Successfully Copied

तस्बिर लिँदा

प्राकृतिक दृश्यलाई क्यामेरामा उतार्दा चमक सबैभन्दा विशेष हुन्छ । प्राकृतिक दृश्यको फोटोग्राफीका लागि बिहान र साँझको समय उपयुक्त हुन्छ । प्रकाश छिटोछिटो परिवर्तन भैरहने दृश्यका लागि फास्ट फिल्म प्रयोग गर्नुपर्छ ।

–प्राकृतिक दृश्यलाई क्यामेरामा उतार्दा चमक सबैभन्दा विशेष हुन्छ । प्राकृतिक दृश्यको फोटोग्राफीका लागि बिहान र साँझको समय उपयुक्त हुन्छ । प्रकाश छिटोछिटो परिवर्तन भैरहने दृश्यका लागि फास्ट फिल्म प्रयोग गर्नुपर्छ ।

–रात्रि फोटोग्राफीका लागि सधैं फास्ट फिल्म प्रयोग गर्नुपर्छ, जहाँसम्म सकिन्छ फ्ल्यास प्रयोग गर्नुहुँदैन ।

–पिक्चर आउट हुन नदिन क्यामेरा स्ट्यान्ड प्रयोग गर्न सकिन्छ ।

–सब्जेक्ट वा अब्जेक्टको वरिपरि भएको प्रकाशलाई जस्टिफाइ गर्नुपर्छ । प्रकाश छैन भने फ्ल्यास वा अन्य विकल्पबाट त्यसको पूर्ति गर्न सकिन्छ ।

–डिजिटल कम्प्याक्ट क्यामेरामा नाइट मोड फङ्सन पनि हुन्छ । त्यसको प्रयोग गर्दा पहिले फ्ल्यास अफ गर्नुपर्छ र क्यामेरालाई स्टिल सपोर्ट दिनुपर्छ ।

–स्मारक स्थिर हुन्छ । त्यसैले एकपटक आफ्नो सब्जेक्टलाई बुझ्नुपर्छ, लाइट जाँच गर्नुपर्छ । फ्ल्यास प्रयोग गरेर स्टिल एंगलबाट क्लिक गर्नुपर्छ ।

–सामान्य नियम के छ भने स्ट्रङ क्रस लाइट प्रयोग गरेर राम्रो आर्किटेक्चर फोटोग्राफी गर्न सकिन्छ । त्यसका लागि बिहान र दिउँसोको समय उपयुक्त हुन्छ ।

केही खास कुरा

क्यामेरा

डिजिटल क्यामेरा छ भने धेरै राम्रो । क्यानन, ओलम्पस, सोनी, सामसुङजस्ता कम्पनीका राम्रा डिजिटल क्यामेरा रिजनेबल मूल्यमै उपलब्ध छन् । बजारमा ट्राभल फोटोग्राफीका लागि विशेष क्यामेरा पनि पाइन्छ ।

लाइट

प्राय:जसो मानिस सूर्यतिर फर्केर वा तेज प्रकाशको विपरीत दिशाबाट तस्बिर खिच्छन् । यसले तस्बिर कालो हुन्छ । तस्बिर लिँदा प्रकाश फोटोग्राफरको पछाडि वा छेउछाउमा हुनुपर्छ ।

फोकस

धेरैजसो मानिस जुन अब्जेब्टको तस्बिर लिन चाहन्छन् त्योभन्दा धेरै टाढा उभिन्छन् । त्यतिबेला मस्तिष्क त अब्जेक्टमा केन्द्रित हुन्छ, तर क्यामेरा होइन । कुनै पनि अब्जेक्टलाई सही भिज्युलाइज गर्न लङ र जुम लेन्स प्रयोग गर्नुपर्छ अनि मात्र फोकस बन्छ ।

क्लिक

जुन अब्जेक्टको तस्बिर लिनु छ त्यसलाई पूर्णरूपमा क्रस फ्रेममा राख्नुपर्छ । कहिलेकाहीँ तस्बिरमा कसैको खुट्टा आउँदैन त कसैको टाउको, यस्तोमा जुम प्रयोग गर्न सकिन्छ वा आफै अगाडि–पछाडि सर्न सकिन्छ । 

 Image