Successfully Copied

दिवावली तथा भाइटिकाको मंगलमय शुभकामना

यो तिहारको सबैभन्दा महत्वपूर्ण दिन हो । कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइदिन्छन् ।

यो तिहारको सबैभन्दा महत्वपूर्ण दिन हो । कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइदिन्छन् । यो दिन दिदीबहिनीले यम–यमुनासँगै यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने धार्मिक विधान छ । दिदीबहिनीले टीका लगाइदिनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन् । सप्तरंगी टीकाका साथ दूबो, मखमली तथा सयपत्री र गोदावरीको माला लगाइन्छ । यो अवसरमा ओखर फुटाइन्छ र दाजुभाइको दीर्घायुको कामना गरिन्छ । दिदीबहिनीहरूले टीका लगाइसकेपछि दाजुभाइलाई मिठाईं तथा मसलाको उपहार प्रदान गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन् । यो दिन भाइलाई लिन आएका यमदूतसित दिदीले अनेक बहाना बनाएको र भाइको काल टारेको प्रसङ्ग पनि गाँसिएको छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले यो दिन काठमाडौंको रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् ।

तिहार विशेष गरी दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध दरिलो बनाउने पर्व हो । हुन त तिहारमा अन्य विविध पक्ष पनि नजोडिएका होइनन् तर पनि यो चाड दाजुभाइ–दिदीबहिनीहरूबीच राम्रो

 Image