Successfully Copied

प्रियासनको नजरमा नायिका नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठ यतिबेला चर्चाको शिखरमा छिन् । नम्रता हेर्दा जति राम्री छिन्, उनको जीवनमा त्योभन्दा भयानक उत्तारचढावहरू आएका छन्, तर सबै उत्तारचढावलाई चिर्दै नम्रता श्रेष्ठ निरन्तर अगाडि बढेपछि यतिबेला उनी पर्दामा मात्र होइन, सामाजिक क्रियाकलापहरूमा पनि अत्यधिक लोकप्रिय बनेकी छिन् ।

नायिका नम्रता श्रेष्ठ यतिबेला चर्चाको शिखरमा छिन् । नम्रता हेर्दा जति राम्री छिन्, उनको जीवनमा त्योभन्दा भयानक उत्तारचढावहरू आएका छन्, तर सबै उत्तारचढावलाई चिर्दै नम्रता श्रेष्ठ निरन्तर अगाडि बढेपछि यतिबेला उनी पर्दामा मात्र होइन, सामाजिक क्रियाकलापहरूमा पनि अत्यधिक लोकप्रिय बनेकी छिन् । नायिका श्रेष्ठको जिन्दगीका यी र यस्तै परिवेशहरू समेटेर युवा पत्रकार एवं साहित्यकार सविन प्रियासनले उपन्यास निकाल्ने तयारी गरेका छन् ।

दाङ निवासी साहित्यकार प्रियासनले नायिका नम्रता श्रेष्ठले अहिलेसम्म झेल्नुपरेको समस्या, चुनौती र संघर्ष तथा त्यसपछिको सफलतालाई उपन्यासमा समावेश गरेका छन् । दसैंभन्दा अगाडि बजारमा उपन्यास निकाल्ने तयारी गरिरहेका प्रियासनले उपन्यासका लागि नायिका नम्रता श्रेष्ठसँग फोनबाट सयौं पटक वार्तालाप गरेको बताए । प्रियासनका अनुसार उपन्यासमा नम्रता श्रेष्ठको चलचित्र क्षेत्रको मात्र विषयवस्तु नभएर नम्रता सामाजिक अभियानमा सक्रियताका साथ लागेको प्रसंगहरू पनि समावेश छन् । उपन्यासका सबै विषयवस्तु इमेलमार्फत नम्रताले अध्ययन गरेको बताउने प्रियासन भन्छन्– ‘नायिका नम्रता श्रेष्ठले जीवनमा ठूलै संघर्ष गरेकी छन् । संघर्षले उनलाई आज सफल बनाएको छ ।’

नम्रताको जीवनबाट धेरै कुरा सिक्न सकिने बताउने प्रियासनले उपन्यासलाई पठनीय बनाउन समाजमा घटेका अन्य विभिन्न प्रसंगलाई पनि समावेश गरेको बताए । ‘उपन्यासमा भूकम्प गएको समयमा नम्रताले चलाएको सामाजिक अभियानका बारेमा पनि प्रसंगहरू समावेश गरिएका छन्,’ साहित्यकार प्रियासनले थपे, ‘मानिसहरूले स–साना घटनामा पनि आत्महत्यासम्मका कार्यहरू गर्छन् तर नम्रताले आफूमाथि परेको संकट र चुनौतीलाई पार गरिन् । संघर्ष गरेपछि सफल भइन्छ भन्ने दरिलो नमुना बन्न सफल नम्रताको यही कुराबाट प्रभावित भएर उपन्यास तयार पारेको छु । समग्रमा भन्ने हो भने उपन्यास सन्देशमूलक र पठनीय बनेको छ ।’

 Image