Successfully Copied

किफायती फेसन

समयसँगै फेसन पनि परिवर्तन हुँदैछ । खरिददारी मात्र गरेर हुँदैन त्यसलाई कसरी स्मार्ट तरिकाले लिइएको छ त्यसले पनि धेरै फरक पार्छ । कम बजेटमा ट्रेन्डी तथा स्टाइलिस आउटफिट खरिद गर्न सक्नु नै बुद्धिमत्ता हो । आफूसँग भएको बजेटले पुर्‍याएर ट्रेन्डी आउटफिट खरिद गर्न

किफायती फेसन 

समयसँगै फेसन पनि परिवर्तन हुँदैछ । खरिददारी मात्र गरेर हुँदैन त्यसलाई कसरी स्मार्ट तरिकाले लिइएको छ त्यसले पनि धेरै फरक पार्छ । कम बजेटमा ट्रेन्डी तथा स्टाइलिस आउटफिट खरिद गर्न सक्नु नै बुद्धिमत्ता हो । आफूसँग भएको बजेटले पुर्‍याएर ट्रेन्डी आउटफिट खरिद गर्न सक्नुलाई राम्रो खुबी मानिन्छ । अहिले फेसन निरन्तर परिवर्तन भैरहेको छ । बजारमा उपलब्ध विविध अफरमध्ये रुचिअनुरूप कुनै एकलाई पछ्याएर आफूलाई फेसनेबल बनाउन सकिन्छ । विभिन्न उपाय अपनाएर आफूलाई स्टाइलिस देखाउन सकिन्छ । 

सपिङ सुरु गर्नुभन्दा पहिले लिस्ट बनाउनुपर्छ । यसमा अहिले चलेको सबै ट्रेन्टी तथा स्टाइलिस पहिरन छनोट गर्नुपर्छ, जुन अफिस तथा अन्य नियमित प्रयोजनका लागि उपयोगी होस् । 

सपिङ लिस्ट बनाउँदा बदलिँदो फेसनलाई ध्यानमा राख्नुपर्छ । फेसनेबल आउटफिट तथा एसेसरिजमा खर्च गर्नुभन्दा स्टाइल तथा ट्रेन्डको ख्याल गर्नुपर्छ । 

आउटफिट तथा एसेसरिज लिनुभन्दा पहिले त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ निर्णय गर्नुपर्छ । महँगा आउटफिट प्रयोग गरेर मात्र फेसनेबल हुन सकिँदैन । 

किनमेल गर्दा मिक्स एण्ड म्याचको सूत्र अपनाउनुपर्छ । 

कालो जिन्स, कालो ज्याकेट, फिटिङ जिन्स, सेतो सर्ट आफूलाई मनपर्ने न्युट्रल कलरयुक्त सर्टजस्ता आउटफिट खरिद गर्नुपर्छ । 

आफ्ना पहिरन डिजाइनर शोरुमबाट खरिद गर्नुपर्छ । आउटफिट खरिद गर्दा सिजनको अन्त्य पर्खनुपर्छ । 

आफूसँग किनमेल गर्ने समय छैन भने अनलाइन सपिङको सहयोग लिन सकिन्छ । विभिन्न साइटमा गएर डिजाइनर आउटफिट एवं एसेसरिजहरूको तुलना गर्न सकिन्छ । सेल वा छुटको अफर देख्नेबित्तिकै आफ्नो सुविधाअनुसार परिधान अर्डर गर्न सकिन्छ । 

समय हुँदा विन्डो सपिङको बहाना बनाएर बजारमा रहेका सामानहरूको अफरका सम्बन्धमा जानकारी लिन सकिन्छ । 

अनलाइन सपिङ वेवसाइटजस्तै अनेक डिजाइनर स्टोरले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न सेल तथा छुटको निमन्त्रणा पठाउँछन्  जसको भरपूर फाइदा उठाउन सकिन्छ । 

किनमेल गर्दा प्लास्टिक मनीभन्दा नगद भुक्तानी गर्नु राम्रो हुन्छ । कार्डले भुक्तानी गर्दा अरुबेला भन्दा सामान्यतया २० प्रतिशत बढी किनमेल गरिन्छ । यसले आफ्नो बजेट बिग्रने सम्भावना हुन्छ । 

बारम्बार ड्राइक्लिन गर्नुपर्ने कपडा खरिद गर्दा पर्याप्त विचार पुर्‍याउनुपर्छ । 

प्लास्टिक तथा सस्तो एसेसरिज, नेकपिस इयररिङ एवं स्कार्फ आदि खरिद गर्नुको साटो मेटलको खरिद गर्नुपर्छ । यो केही स्टाइलिस पनि देखिन्छ । केही पैसा बचाउने चक्करमा प्लास्टिकका सस्ता एससेसरिज खरिद गर्नु  हुँदैन । 

सेलमा आउटफिट वा एसेसरिज खरिद गर्दा ट्रेन्डी तथा स्टाइलिस एवं टिकाउपनलाई प्राथमिकतामा राख्नुपर्छ । 

डिजाइनरहरूले सिजनको अन्त्यमा स्टक क्लियरेन्सका लागि आफ्ना सामानहरूमा भारी छुट तथा सेलको अफर प्रदान गर्छन् । त्यस्ता सामग्री खरिद गर्दा मटेरियल, फेब्रिक एवं गुणस्तरमा कुनै सम्झौता गर्नुहँुदैन । 

किफायती किनमेलको सबैभन्दा राम्रो टिप्स फजुल खर्चबाट जोगिनु हो । फेसन ट्रेन्डलाई अनावश्यक रूपमा पछ्याउनुको साटो फजुल खर्चबाट जोगिनुपर्छ । आफूलाई आवश्यक परेको सामग्री बजेटअनुसार खरिद गर्नुपर्छ । 

 

 Image