Successfully Copied

करेसाबारी

घर–आँगन वरिपरि हरियाली भएको सबैलाई मन पर्छ । त्यसमा पनि त्यहाँ भएका सुन्दर फूल–बिरुवाले सबैलाई आकर्षित गर्छन् । आफ्नो घरमा भएको सानो बगैंचामा तरकारी, फलफूल हुर्काउनुको मज्जा बेग्लै हुन्छ ।

घर–आँगन वरिपरि हरियाली भएको सबैलाई मन पर्छ । त्यसमा पनि त्यहाँ भएका सुन्दर फूल–बिरुवाले सबैलाई आकर्षित गर्छन् । आफ्नो घरमा भएको सानो बगैंचामा तरकारी, फलफूल हुर्काउनुको मज्जा बेग्लै हुन्छ । यसका लागि हामी आफ्नो बगैंचामा विभिन्न तरकारी एवं फूल रोप्न सक्छौं ।

भिन्डी : जमिन अथवा ठूलो गमलामा नर्सरीबाट ल्याइएको बिरुवा रोप्ने । लाइनबाट लाइनको दूरी ३ फिट तथा बिरुवाबीचको फरक डेढ फुट राख्नुपर्छ ।

भान्टा : एउटा गमलामा एउटा मात्र बिरुवा रोप्ने । भुइँमा रोप्दा लाइनबाट लाइन तथा बिरुवाबाट बिरुवाको दूरी डेढदेखि २ फुटसम्म हुनुपर्छ ।

फूलगोभी : फूलगोभीलाई क्यारी बनाएर रोप्नुपर्छ  ।

भेंडेखुर्सानी : यसलाई रोप्ने उपयुक्त मौसम असार–साउन हो । भेंडेखुर्सानीलाई क्यारी बनाई भुइँमा अथवा गमलामा रोप्न सकिन्छ जसको दूरी डेढदेखि दुई फिटसम्म हुनुपर्छ ।

काँक्रा : ५–६ वटा काँक्राको बीउलाई भुइँमा रोप्ने । ठूलो भएपछि तीन वटा बिरुवा मात्र राख्ने र बाँकी हटाउने । काँक्राको बीउ  ५ देखि ६ इन्चसम्मको दूरीमा रोप्नु राम्रो हुन्छ ।

मेवा : घरको आँगन अथवा घरबारी ठूलो छ भने जमिनमा रोप्ने । ठूलो गमलामा पनि यसको बिरुवा रोप्न सकिन्छ । एउटा गमलामा एउटा मात्र बिरुवा रोप्नुपर्छ ।

टमाटर : रोप्न तयार भएको बिरुवा नर्सरीबाट ल्याएर भुइँ वा गमलामा रोप्न सकिन्छ । डेढदेखि २ फिटसम्मको दूरीमा बिरुवा रोप्नु राम्रो हुन्छ । बिरुवा हुर्कदै गएपछि यसलाई सहारा दिन काठको बार लगाउनुपर्छ ।

लहरा : लहराको बीउ ४ देखि ६ दिनमा बिरुवा बन्न थाल्छ । यसलाई डेढदेखि २ फिटको दूरीमा रोप्नुपर्छ । गमलामा २ वा ३ वटा बिरुवा लगाउन सकिन्छ । यसलाई पनि काठ अथवा कुनै लहराको सपोर्ट दिनु उचित हुन्छ ।

सूर्यमुखी : लामो बिरुवा हुने यो फूल निक्कै आकर्षक हुन्छ । यसको लामो तथा छोटो गरी दुई प्रजातिका बिरुवा उपलब्ध छन् । लामोको तुलनामा छोटो प्रजातिको सूर्यमुखीले धेरै फूल दिन्छ ।

कासमिया : यो ९० देखि १ सय २० सेन्टिमिटर अग्लो हुने बिरुवा हो । बीउलाई सीधै अथवा बिरुवा बनाएर क्यारीमा हुर्काउन सकिन्छ । कासमिया रोप्दा हल्का छायाँ पर्ने ठाउँ रोज्नुपर्छ ।

सेलोसिया : यसलाई बगैंचाको बाटोमा लगाउँदा बगैंचा अझ बढी खुल्छ । फूल सुकेपछि पनि यसको सुन्दरता कायमै रहन्छ । यसलाई घाम लाग्ने ठाउँमा रोप्नुपर्छ ।

नवरंग : यसको बिरुवा गमलामा भन्दा पनि क्यारीमा सुन्दर देखिन्छ । यसलाई वर्षभरि धेरै पटक लगाउन सकिन्छ ।

कोलियस : यो रंगीन पातका लागि प्रख्यात छ । कोलियस गमलामा रोप्न उपयुक्त बिरुवा हो । यसलाई बीउ अथवा कटिङबाट तयार गर्न सकिन्छ । यसलाई चर्को घामबाट जोगाउनुपर्छ ।

गुलटुर्रा : यो पर्पल तथा पिंक रंगमा पाइन्छ । प्लास्टिकको जस्तो देखिने यो फूल निकै आकर्षक हुन्छ । यसको बिरुवा नर्सरीमा किन्न सकिन्छ ।

गुल मेहन्दी : बीउलाई सीधै २५ देखि ३० सेन्टिमिटरको दूरीमा जमिनमा रोप्न सकिन्छ । हल्का छायाँ पर्ने ठाउँमा रोप्दा राम्रो फूल फुल्छ । सानो प्रजातिको बिरुवालाई क्यारीमा रोप्नुपर्छ । ठूलो प्रजातिमा भने यो दुई प्रकारको हुन्छ । पहिलो जसमा डाली बनेको हुन्छ भने अर्को थरीमा एउटा डन्डी भएर आएको हुन्छ ।

एमरेथस : यो बिरुवा रंगीन पातका लागि रोप्ने चलन छ । यो घरभित्र राख्ने राम्रो बिरुवा हो । यसको बीउलाई सीधै बिरुवा रोप्ने ठाउँमा उमार्न सकिन्छ ।

 Image