा हालेर मोल्ने । मोलिसकेपछि माछालाई ब्रेडक्रममा  राम्रोसँग लटपटाउने । फ्राई प्यानमा तेल तताएपछि माछालाई फ्राई गर्ने । खैरो रंगको भएपछि बाहिर निकाल्ने । यसरी तयार भएको फिस फिङ्गर सलाद तथा पार्सलीका साथ खान सकिन्छ । 

आलु साँधेको 

सामग्री 

आलु : १ केजी उसिनेको

प्याज : २ वटा मसिनो गरी काटेको

अदुवा र लसुनको पेस्ट : २ चम्चा

सेतो तिल पिसेको : ३ चम्चा

कागतीको रस : १ चम्चा

नुन : स्वादअनुसार

बेसार : थोरै

भुटेको तोरीको तेल : २ चम्चा

मेथी : आधा चम्चा ।

विधि 

उसिनेको आलुको बोक्रा निकालेर एउटै आकारमा काट्ने र प्याज, अदुवा, लसुनको पेस्ट, नुन, तिल तथा कागतीको रस हालेर मोल्ने । तेल तताएर मेथी पड्काई बेसारसहित झान्ने । 

 Image