Successfully Copied

थैली बोक्ने परम्परा फस्टायो

थैली बोक्ने परम्परा पुरानो हो, आफूसँग भएको मूल्यवान कुरा सुरक्षित ढंगले राख्न यसको प्रयोग गरिन्थ्यो ।

थैली बोक्ने परम्परा पुरानो हो, आफूसँग भएको मूल्यवान कुरा सुरक्षित ढंगले राख्न यसको प्रयोग गरिन्थ्यो । थैली हाम्रा हजुर आमाहरूले बोक्ने गर्थे । थैली कहिलेदेखि बोक्न थालियो भन्ने एकिन सयम छैन तर यो बोक्ने चलन पुरानै हो । आफ्नो कम्मर वा पटुकीमा हजुरआमाहरूले बोक्ने गर्देथ्ये । चाँदीका र तामाका पैसा वा आफूसँग भएको बहुमूल्य  धातु राख्न पनि थैली बोक्ने चलन थियो ।  सबैभन्दा सुरक्षित र भरपर्दाे माध्य नै थैली हुन्थ्यो । आजभोलि सामान्य पैसा राख्न मात्र होइन कि फेसन देखाउनका लागि अहिलेका युवा–युवतीको ध्यान थैलीले तानेको छ । यति मात्र होइन प्राय:जसो सबै पर्यटकीय स्थलहरूमा थैलीको व्यवसाय पनि निकै फस्टाउन थालेको छ । 

थैली नेपालीले त बोक्छन् । अहिले विदेशी पर्यटकको ध्यानसमेत थैलीले तान्न थालेको पाइन्छ । विभिन्न पर्यटकीय क्षेत्रहरूमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकसमेत नेपालमा बनेको थैली खरिद गरी आफ्नो जन्मस्थल नेपालको चिनो स्वरूप लग्नका लागि खरिद गर्ने गरेको भक्तपुर दतात्रेका एक थैली व्यवापारी बताउँछन् । नेपालको हकमा आधुनिक शैलीका ब्याग बजारमा पाइए पनि ६०  वर्ष अघिदेखिको परम्परागत थैली व्यवसाय फेरि चलन चल्तीमा आएकोमा व्यवसायीहरू पनि खुसी व्यक्त गर्छन् । बिगतमा थैलीको फेसन केही समय हरायो ता पनि अहिले भने थैलीको फेसन बढेको छ । थैलीलाई आफ्नो व्यक्तिगत प्रयोजन तथा उपहार दिनका लागि पनि यसको व्यापार–व्यवसाय फस्टाउँदै गएको छ । सस्तो मूल्यमा पनि थैली पाइने भएकाले सबै वर्गका मानिसहरू थैली बोक्न थालेका छन् । 

 

 Image