Successfully Copied

सदाबहार सुन्दरी करिष्मा मानन्धरकाे सुन्दरताकाे राज

करिष्मा मानन्धरकाे सुन्दरताकाे राज

शरिर मेन्टनको लागि :

घरमै एक्सरसाइज गर्छु, योगा गर्छु ।विहान डोरी खेल्छु । वर्कमा जान्छु । घरमै कार्डियो छ , घर ठूलो भएकोले १० ,१५ चोटी तल माथि गर्दा नै छुट्छ । अहिले हेल्दी होममा जान्छु । त्यहाँ मसाज गराउँछु । बच्चा पाए पछि पेटको मासु घटाउन गार्हो हुन्छ । कति फ्याट टोन अफ हुँर्दैंन त्यसैले मसाज जरुरी हुन्छ । घरमै हुँदा २,३ किलो हिड्छु । अहिले मलाई हेल्डी होमले नै सनस्कीन, भिटामीन, एलोभेरा क्रीम लगाउँछु । घरमा नरिवलको तेल लगाउँछु । हेयर ड्ेसरले रितुले नै बनाएको होममेड तेल लगाउँछु । जसको कारण मेरो कपाल हेल्डी र सेतो कपाल नआउनुको कारण हो ।

मानसिक स्वास्थ दुरुस्त राख्न :

उमेरमा भन्दा अहिले आएर बढी तनावहरु आइरहन्छ । तर त्यो तनावमा अल्झेर भन्दा कसरी त्यो तनाववाट मुक्त हुन सक्छु भन्ने वारेमा सोच्छु । पहिले सानो तिनो कुरामा पनि धेरै टेन्सन हुन्थ्यो तर अव यस्ता कुरामा भन्दा कसरी जीवन रमाइलो पार्ने र मनलाई शान्तिको लागि शान्त बस्छु । भर्खरै छोरी अमेरिका गयो, सारै रोएर गयो । उनको आँसुले कमजोर भएँ तर पीर मानेर बस्नु भन्दा पलेंटी मारेर ध्यान गरेर बस्छु । रमाइलो संगीत बजाएर मज्जाले नाच्छु । यसरी नाच्दा मेरो मानसिक तनावहरु त्यतिकै हट्छ ।

प्रशाधनहरु :

राम्रो ब्राण्ड भनेर विदेशी कस्मेटिकको फलो गर्दिन । आइस्याडो र लिपिस्टिक भने विदेशी राम्रा ब्राण्डहरु नै प्रयोग गर्छु । हेल्डी होमका क्रिमहरु लगाउँछु जसले मलाई सदावहार देखाउन मदत गर्छु ।

खानपान :

हप्ताको ३ दिन भुजा खान्छु । प्रोटिनको लागि मासु , मकै ,भटमास पनि हप्ताको २ पटक खान्छु । हप्ताको एकपटक स्टिम फिस, भेज स्टिम खान्छु । जुन विनोदले बनाइ दिन्छ । बेलुका रोटी , चिकेन सूप खान्छु । आलु, कोक , फान्टा , मैदाका कुनै पनि रेसिपी खान्न ।

दिनचर्या :

अहिले मेरो जीवन चर्या आरामदायी छ । पहिले धेरै सुटिंग हुँदा ६ बजे नै तयार हुनु पर्छ । तर अहिले भने ९ बजे मात्र उठ्छु । उठेर तातोपानी, टोमाटो वीथ हनी खान्छु । अहिले दिनचर्या सारै साधारण खाले छ । दिउँसो अन्तवार्ता, सुटिंग, ब्राण्डमा आवद्य छु । साथै कार्यक्रम, महोत्सव, ओपनिंगहरुमा व्यस्त रहन्छु । ६ बजे अगाडी नै सूप, रोटीहरु खाइसक्छु । व्यस्त जीवनवाट अहिले आनन्दको जीवन व्यतित गर्दैछु । 

 Image