Successfully Copied

ध्यान दिनसके राम्रो

सम्बन्ध तथा पैसाको सन्तुलन बलियो तथा आत्मीय सम्बन्धका लागि आपसी माया तथा विश्वासको महत्वपूर्ण हात हुन्छ । पैसा यस्तो तत्व हो जुन जीवनको गाडी चलाउन अपरिहार्य छ ।

सम्बन्ध तथा पैसाको सन्तुलन 

बलियो तथा आत्मीय सम्बन्धका लागि आपसी माया तथा विश्वासको महत्वपूर्ण हात हुन्छ । पैसा यस्तो तत्व हो जुन जीवनको गाडी चलाउन अपरिहार्य छ । यसको सदुपयोग गर्न सकिएन भने नकारात्मक असर पर्छ । सम्बन्धमा तीतोपन आउँछ । त्यसैले कुनै पनि सम्बन्धमा पैसाको कारणबाट झगडा सुरु भए त्यसले सम्बन्धलाई बिगार्दै लान्छ । 

सम्बन्धमा प्रभाव 

पैसाकै कारण कैयौं घरपरिवारको सम्बन्ध चिसिएको छ । पैसाले जतिसुकै बलियो सम्बन्धलाई पनि कमजोर बनाउँछ । पैसाले नै आपसी सम्बन्धमा विश्वासघात गराउँछ । आफ्नै सन्तानले पैसाका लागि आमाबुबाविरुद्ध मुद्दा हालेका उदाहरण प्रशस्त छन् । बैंकमा दिनहुँ थुपै्र बाउन्स चेक पनि आउँछन् । पहिले जुन सम्बन्धमा मिठास थियो लेनदेनका कारण त्यसले तीतोपन ल्याउँछ । यसले गर्दा अदालत वा प्रहरी कार्यालय धाउनुपर्ने सम्भावना हुन्छ । 

स्वविवेक आवश्यक 

पैसा तथा सम्बन्धमध्ये कसलाई बढी महत्व दिनुपर्छ  ? मनोचिकित्सकहरू भन्छन्, पैसालाई बढी महत्व दिँदा सम्बन्धमा तुषारापात हुन सक्छ र त्यही सम्बन्ध चिसिने कारण बन्छ । आत्मीय मित्र तथा नजिकका मानिसहरूलाई उधारो दिन नसक्नु वा त्यसलाई अस्वीकार गर्न नसक्नु पनि कमजोरी हो । पैसाको महत्व बढी भएकाले विचार गरी सही ठाउँमा प्रयोग गर्नुपर्छ । पैसाकै कारणले सम्बन्धमा तीतोपन मात्र आउँदैन, राम्रो सम्बन्ध चिसिने सम्भावना पनि उत्तिकै हुन्छ । आफ्नो हातमा पैसा छैन भने फिर्ता गर्न गार्‍हो हुन्छ । त्यसैले धैर्यपूर्वक शिष्ट शैलीमा माग्नुपर्छ । पैसा उधारो माग्दा पहिले नै विचार पुर्‍याउनुपर्छ । आफूले दिएको पैसा समयमा फिर्ता नभए पनि धैर्यपूर्वक माग्नुपर्छ । जबर्जस्ती भयो भने सम्बन्ध चिसिन सक्छ । सम्बन्धको चिसोपनको कारण पैसा बनेको छ भने त्यसमा विचार पुर्‍याउनुपर्छ । आफूलाई मानसिक तथा वित्तीय हिसाबले सबल बनाउनुपर्छ । 

खास कारण 

पैतृक सम्पत्तिका कारण नियतमा खोट आउँछ जसले सम्बन्धमा तीतोपन ल्याउँछ । 

श्रीमतीद्वारा फजुल खर्च भयो वा श्रीमान्लाई पैसाको दबाब भयो भने पनि सम्बन्धमा तीतोपन आउन सक्छ । 

साथीभाइ एवं नातागोताका साथ पैसाको लेनदेनले पनि विवाद बढ्छ र सम्बन्धमा चिसोपन आउँछ । 

के गर्ने ?

घाँटी हेरी हाड निल्ने प्रयास गर्नुपर्छ । 

भरसक लोभी आफन्त तथा साथीभाइसँग आर्थिक कारोवार गर्नु हँुदैन । 

बजेटको सही व्यवस्थापनले ऋण लिन रोक लगाउन सक्छ ।

बीमा पोलिसी अथवा बैंकको बचत योजनाबाट लाभ उठाउनुपर्छ । 

ऋण लिनुपर्‍यो भने पर्याप्त विवेक पुर्‍याउनुपर्छ अन्यथा आर्थिक अवस्था तथा सम्बन्ध दुवै बिग्रन सक्छ । 

 Image