Successfully Copied

मासुका परिकार

त्यसपछि सानो आँचमा तारको जालीको प्लेटमा राखेर पोल्ने । यसलाई टमाटरको अचारमा चोबेर खान सकिन्छ ।

माछा पोलेको

सामग्री : माछा १ केजी, सोया सस १५ मिलिलिटर, अदुवा र लसुनको पेस्ट ३ चम्चा, कागतीको रस १ चम्चा, नुन स्वादअनुसार, तोरीको तेल ४ मिलिलिटर, जिराको धूलो १ चम्चा, बिरेनुन आधा चम्चा ।

विधि : सिङ्गो माछालाई सोया सस, अदुवा र लसुनको पेस्ट तथा नुन र तोरीको तेल मोलेर बार्बीक्यु स्टाइलमा पोल्ने । माछालाई साल, केराको पात अथवा र्‍यापिङ पेपरमा र्‍याप गरेर पोल्नुपर्छ । माछा पाकेपछि टिम्मुर, बिरेनुन, जिरा, खुर्सानीको धूलो तथा नुनको मिक्समा चोबेर खान सकिन्छ । 

विंग्स पोलेको

सामग्री : चिकेन विंग्स १ किलो, सेतो मरिच ४ चम्चा, नुन स्वादअनुसार, खुर्सानीको धूलो १ चम्चा, अदुवा र लसुनको पेस्ट ३ चम्चा, सोया सस १५ मिलिलिटर, कागतीको रस १ चम्चा ।

विधि : चिकेन विंग्समा सबै मसला मोलेर ५–७ घन्टाजति डिफ्रिजमा राख्ने । त्यसपछि सानो आँचमा तारको जालीको प्लेटमा राखेर पोल्ने । यसलाई टमाटरको अचारमा चोबेर खान सकिन्छ ।

मटन सेकुवा

सामग्री : मटन १ केजी, जिराको धूलो २ चम्चा, अदुवा र लसुनको पेस्ट ८ चम्चा, खुर्सानीको धूलो १ चम्चा, नुन स्वादअनुसार, बेसार आधा चम्चा, सोया सस र भेनेगर १–१ चम्चा, तोरीको तेल ४० मिलिलिटर । 

विधि : मटनमा सबै मसला हालेर मोलेपछि दुईपट्टिको आगोको बीचमा राखेर पकाउने । यसलाई झीरमा उनेर पनि पोल्न सकिन्छ । पाकेपछि काटेर मासुलाई आकार दिनुपर्छ । 

कसौंडीमा पकाइएको मासु

 Image