Successfully Copied

जाडो मौसममा नायिका रिस्ता अधिकारी

नायिका रिस्ता बस्नेतकाे जाडाेकाे लागि पहिरन शैलि

जाडोका लागि पहिरन :

जाडोमा ज्याकेट र पंचु लगाउन मन पराउँछु । सकभर लामो ज्याकेट र स्वेटर लगाउँदिन । भित्र हाइनेक लगाएर छोटो ज्याकेटमा मफलर लगाउँछु । ऊनले निधारमा एलर्जी हुने  भएकाले जतिसुकै जाडोमा पनि टोपी लगाउँदिन । पोहोरसम्म डार्क कलरका ज्याकेट लगाउँथें । यसपटक रेड तथा ग्रे कलरका ज्याकेट लगाउँदैछु ।

फुटवेयर :

चिसोमा मेरो प्रिय फुटवेयर बुट नै हो । लामा तथा छोटा दुवै थरीका बुट लगाउँछु । बुटमा पेन्सिल हिल, ब्लक हिल, इनर हिल तथा फ्ल्याटसमेत मनपर्छन् । बुटमा आफूलाई स्मार्ट महसुस हुन्छ ।

स्किन केयर :

मेरो डबल स्किन भएकाले चिसो मौसममा छाला स्याहार्न गार्‍हो पर्छ । नाक चिल्लो र गालाको भाग सुख्खा हुने भएकाले सुत्ने बेला ग्लिसरिन लगाएर सुत्छु । बाहिर हिँड्दा मोइस्चराइजर तथा सनस्किन लगाउँछु ।

एसेसरिज :

जाडोमा गर्मीमा जस्तो धेरै एसेसरिज लगाउँदिन  । कानमा पनि सानो टप मात्र लगाउँछु । चस्माप्रेमी भएकीले स–साना राउन्ड ग्लास प्रयोग गर्छु ।

 Image