Successfully Copied

विवाहपछि मात्र भाइटिका गर्न पाउने मणिपुरवासीको तिहार....

भारतको मणिपुरमा जन्मिएकी डा. रंगिनालाई बाल्यकालदेखि नै तिहार असाध्यै मन पथ्र्यो । मणिपुरमा तिहार धुमधामसँग मनाइन्छ । तिहार आएपछि त्यहाँको वातावरण नै झिलिमिली र उल्लासमय हुन्थ्यो । तिहार मणिपुरको ठूलो चाड हो ।

डा. रंगिना लाइकांगबम शाह (बहिनी), कन्सल्टेन्ट,स्त्री तथा प्रसूति रोग विशेषज्ञ, अल्का अस्पताल, जावलाखेल 

लक्ष्मीकान्त लाइकांगबम (दाइ), सफ्टवेयर इन्जिनियर

भारतको मणिपुरमा जन्मिएकी डा. रंगिनालाई बाल्यकालदेखि नै तिहार असाध्यै मन पथ्र्यो । मणिपुरमा तिहार धुमधामसँग मनाइन्छ । तिहार आएपछि त्यहाँको वातावरण नै झिलिमिली र उल्लासमय हुन्थ्यो । तिहार मणिपुरको ठूलो चाड हो । यद्यपि त्यहाँ भाइटीका भने विवाह गरेपछि मात्र लगाउने चलन थियो । मणिपुरमा विवाह नभएका दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने चलन नभए पनि त्यहाँको तिहार दसैंजस्तो हुन्थ्यो । वर्षाैं भेट नभएका आफन्त एकै ठाउँमा भेला भएर विवाहित दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिन्थे । त्यो दिन मीठा–मीठा परिकार बनाइन्छ । मणिपुरमा मात्र पाइने ब्ल्याक राइसको खिर अत्यन्तै मीठो हुने भएकाले तिहारको दिन विशेष परिकारका रूपमा बनाइन्छ । सबैजना एकै ठाउँमा भेला हुने भएकाले  डा. रंगिना तिहारलाई आफन्त भेटघाटको रमाइलो अवसर मान्छिन् । उनका बुवा, फुपू तथा अन्य नातेदार एकै ठाउँमा भेला भएर टीका लगाइदिएको उनी अझै सम्झन्छिन् । उनी अविवाहित हुँदा दाइलाई टीका लगाउन नपाइने भएकाले धेरै तिहारमा आमासँगै मामाघर जान्थिन् । 

डा. रंगिनाको विवाह भएको ८ वर्ष भयो । विवाह भएपछि मात्र टीका लगाउने चलन तथा दाइ पनि अमेरिकामा भएकाले उनले दुई–तीनवटा तिहार मात्र दाइसँग मनाउन पाएकी छिन् । तिहारमा उनले दाइलाई फलफूल दिन्छिन् भने दाइले दक्षिणा तथा उपहार प्रदान गर्छन् । जब तिहारको आगमन हुन्छ तब रंगिनालाई दाइको अभाव महसुस हुन्छ । बजारमा मिठाईं, फलफूल एवं नरिवल आदि देखेपछि पनि उनी दाइलाई मिस गर्छिन् । यसपटकको तिहारमा पनि पहिलेकै तिहारजस्तै दाइसँग भाइबर तथा फोनमै कुरा गरेर चित्त बुझाउने डा. शाहले बताइन् । 

 Image