Successfully Copied

मम्मी मेकओभर

आफ्नो प्रतिबिम्बलाई संसारमा अवतरण गर्ने चाहना हरेक नारीमा हुन्छ तर गर्भावस्थाका कारण उनको शरीरमा पर्ने प्रभावलाई लिएर अधिकांश महिला आशंकित रहन्छन् ।

आफ्नो प्रतिबिम्बलाई संसारमा अवतरण गर्ने चाहना हरेक नारीमा हुन्छ तर गर्भावस्थाका कारण उनको शरीरमा पर्ने प्रभावलाई लिएर अधिकांश महिला आशंकित रहन्छन् । उनीहरूलाई आफ्नो शरीर भद्दा हुने डरले सताउँछ । पेट, स्तन, जाँघ र शरीरका अन्य भागको मांसपेशी र छाला तन्किने हुँदा लुज देखिन्छ । यति मात्र होइन त्यसको दाग ९स्ट्रेच मार्कस्० पनि पर्न सक्छ । 

गर्भावस्थापछि पुनस् सुन्दर र फिट शरीर पाउन ‘मम्मी मेकओभर’ ट्रिटमेन्ट प्रचलनमा आएको देखिन्छ।

गर्भावस्थाका कारण शरीरमा पर्ने प्रभाव कम गर्न कतिपय कामकाजी महिलाले आफ्नो पहिलेको जस्तो फिगर ९शरीर० पुनस् प्राप्त गर्न ‘मम्मी मेकओभर’ को सहारा लिने गरेको पाइन्छ । मम्मी मेकओभर गर्भावस्थापछि गरिने प्लास्टिक सर्जरी हो । यो छालाको उपचार र सेल्युलाइट हटाउने प्रक्रियाको संयोजन हो । 

युवा महिलाहरू जसलाई शिशु जन्मिएदेखि आफ्नो शरीरको चिन्ता हुन्छ र आफ्नो करियर तथा व्यस्त

जीवनमा फर्कंदा उनीहरू आफू पहिलेजस्तै देखिने चाहना राख्छन् । यस्ता सबै युवा आमाहरूका लागि 

कस्मेटिक सर्जरी तथा कस्मेटिक स्किन उपचार उपयुक्त हुन्छ । मम्मी मेकओभर प्रक्रिया फ्याट बढी जम्मा हुने पेट, स्तन, कुहिना र जाँघजस्ता शरीरका भागमा बढी प्रभावशाली हुन्छ । त्यसैगरी सेल्युलाइट, स्ट्रेच मार्कस्, पिग्मेन्टेसन वा गहिरो दाग आदिका लागि पनि स्किन ट्रिटमेन्ट प्रचलित छ ।

नन सर्जिकल ट्रिटमेन्ट

पिग्मेन्टेसन उपचार स् गर्भावस्थामा मुहारको कुनै भागमा प्रेग्नेन्सी मास्क अर्थात् चायाँ–पोतो आउँछ । 

यस्तो शरीरमा एस्ट्रोजनको उच्च स्तरका कारण हुन्छ । यो प्रायस् आँखा र गालाको वरपर फैलिएको हुन्छ । यसको उपचारका लागि स्मुथ बिम र नन एबेलेटिब लेजर, मिडियम डेप्थ मेडिकलका केमिकल पिल्सको प्रयोग हुन्छ । यो उपचार घाम र उमेरका कारण आउने दागमा पनि लाभदायक हुन्छ ।

हार्मोनजनित पिम्पल स् गर्भावस्थामा वा त्यसपछि हार्मोनको असन्तुलनका कारण पिम्पल निस्कन्छ ।

पिम्पल वा त्यसको दाग कम गर्न वा हटाउन चिकित्सकीय माइक्रोडर्मेब्रेसन र स्मुथ बिम लेजरको

संयोजन प्रयोग गरिन्छ ।

सेल्युलाइट स् बोसो छालाभित्र पनि असामान्य ढंगले फैलनुलाई सेल्युलाइट भनिन्छ यसको उपचारका लागि एउटा नन सर्जिकल उपचार हुन्छ जसबाट छालामा उल्लेखनीय सुधार आउँछ र छालाको वास्तविक आकार फर्कन्छ ।

स्ट्रेच मार्कस् र अन्य दाग स् स्ट्रेच मार्कस्को दाग गर्भावस्थापछि देखिने सबैभन्दा ठूलो समस्या हो ।

यसको उपचारका लागि कार्बोकसी थेरेपी, लेर्स, स्पेसलाइज्ड केमिकल पिल्स एवं माइक्रोडर्मेब्रेसन

आदि उपचारको प्रयोग गरिन्छ । यो उपचार रातो, विस्तृत वा गहिरो स्ट्रेच मार्कमा सुधार

ल्याउन वा पूर्णरूपमा हटाउन सहयोगी हुन्छ ।

ओइलाएको, खस्रो, फुस्रो र सुख्खा छाला स् गर्भवती आमाहरूमा आउने परिवर्तनका कारण उनीहरूको

छालाको बनावट बिग्रन्छ । परिणामस्वरूप छाला असमान, फुस्रो वा ओइलाएजस्तो हुन्छ । यसको

उपचारका लागि छालालाई कोमल बनाउने मेडिकल फेसियल लाइट केमिकल पिल्स, मेडिकल

माइक्रोडर्मेब्रेसन वा ती सबैको अनुकूल संयोजनको प्रयोग हुन्छ ।

सर्जिकल ट्रिटमेन्ट 

लिपोसक्सन स् यो गर्भावस्थामा जम्मा हुने फ्याट, जसमा खानपानमा परिवर्तन र व्यायामको प्रभाव

पर्दैन, हटाउन उत्तम विकल्प हो । कस्मेटिकका सन्दर्भमा कुरा गर्दा सफल लिपोसक्सनको

मापदण्ड वा किलोग्रामको स्थानमा इन्चमा नापिन्छ । तौल कम गर्नु त्यति महत्त्वपूर्ण हुँदैन जति शरीर

सुधार्न ।

टमी टक स् यो विधिमा पेट मुनिको भाग वा मांसपेशीमा कसिलोपन ल्याएर वा अतिरिक्त फ्याटयुक्त

टिस्युलाई सफाइ गरेर पेटलाई समतल गरिन्छ ।

ब्रेस्ट सर्जरी स् यस प्रकारको सर्जरीको सहयोगबाट प्रसवपछि स्तनको आकार र आकृतिमा सुधार

ल्याइन्छ । यसका लागि कतिपय विकल्प उपलब्ध छन् । जस्तै प्रत्यारोपणका माध्यमबाट स्तनको आकार बढाउने, स्तनमा कसिलोपन वा बेडोल स्तनमा उभार ल्याउन ब्रेस्ट लिफ्ट प्रक्रियाका साथमा ब्रेस

आगमेन्टेसनको संयोजन पनि गरिन्छ र स्तनको आकारमा कमी ल्याउन ब्रेस्ट लिफ्ट प्रक्रियाका साथमा

ब्रेस्ट रिडक्सनको प्रयोग गरिन्छ ।

बडी लिफ्ट

आर्म लिफ्ट, थाइ लिफट् वा बम्प लिफ्टजस्ता प्रक्रियाहरू छन्, जुन शरीरको कसिलोपनमा प्रयोग गरी

राम्रो फिगर र यौवन प्राप्त गर्न लाभदायक मानिन्छ । आर्म लिफ्टलाई ब्रोकियोप्लास्टिकको नामले पनि

चिनिन्छ । आर्म लिफ्ट अपर आर्मदेखि लिएर कुहिनासम्म हातको माथिल्लो भागलाई राम्रो बनाउन

गरिन्छ । आर्म लिफ्ट हातको माथिल्लो हिस्साको लुज छाला वा मांसपेशीलाई कस्न प्रयोग गरिन्छ ।

थाइ वा बम्प लिफ्टमा काल्फ एरियाको छालाको मुनितर्फको अतिरिक्त फ्याट सर्जरीका माध्यमबाट

हटाइन्छ । थाइ र बम्प लिफ्ट ती महिलाका लागि उपयुक्त हुन्छ, जो तुलनात्मक ढंगबाट राम्रो फिगरका

छन् तर जाँघ एरिया वरपर अतिरिक्त छाला र फ्याटको समस्या छ ।

 Image