Successfully Copied

माला लिम्बू, नायिका

नायिका माला लिम्बुसंग कुराकानी

चलचित्रमा अकस्मात नायिकाको रुपमा कसरी चान्स पाउनु भयो ?

अचानक भन्न मिल्दैन । सिंगापुरमा जन्मेर हुर्के पनि विगत आठ वर्ष देखि नेपालमै छु । ५ वर्ष काठमाडौंको बसोबासमा मैले सबैभन्दा पहिला गुड बाई काठमाडौंमा अभिनय गर्ने मौका पाएँ । त्यस लगतै नरेन लिम्बुको मलाई भन्न आउँदैंन, स्वरुपराजको मनमोहीनी जस्ता चर्चित म्युजिक भिडियोमा पनि काम गरि सकेको हुँ । निर्देशक सुरज सुब्बाजीले नरेन लिम्बुको भिडियो गर्दा देख्नु भाको थियो । त्यसैले अफर गर्नु भयो र वान वे वाट भने पुन चलचित्रको बेसिकवाट शुरु गरें ।  

बेसिकवाट पून शुरु गर्दा कस्तो अनुभव भइ रहेको छ ?

गुड बाई काठमाडौं रिलिजै भएन त्यसैले मलाई अरु चलचित्रमा अफर पनि आएन । त्यसैले बेसिक भनेको हुँ ।

यसवाट कतिको आसा गर्नु भएको छ ?

मैले धेरै आश गरेकी छु । वानवे मुभीवाट दर्शकले चिन्नेछ भन्नेमा ढुक्क छु ।

यस क्षेत्रमा भविष्यको प्लान ?

यसैमा निरन्तरता दिएर लाग्ने सोच छ तर समयले कतिको साथ दिन्छ ।

मनपरेका कलाकारहरु ?

अर्पण थापा, सौगात मल्ल, दयाहांग राई ।

कस्तो चलचित्रमा देखापर्ने रहर छ ?

थ्रीलर, एक्सन भरिपूर्ण ।

नेटबल खेलाडी पनि हो नि हैन र ?

सिंगापुरमा हुँदा देखि नेटबल खेल्थें । नेपाल आएर पनि यो खेललाई पनि निरन्तरता दिएर सन् २०१२मा कोलोम्बियामा एसिशयन गेममा नेपाली नेटबल टिममा क्याप्टेन भएर गएको थिएँ । अहिले पनि यसमा मेरो संलग्नता छ । 

आफु कस्तो स्वभावको युवती हुँ जस्तो लाग्छ ?

मायालु, सिक्न चाहने र चुलबुले स्वभावको छु ।

फुर्सदमा केके गर्छाै ?

ऐना अगाडी गएर नाच्ने, फरक फरक मेकअपहरु आफुमा लगाएर हेर्ने, उपन्यासहरु पढ्ने र आर्टहरु गर्ने ।

कतिको घुम्न मनपर्छ ?

खासै घुम्दिन घरमै मज्जा लाग्छ । सिंगापुरमा जन्मेर होला त्यति बाहिरको होहल्ला मनपर्देन ।

खानामा कतिको सौख छ ?

मुड अनुशार सौखहरु बदलिरहन्छ । चटपटे, आलु निम्की, स्पागेटी, केक, स्याण्डबीच आदि मनपर्छ । 

फेशन प्रति कतिको सजग छौ ?

यो फेशन बजारमा छ भन्दैमा त्यसको पछाडी हिड्दिन मेरो जिउदालले सुहाउने नै लगाउँछु । 

 

 Image