Successfully Copied

टिनएज समस्या ह्यान्डल गर्ने उपाय

धेरैको गुनासो हिजोआजका किशोर–किशोरीको रुखो व्यवहारप्रति छ । आजका किशोर–किशोरीमा नम्रता र अभिवादनशीलता कति बाँकी छ भन्न कठिन छ ।

धेरैको गुनासो हिजोआजका किशोर–किशोरीको रुखो व्यवहारप्रति छ । आजका किशोर–किशोरीमा नम्रता र अभिवादनशीलता कति बाँकी छ भन्न कठिन छ । पहिले आफ्ना अभिभावक तथा शिक्षकको स्वर सुन्दा पनि बालबालिका तर्सिन्थे तर आजका टिनएजको ठूलो आवाजले अभिभावक र शिक्षक नै तर्सिनुपर्ने अवस्था सिर्जना भएको छ । ठूला मानिसले केही भने त्यसको जवाफस्वरूप केही भन्न दस पटक सोच्ने युवा आज सानो कुरामै दस वटा जवाफ फर्काउँछन् । यो सबैमा हार्मोनको परिवर्तनका साथै शारीरिक, मानसिक तथा भावनात्मक विकासलाई कारक मानिन्छ । यो कच्चा उमेरको नाजुक क्षण हो । यो उमेरमा विभिन्न खालका परिवर्तन हुन्छन् । 

 Image