Successfully Copied

आफ्नो पर्सनालिटी र घर

कलाप्रेमी हुनुहुन्छ भने... –आफ्नो होम डेकोरका लागि बोल्ड एवं ब्युटिफुल वस्तुहरू छनोट गर्न कुनै पनि दृष्टिबाट पछि पर्नु हुँदैन ।

कलाप्रेमी हुनुहुन्छ भने...

–आफ्नो होम डेकोरका लागि बोल्ड एवं ब्युटिफुल वस्तुहरू छनोट गर्न कुनै पनि दृष्टिबाट पछि पर्नु हुँदैन । 

–घरको सजावटमा पर्पल, बरगन्डी, नेवी ब्लु, डार्क ब्राउन, गोल्डेन, सिल्भर, बोल्ड तथा रोयल कलर बढी प्रयोग भएको देख्न पाइन्छ । त्यसका साथै स्ट्रङ कन्ट्रास्ट सेड्सको प्रयोगले घरलाई युनिक लुक प्रदान गर्छ । 

–आफूलाई मन परेका वस्तुसित शाही अन्दाजमा जिउन रुचाउनुहुन्छ । 

–आफ्नो घरलाई अरूभन्दा अलग र ड्रामेटिक लुक दिन मन लाग्छ । 

–मोर्डन, ग्ल्यामरस एवं युनिक कुराहरू बढी मन पर्छन् । 

प्रकृतिप्रेमी हुनुहुन्छ भने...

–प्रकृतिको सुन्दरताबीच रहन चाहनुहुन्छ । त्यसैले आफ्नो घरलाई अर्गानिक फिल दिन रुचाउनुहुन्छ । 

–घर सजाउन नदी, आकाश, बालुवा आदिबाट प्रभावित अलिभ ग्रीन, स्काइ ब्लु, रस्ट आदि रंग बढी रुचाउनुहुन्छ । 

–समाजको होहल्लाबाट टाढा एकान्तमा आफ्नै दुनियाँमा मस्त रहन मन पराउनुहुन्छ । 

–यस्तो प्रवृत्ति भएकाहरूको स्वेच्छाचारी व्यवहारले कतिपय अवस्थामा अरूलाई अन्योलमा पार्छ । 

–घरलाई न्यू लुक दिन नेचुरल मटेरियल, अर्गानिक फाइबर, अनट्रिटेड बुड आदिलाई प्राथमिकता दिनुहुन्छ । 

शालीनता मन पराउनुहुन्छ भने...

–आफ्नो घरमा कम भन्दा कम सामान राख्न रुचाउनुहुन्छ ।

–घरमा भएका हरेक वस्तुले आफ्नो शालीनता एवं व्यवस्थित जीवनशैली दर्शाउँछन् । 

–तपार्इं अन्तर्मुर्खी र आफ्नै संसारमा खुसी रहने व्यक्ति हुनुहुन्छ । 

–तपाईंको घरमा ह्वाइट, बेजजस्ता सफ्ट कलर्स बढी देख्न पाइन्छ । 

–फ्लोरिङ, फर्निचर आदिमा पनि यिनै रंग प्रयोग गर्न रुचाउनुहुन्छ ।

–घरलाई ब्राइट लुक दिने चाहना पूरा गर्दा पनि एलो, ब्लु, पिन्कजस्ता लाइट कलर नै रोजाइमा पर्छन् । 

मनमौजी हुनुहुन्छ भने...

–तपाईंलाई रंगहरूसित खेल्न आउँछ । त्यसैले आफ्नो घर सजाउन रेड, नेबी, ब्लु, डिप अरेन्ज, पर्पल, फुसिया पिंक आदि बोल्ड कलर प्रयोग गर्न पनि पछि पर्नुहुन्न । 

–तपाईंको घर आकर्षक देखिन्छ, तर कतिपय अवस्थामा आवश्यकताभन्दा बढी ब्राइट रंगको प्रयोगले घर इन्द्रधनुषी देखिन सक्छ । 

–होम डेकोरका लागि कुनै निश्चित सूत्र हँुदैन । जतिबेला जस्तो मन लाग्यो त्यही रूपमा घरलाई सजाउनुहुन्छ र आफ्नो कल्पनाशक्तिको खुलेर प्रयोग गर्नुहुन्छ । 

–एसेसरिज, फर्निचर आदिका माध्यमबाट पनि कोठामा रंग छर्नुहुन्छ ।

क्लासिक कुराहरू मन पर्छन् भने...

–तपाईंको होम डेकोरमा पिच, पेल ब्लु, बटर एलो, बेज, केरामल आदि पेस्टल कलर बढी देखिन्छन्, कारण यी कलरले घरलाई आफूजस्तै जेन्टल लुक प्रदान गर्छन् । 

–घरमा सजिएका रंगहरू जस्तै जीवनमा पनि सन्तुलित भएर अघि बढ्न रुचाउनुहुन्छ । 

–अरूको जीवनमा हस्तक्षेप गर्नुहुन्न, त्यसैले आफ्नो जीवनमा पनि अरूको हस्तक्षेप रुचाउनुहुन्न । 

–आफ्नो घरमा चमक–दमक भएका वस्तु राख्न रुचाउनुहुन्न ।

–घरको सजावटका लागि धेरै वस्तुको साटो केही आवश्यक वस्तु मात्र राख्न चाहनुहुन्छ ।

 Image