Successfully Copied

दसैंको लागि न्यूड मेकअप

दसैं भन्ना साथ आफन्त संगको भेटघाट र आफुभन्दा ठूलाको हातवाट टिका, जमरा र आर्शिवाद लिइने चाड भन्ने बुझिन्छ । त्यसैले यो पर्वमा महिलाहरु दिनभरि फ्रेस देखिन र आफुलाई सुन्दर देखाउन मेकअप गरिन्छ । यसरी दिउँसो मेकअप गर्दा नेचुरल देखिने मेकअप गर्दा राम्रो देखिन्छ

रुश्का बैद्य श्रेष्ठ

सौन्दर्यविद

दसैं भन्ना साथ आफन्त संगको भेटघाट र आफुभन्दा ठूलाको हातवाट टिका, जमरा र आर्शिवाद लिइने चाड भन्ने बुझिन्छ । त्यसैले यो पर्वमा महिलाहरु दिनभरि फ्रेस देखिन र आफुलाई सुन्दर देखाउन मेकअप गरिन्छ । यसरी दिउँसो मेकअप गर्दा नेचुरल देखिने मेकअप गर्दा राम्रो देखिन्छ । प्राकृतिक सुन्दरता देखाउने मेकअप यानि न्यूड मेकअप । दिउँसो भदा मेकअप गर्दा प्राकृतिक सुन्दरता नदेखिने हुँदा यो मेकअप आजकल आकर्षित बन्न पुगेको छ । 

मेकअप

मेकअप भनले बनाउन भन्ने बुझिन्छ । अनुहारको नराम्रो भागलाई राम्रो देखाउन र राम्रोलाई अझ बढि सुन्दर देखाउन मेकअप गरिन्छ । न्युड मेकअप गर्दा ध्यानदिनुपर्ने कुराहरु :

आफनो छालाको रंगको फाउन्डेशन छनौट गर्ने । कालो वा डार्क ब्राउन आई लाइनर, ब्रोन्ज तथा मुगा रंगको ब्लसर, पिंक, ब्राउन, म्याट बेसमा गोल्डेन ब्राउन आइ स्याडो , कम्प्लेक्सन अनुसार लिप ग्लस तथा ब्राउन, पिच र पिंक कलरको लिपिस्टिक ।

न्यूड मेकअप गर्ने तरिका :

अनुहारलाइृ क्लिन्ज गर्ने र सनब्लक , डे क्रिम वा मोइच्चराइजर लगाउने । छालाको टोन अनुसार फाउन्डेसन लगाउने ।  ब्रसको मदतले पाउडर लगाउने । आँखा वरिपरि पनि राम्रोसंग लगाउने । आइब्रोलाइृ स्याडो ब्रसले हल्का ब्ल्याक कलर लगाएर सेप दिने । आइस्याडो लगाउँदा आइब्रो मुनि हल्का पहेंलो वा गोल्डेनले हाइलाइट गर्ने, आइ बलमा गाढा र आइ कर्नरमा बढी गाढा रंगको स्याडो लगाउने । मस्काराको प्रयोग गर्दा परेलाको रंग अनुसार ब्ल्याक वा ब्राउन भोलुम मस्कारा प्रयोग गर्ने । आईलाइनर प्रयोग गर्दा आँखाको भित्रवाट बाहिर गानि मसिनोवाट मोटो बनाउने । गालाको बोनलाई भन्दा तल पटि हल्का पिंक कलरको ब्लसर लगाउने र चमक दिनलाई ब्रोन्जर लगाउने । ओठको लिपिस्टक लगाउनु अघि ओठमा हल्का अनुहारमा लगाएको फाउन्डेसन वा कन्सिलर लगाउने । त्यस पछि लिपिस्टिक वा लिप ग्लस लगाउने । ओठलाइृ आकर्षक देखाउन हल्का गोल्डेन कलरलाइृ लिपिस्टिक पछि थोरै लगाउने ।   

 Image