Successfully Copied

हेल्दी एण्ड फ्रेस जीवन

–चाँडै सुत्ने तथा चाँडै उठ््ने बानी स्वास्थ्यका दृष्टिले अत्यन्तै लाभदायक हुन्छ । भनिन्छ–सुन्दर बिहानीले दिनलाई नै सुन्दर र फ्रेस बनाइदिन्छ । राति चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले मानिस स्वस्थ हुन्छ ।

–चाँडै सुत्ने तथा चाँडै उठ््ने बानी स्वास्थ्यका दृष्टिले अत्यन्तै लाभदायक हुन्छ । भनिन्छ–सुन्दर बिहानीले दिनलाई नै सुन्दर र फ्रेस बनाइदिन्छ । राति चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले मानिस स्वस्थ हुन्छ । 

–बिहान कम्तीमा ३० मिनेट योग गर्नाले शरीर स्वस्थ रहन्छ । योग नियमित गर्नु आवश्यक हुन्छ । योगले रोग टाढा भाग्छ । 

–दैनिक चिसो पानीले नुहाउँदा राति मीठो निद्रा पर्छ । दैनिक अफिस जाने मानिसले चिसो पानीले नुहाउँदा उसको दैनिकी नै ताजा हुन्छ । चिसो पानीले नुहाउनाले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । 

–खानासँग नियमित रूपमा दही खाए अनुहारको चमक कायम रहने मात्र होइन अधिकांश रोगको उपचार पनि हुन्छ । नियमित दही खानाले धेरै प्रकारका तनाबबाट पनि मुक्ति मिल्छ । 

–लामो समयसम्म बस्नु पनि राम्रो होइन । यदि आठ घन्टा लामो समय बसेर काम गर्नु छ भने टाउकोमा असर पर्छ । त्यसैले समय–समयमा उठेर दुई–चार पाइला हिँड्नु राम्रो हो । 

–हेल्दी र फ्रेस शरीरका लागि साथी बनाउनु पनि आवश्यक हुन्छ । कामले गर्दा मानिसमा स्ट्रेसको मात्र बढ्नु स्वाभाविक हो । यस्तो बेलामा आफ्नो मिल्ने साथीसँग कुरा सेयर गर्दा फ्रेस अनुभूति हुन्छ ।

–कम खाने र बढी पिउने मानिस  स्वस्थ रहन सक्छ । चिकित्सकहरूका अनुसार धेरै खाना खानु बेफाइदाजनक छ । दैनिक खानामा बढी लिक्विड फुड हुनु  फाइदाजनक हुन्छ ।

 

 Image