Successfully Copied

सदाबहार सौन्दर्यका लागि

​सुन्दर, स्फुर्त र जवान छालाको रहस्य हो–सही खानपान र नियमित जीवनशैली ।

सुन्दर, स्फुर्त र जवान छालाको रहस्य हो–सही खानपान र नियमित जीवनशैली । यस्तो सन्तुलनद्वारा यौवन लामो समयसम्म टिकाउन सकिन्छ । डर्मटोलोजिस्ट, डाइटिसियन एवं न्युट्रिसनिस्टका अनुसार विशेष एन्टी एजिङ फुडबाट यौवन कायम राख्न सकिन्छ । 

पालुंगो : हरियो सागपात जस्तै– पालुंगो र वाटरक्रेस (जलकुभिन्डो) मा ल्युटिन पर्याप्त मात्रामा पाइन्छ । जसले उमेरका साथमा हुने आँखाको बिरामी र चाउरीलाई हटाउँछ । 

ब्ल्युबेरी : यसमा (ओरेक, अक्सिजन, र्‍याडिकल, एब्जर्बेन्स क्यापेसिटी) प्रशस्त मात्रामा पाइन्छ जसले छालालाई लुज हुनबाट बचाउँछ । स्ट्रबेरी, रस्पबेरी, प्लम र ब्ल्याकबेरीमा पनि एन्थोसियानिन्स हुन्छ, जसले ह्दय रोग एवं क्यान्सरबाट जोगाउँछ । 

सुन्तला : किबी फ्रुट, मिला खुर्सानी, ब्रोकाउली, सुन्तला पनि भिटामिन ‘सी’ युक्त हुन्छन्, जसले क्षतिग्रस्त भएका फ्रि रेडिकल्सले मर्मत गरी एजिङबाट बचाव गर्नमा सहायक हुन्छ । ब्रिटेनमा ४० देखि ७४ वर्षका  ४ हजार २५ महिलामा गरिएको शोधअनुसार भिटामिन ‘सी’ रिङ्कलबाट छुटकारा दिनमा ३६ प्रतिशत सहायक हुन्छ । 

मेवा (नट्स) :  आमरूपमा सबै सुुख्खा मेवा सेलेनियमको राम्रो स्रोत हुन्छ । सेलेनियम एउटा त्यस्तो एन्टीअक्सिडेन्ट हो, जसले एजिङको लक्षणलाई कम गर्नमा मद्दत गर्छ । 

काबुली चना : विन्स र दालमा ओरेक स्केल उच्च रहन्छ । धेरैजसो दालहरू (विशेष गरी चना, मुंगको दाल, राजमा र मुसुरोको दाल) र विन्समा फाइटेट्स र फाइटोएस्ट्रोजेन नामक तत्व हुन्छ, जसले केही विशेष खालको क्यान्सरबाट बचाउँछ । 

दही : १ सय ५० ग्राम दहीले क्याल्सियमको दैनिक आवश्यकताको १/३ भाग पूरा गर्दछ । नियमित व्यायामका साथमा भिटामिन डी र क्याल्सियमयुक्त दहीको सेवन गर्नाले हड्डी मजबुत हुन्छ र ओस्टियोपोरोसिसको खतरा पनि हुँदैन । 

गोलभेंडा : गोलभेंडामा लाइकोपिन पर्याप्त मात्रामा पाइन्छ जसले छाला कसिलो बनाएर मसिना रेखाबाट छुटकारा दिलाउँछ । एक शोधअनुसार आफ्नो दैनिक आहारमा ५ टेबुल चम्चा गोलभेंडाको पेस्ट समावेश गर्नाले छाला कान्तिमय हुन्छ । साथै छालालाई हानिकारक युवी किरणबाट ३३ प्रतिशत बचाउँछ । 

ओयली फिस : माछामा ओमेगा थ्री फ्याटी एसिड हुन्छ, विशेष गरी सालमन, टुना, सोल र बास माछामा । यसले ब्लड कोलेस्ट्रोल घटाउन र ह्दयाघात वा स्ट्रोकको खतराबाट कम गर्छ । ओमेगा थ्री फ्याटी एसिड्ले स्मरण शक्ति कमजोर हुनबाट जोगाउनुका साथै छालामा देखापर्ने मसिना रेखा कम गर्छ । 

ओट्स : यसमा बिटाग्लुकेन नामक सोल्युबल फाइबर हुन्छ । जसले कोलेस्ट्रोललाई बडीबाट बाहिर निकाल्न सहयोग गर्छ । ओट्स सेलिसिकको एउटा राम्रो स्रोत हो । यसले छालामा कोलेजेन र लचिलोपन वृद्धिमा मद्दत गर्ने सेल्स निर्माण गर्छ । यसले शारीरिक तौल नियन्त्रण गर्न र घटाउनमा पनि मद्दत गर्छ । 

ओलिभ : एउटा शोधअनुसार जसले प्रतिदिन ओलिभ ओयल सेवन गर्छ, उसमा ४१ प्रतिशत स्ट्रोक्सको खतरा कम रहन्छ । ओलिप्स ओयलबाहेक केनोला ओयल पनि धेरै हदसम्म उपयोगी हुन्छ । यसमा ओलिप्स ओयलको तुलनामा कम सेचुरेटेड फ्याट हुन्छ र यो ओमेगा थ्रीको राम्रो स्रोत हो । 

–रोजिन शाक्य 

 Image