Successfully Copied

बहुराष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स सामानहरू एउटै छानामुनि उपलब्ध।

सिजी डिजिटल सबैखालका बहुराष्ट्रिय ब्रान्डका घरायसी सामानहरू एउटै छानामुनि उपलब्ध गराउने मनसायले स्थापना भएको ठूलो डिजिटल शोरुम हो।

सिजी डिजिटल 

आउटलेट :  भाटभटेनी ।

विशेषता  : बहुराष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स सामानहरू एउटै छानामुनि उपलब्ध ।

सिजी डिजिटल सबैखालका बहुराष्ट्रिय ब्रान्डका घरायसी सामानहरू एउटै छानामुनि उपलब्ध गराउने मनसायले स्थापना भएको ठूलो डिजिटल शोरुम हो । स्थापनाको दुई वर्षमै सिजी डिजिटल घरायसी सामानहरूका लागि एउटा भरपर्दो नाम भैसकेको छ । पार्किङको पर्याप्त सुविधायुक्त यो आउटलेट ३ तल्लामा विभाजित छ । हरेक तल्लामा फरक–फरक उपकरण छन् जहाँ आफूलाई चाहिएको सामग्री छानी–छानी खरिद गर्न सकिन्छ । सिजी डिजिटलको उद्देश्य उपभोक्ताहरूलाई सामग्रीहरूको पर्याप्त जानकारी दिएर सामान बिक्री गर्नु हो । यहाँ सबै सामग्री ब्रान्डेड मात्र पाइने भएकाले ढुक्क भएर खरिद गर्न सकिन्छ । होम डेलिभरी तथा सामग्री जडानको सुविधासमेत उपलब्ध यो आउटलेटमा ६ सयभन्दा बढी मोडलका घरायसी सामग्री पाइन्छन् भने हरेक सामानमा वारेन्टीसमेत दिइन्छ । सिजी डिजिटलले अन्तर्राष्ट्रिय किनमेलको अनुभूति लिन सकिने यस्ता आउटलेट नेपालभरि बिस्तार गर्ने योजना बनाएको छ ।

 Image