Successfully Copied

केकी अधिकारी, नायिका भाइ : बिम्ब अधिकारी

केकी र बिम्ब दुवै सिर्जनशील तथा पढाइमा अब्बल छन् । केकीका राम्रा समीक्षक पनि बिम्ब नै हुन् । उनको नराम्रो पक्ष हटाउन भाइकै विशेष भूमिका हुन्छ । उमेरले भाइ भए पनि परिपक्व अनि मोटिभेट गर्ने भएकाले ऊ अभिभावक नै महसुस हुने केकी बताउँछिन्

नायिका केकी तथा भाइ बिम्ब अधिकारीको उमेरमा साढे २ वर्षको फरक छ । बाल्यकालमा दिदी–भाइबीच धेरै झगडा पथ्र्यो । झगडा परे पनि उनीहरूबीच हात हालाहाल भने हुँदैनथ्यो । उमेर बढ्दै गएपछि उनीहरूमा माया–प्रेम बढ्दै गयो । केकी र बिम्ब दुवै सिर्जनशील तथा पढाइमा अब्बल छन् । केकीका राम्रा समीक्षक पनि बिम्ब नै हुन् । उनको नराम्रो पक्ष हटाउन भाइकै विशेष भूमिका हुन्छ । उमेरले भाइ भए पनि परिपक्व अनि मोटिभेट गर्ने भएकाले ऊ अभिभावक नै महसुस हुने केकी बताउँछिन् । दिदीले पनि उनका हरेक कुरामा सही–गलत एवं मोटिभेट हुने कुरा गरिरहने हुँदा आत्मबल बढ्ने बिम्ब बताउँछन् । साहित्य सिर्जनामा पनि यी दुई दिदीभाइको उत्तिकै रुचि छ । फुर्सद मिल्यो कि कापी, कलम खोलेर लेख्न थालिहाल्ने सानैदेखिको मिल्दो बानी उनीहरूको छ । कतिपय विचारमा मतभिन्नता हुँदा अझ राम्रो विचार निस्कने उनीहरूको तर्क छ । दिदीजस्तै अभिनयप्रति रुचि भएकै कारण बिम्ब पनि थिएटर आर्टिस्ट हुन् । उनलाई फिल्म मेकिङ, डाइरेक्सन एवं स्क्रिप्ट राइटिङमा रुचि छ । त्यसमा केकीको पूर्ण सपोर्ट छ । उनीहरू हरेक दिन डिनर टेबुलमा कम्तीमा पनि १ घन्टा चलचित्र, राजनीति, पारिवारिक तथा समसामयिक कुराकानी गर्छन् । यी दुईलाई बाहिरका साथी नै चाहिँदैनन् । केकीलाई संसारमा सबैभन्दा बढी माया लाग्ने व्यक्ति पनि भाइ नै हुन् । भाइटीकाले भाइसँगको सम्बन्ध थप प्रगाढ बनाउने केकीको धारणा छ ।

 

 Image