Successfully Copied

हेल्दी होमको सातौं शाखा बिस्तार

शारीरिक तौल र मोटोपन घटाएर स्वस्थ जीवनको आधार तयार पार्न सहयोगीका रूपमा देखिँदै आएको हेल्दी होम, नेचुरल हेल्थ केयर सेन्टर प्रा.लि.ले आफ्नो सातौं शाखा बिस्तार गरेको छ ।

शारीरिक तौल र मोटोपन घटाएर स्वस्थ जीवनको आधार तयार पार्न सहयोगीका रूपमा देखिँदै आएको हेल्दी होम, नेचुरल हेल्थ केयर सेन्टर प्रा.लि.ले आफ्नो सातौं शाखा बिस्तार गरेको छ । यसअघि महिलाहरूका लागि मात्र केन्द्रित हेल्दी होमको सेवा अब पुरूषहरूका लागि पनि  खुल्ला भएको छ । जमलस्थित विश्वज्योति मलको तेस्रो तलामा संचालनमा आएको हेल्दी होमको यो सातौं शाखाले पुरूषहरूलाई सेवा प्रदान गर्न लागेको छ । अभिनेत्री करिश्मा मानन्धरले रिबन काटेर शाखा बिस्तार गरेकी थिइन् । सिजन मिडियाले व्यवस्थापन गरेको यो कार्यक्रममा फेसन शो पनि गरिएको थियो । सिजन मिडियाले नै आयोजना गर्दै आएको मिस टिन कलेज, मिस ई कलेज र एसएलसी प्रिन्सेस्का विजेता र उपविजेता गरी ९ जना मोडल प्रस्तुत भएका थिए । सहभागी मोडलले फेसन सेन्टर, भाटभटेनीबाट उपलब्ध लेहेंगा र कुर्ता–सलवारको डिजाइन प्रस्तुत गरेका थिए । यी पहिरन शैली डिजाइन, आरामदायी र स्टाइलका सम्बन्धमा आकर्षक र सुन्दर देखिए । तीन चरणमा विभाजित फेसन शोमा साडी, कुर्ता–सलवार तथा अन्तिम राउन्डमा क्याजुअल मुडको निलेन्थ वानपिस मोडलले लगाएका थिए । 

 Image