Successfully Copied

पोर्क पोटेटो चाहिने सामग्री

५ सय ग्राम ठूलो आकारको आलु, २ वटा मध्यम आकारको टमाटर, १ सय ग्राम पोर्क किमा, १ चम्चा लसुन पेस्ट, आधा चम्चा हरियो खुर्सानीको पेस्ट, १ चम्चा नुन, मरिचको धूलो स्वादअनुसार, तेल आवश्यक मात्रामा, आधा चम्चा सोया सस ।

बनाउने विधि

आलुलाई छिलेर धुने । यसलाई चारकुने आकारमा काट्ने । कराईमा तेल तताउने । तेलमा आलु हालेर केही समय फ्राई गर्ने, क्रिस्पी भएपछि यसलाई प्लेटमा निकाल्ने । बाँकी तेलमा पोर्क राखेर फ्राई गर्ने । पकाउँदै यसमा लसुन तथा खुर्सानीको पेस्ट मिलाउने । केही बेर पकाएपछि यसमा आलु पनि मिसाउनुपर्छ । त्यसपछि पानी मिलाउनुपर्छ । नुन, मरिचको धूलो र यसमा सोया सस मिसाउनुपर्छ । आलु गल्दै गएपछि यसमा टमाटर काटेर मिसाउनुपर्छ । आलु गलेपछि यसमा केही कर्न फ्लोरलाई पानीमा घोल मिसाएर केही बेर पकाउनुपर्छ । त्यसपछि यसलाई तातो सर्व गर्नुपर्छ ।

 Image